इलाम । १३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ । भारतीय दूतावासको सहयोगमा कूल पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा शीतभण्डार निर्माण सम्पन्न भएको थियो ।
शीतभण्डार निर्माण पूर्व सम्भाव्यता अध्ययन नगरिएकाले र एउटै मात्र कोठा (चेम्बर) निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकारहरू बताउँछन् । यति लामो समयसम्म शीतभण्डार चलाउन नसकिएपछि यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालले बताइन । ‘अहिलेसम्म चलाउनै सकिएन अब यसमा के गर्दा ठिक होला, सबैसँग सल्लाह सुझाव माग्न थालेका छौँ । उपयुक्त काममा प्रयोगमा ल्याउन खोजिरहेका छौँ,’ उप–प्रमुख दाहालले भनिन ।
दुई हजार मेट्रिकटन क्षमता भएको शीतभण्डारलाई एक पटक ठेक्कामा लगाइए पनि सञ्चालन हुन नसकेको इलाम नगरपालिका इन्जिनियर दीपक गुरागाईँले बताए । गुरागाईँका अनुसार शीत भण्डारमा जडान गरिएको बिजुलीलाई पाँच वर्षअघिनै काटिएको छ । "नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको थियो, सञ्चालन गर्न पाँच–छ जना व्यक्तिहरू आउनु भएको पनि हो । कुराकानी भएपछि केही दिनमा आउँछौँ भनेर जानेहरू फेरि आउनु भएन । एक पटक सञ्चालन भएको थियो तर सञ्चालन कर्तालेनै चलाउनु भएन," गुरागाईँले भने, "शीतभण्डार सञ्चालन गर्न नगरपालिकाले पनि पाँचवर्ष सम्म निःशुल्क दिने, विद्युतको महसुल तिरिदिने लगायतका सर्त समेत अघि सारेको थियो । तर सञ्चालन हुनै सकेन ।"
सुन्तला, किवी, आलु, उत्पादक कृषक, हरियो चिया उत्पादक कृषक र चिया सहकारी संस्था, जडिबुट्टी उत्पादक कृषक तथा स्थानीय तरकारी तथा फलफूल व्यवसायीलाई लक्षित गरी शीतभण्डार निर्माण गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: