Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

इलाममा शीतभण्डार प्रयोगविहीन

खबरडबली संवाददाता

इलाम । १३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ । भारतीय दूतावासको सहयोगमा कूल पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा शीतभण्डार निर्माण सम्पन्न भएको थियो । 

शीतभण्डार निर्माण पूर्व सम्भाव्यता अध्ययन नगरिएकाले र एउटै मात्र कोठा (चेम्बर) निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकारहरू बताउँछन् । यति लामो समयसम्म शीतभण्डार चलाउन नसकिएपछि यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालले बताइन । ‘अहिलेसम्म चलाउनै सकिएन अब यसमा के गर्दा ठिक होला, सबैसँग सल्लाह सुझाव माग्न थालेका छौँ । उपयुक्त काममा प्रयोगमा ल्याउन खोजिरहेका छौँ,’ उप–प्रमुख दाहालले भनिन । 

दुई हजार मेट्रिकटन क्षमता भएको शीतभण्डारलाई एक पटक ठेक्कामा लगाइए पनि सञ्चालन हुन नसकेको इलाम नगरपालिका इन्जिनियर दीपक गुरागाईँले बताए । गुरागाईँका अनुसार शीत भण्डारमा जडान गरिएको बिजुलीलाई पाँच वर्षअघिनै काटिएको छ । "नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको थियो, सञ्चालन गर्न पाँच–छ जना व्यक्तिहरू आउनु भएको पनि हो । कुराकानी भएपछि केही दिनमा आउँछौँ भनेर जानेहरू फेरि आउनु भएन । एक पटक सञ्चालन भएको थियो तर सञ्चालन कर्तालेनै चलाउनु भएन," गुरागाईँले भने, "शीतभण्डार सञ्चालन गर्न नगरपालिकाले पनि पाँचवर्ष सम्म निःशुल्क दिने, विद्युतको महसुल तिरिदिने लगायतका सर्त समेत अघि सारेको थियो । तर सञ्चालन हुनै सकेन ।"

सुन्तला, किवी, आलु, उत्पादक कृषक, हरियो चिया उत्पादक कृषक र चिया सहकारी संस्था, जडिबुट्टी उत्पादक कृषक तथा स्थानीय तरकारी तथा फलफूल व्यवसायीलाई लक्षित गरी शीतभण्डार निर्माण गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending