काठमाडौं । नेकपा (माओवादी केन्द्र) भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ । विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।
त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिलाई राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।
घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।
यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको सुदन राईका प्रेस संयोजक राजन समीपले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।
झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाकोमा बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन् ।
उनलाई घरपरिवारसँग भेटाइदिने काम विद्या चापागाईंले गरेकी हुन् । विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन् । यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ ।
झापाबाट काठमाडौं आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो । अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: