Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

यो पालिको दसैं दुर्घटनारहित बनाऔं- गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौं  । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । 

बुधबार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरुलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । उनले भने, ‘कामको परिभाषा परिवर्तन भएको छ । काम परिणाममा हुने हो । काम हामी सबैले गरिरहेका छौं । तर, लक्षित परिणाम हासिल भएन । यो चिन्ताको विषय हो । दुर्घटना न्यूनीकरण कसरी गर्ने हो ? दिनमा ७ जनाको मृत्यु हुन्छ । दैनिक ४) जना घाइते हुनु भएको छ । यसका पछाडि कही न कही कमजोरी भएको छ ।’

यातायात व्यवसारीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै ट्राफिक प्रहरीलाई जिम्मेवारीपूर्कक काम गर्ने निर्देशन दिए । ‘दुर्घटना एकदमै बढ्यो । यो भएन । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु । आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ । मलाई परिणाम चाहिन्छ ।,’ उनले भने ।

छलफलमा गृहमन्त्री लेखकले घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाड पर्वमा विशेष व्यवस्था मिलाउन निर्देशन दिए । ‘काउन्टर खोल्ने, टिकट वितरण गर्ने र रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ । एक महिना पहिला चाड पर्वको तयारी गर्दा नागरिकलाई राम्रो सेवा दिन सकिन्छ,’ उनले भने । 

सरकार र निजी क्षेत्रका मान्छे बसेर आपसमा समन्वय गरी सेवा प्रवाह प्रभावकारी बनाउन गृहमन्त्री लेखकको निर्देशन छ । ‘आजको २० दिनपछि चाड पर्वका लागि टिकट काट्ने व्यवस्था मिलाउनुहोस् ।

एक दिनमा कति बस काठमाडौं बाहिर पठाउन सकिन्छ ? कसरी व्यवस्थित गर्न सकिन्छ ? चाड पर्व भरी यो कुरा गर्न जरुरी छ ,’ उनले भने । गृहमन्त्री लेखकले यस पालिको दसैंलाई दुर्घटनारहित बनाउन पनि निर्देशन दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस् । यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने । 

छलफलमा सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषदका अध्यक्ष, राष्ट्रिय यातायाता व्यवसायी महासंघ लगायतका प्रतिनिधिहरुले सडक दुर्घटना न्यनीकरण र चाड पर्व लक्षित सेवा प्रवाहबारे राय-सुझाव राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE