Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

प्रकाशलाई मिल्याे ६ राेपनी जग्गा, माओवादीले घर बनाइदिने

पूर्वमन्त्री किरातीको संयोजकत्वमा बन्यो घर निर्माण समिति

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भोजपुरले प्रकाश तामाङलाई घर बनाइदिने भएको छ । विद्या चापागाईंको ‘हेर्ने कथा’बाट सार्वजनिक भएका पका र काले भनिने प्रकाश तामाङलाई माओवादी केन्द्र र जनप्रतिनिधिहरूको पहलमा घर बनाउन लागिएको हो ।

त्यसका लागि पूर्वमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता सुदन किरातीको संयोजकत्वमा जिल्ला समन्वय समिति, भोजपुरकी सदस्य लकिदी शेर्पा र षडानन्द नगरपालिकाकी उपमेयर प्रमिलाई राई सदस्य रहनेगरी ‘घर निर्माण समिति’ बनाइएको छ ।

घर निर्माणका लागि माओवादी केन्द्रका नेता एवम् गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो) का सभापति कृष्णकुमा राईले लगभग ६ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यसअघि प्रकाश तामाङको परिवारसँग भेटघाट गरिएको सुदन राईका प्रेस संयोजक राजन समीपले जानकारी दिए । उनका अनुसार घर निर्माण गरेर दशैंअगाडि नै हस्तान्तरण गर्नेगरी काम हुनेछ ।

झापाका प्रकाश तामाङ १० वर्षको उमेरमा काठमाडौंबाट हराएका थिए । त्यसयता उनी गोरखाको चुम भ्यालीमा एक शेर्पाकोमा बस्दै आएका थिए तर, उनले परिवार खोज्न सकेका थिएनन् ।

उनलाई घरपरिवारसँग भेटाइदिने काम विद्या चापागाईंले गरेकी हुन् । विद्याले ‘हराएका वर्षहरू’ नाममा प्रकाश तामाङको कथा लिएर आएकी थिइन् । यसपछि प्रकाश तामाङको चर्चा चुलिएको छ ।

झापाबाट काठमाडौं आए हराएका प्रकाश तामाङको परिवार पछि भोजपुर सरेको थियो । अहिले प्रकाश तामाङ आफैँ पनि भोजपुर नै फर्किएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरको लहर: राजधानीदेखि गाउँसम्म अतिक्रमणमाथि ‘एक्सन मोड’

काठमाडौं । केही दिनयता देशभर एउटा दृश्य दोहोरिँदै छ—कतै बिहानैदेखि माइकिङ, कतै प्रहरीको घेरा, अनि केहीबेरमै डोजरको गर्जन। राजधानी उपत्यकाबाट सुरु भएको...

बिहे नगरिदिएको भन्दै छोराले गरे बुबाको हत्या

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा छोराले बुबाको हत्या गरेका छन् । घरायसी झगडामा कञ्चन गाउँपालिका वडा नं ४ बेलडाँडा निवासी २४ वर्षिय सुनिल थार...

डोजर अभियानको आँकडा: १,२७२ घर–टहरा भत्किए, अझै सयौँ बाँकी

काठमाडौं । काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने अभियानले तीव्र रूप लिँदै जाँदा घर–टहरा भत्काउने क्रम पनि बढ्दो छ। नेपाल प्रहरी का अनुसार हालसम्म...

चट्याङ लागेर प्युठानमा बाबु-छोराको मृत्यु

प्युठान ।  चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। गौमुखी गाउँपालि...

कांग्रेसमा ‘नेता चयन’को अन्तिम घडी: सहमति कि प्रतिस्पर्धा?

काठमाडौं । नेपाली कांग्रेस भित्रको लामो रस्साकस्सी अब अन्तिम मोडमा पुगेको छ। भोलि बस्ने कार्यसम्पादन समितिको बैठकबाट संसदीय दलको नेता टुंगो लगाइने तया...

नयाँ पुस्ताले मनमोहन अधिकारीलाई कसरी सम्झिने?—नारा होइन, कामबाट बनेको विरासत

काठमाडौं । इतिहास केवल मिति र घटनाले बनिँदैन, त्यो मानिसका काम र मूल्यले बाँच्छ। मनमोहन अधिकारी त्यस्ता नेता हुन्, जसलाई सम्झिँदा भाषणभन्दा बढी व्यवहा...

मनोहरामा चर्च पनि भत्काइएको भन्दै क्रिस्चियन अभियन्ताको विरोध, अर्को ठाउँ दिन माग

काठमाडौं । भक्तपुरस्थित मनोहरा बस्तीमा निर्माण भएका अवैध घर-टहरा सरकारले आइतबार हटायो । त्यसक्रममा बस्तीभित्र रहेको मनोहर चर्च पनि भत्काइएपछि क्रिस्चि...

थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यस...

ढुंगामुढा भएको मनोहरा क्षेत्रमा आज बिहानैबाट डोजर चल्दै

भक्तपुर । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा आज बिहानैदेखि पुनः डोजर प्रयोग गरी घरटहरा भत्काउने काम सुरु गरिने भएको छ। हिजो साँझ स्था...

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ । भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका छन् । कोशी प्रदेश सरकार, भौतिक ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending