Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

ताप्लेजुङमा धान नाचमा रमाउँदै लिम्बू समुदाय

खबरडबली संवाददाता

ताप्लेजुङ । मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन् । लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन् ।

ताप्लेजुङसहित पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू (याक्थुङ) समुदायको आफ्नो मौलिक संस्कृतिमा धान नाच पर्दछ । लिम्बू समुदायले आफ्नो मौलिक संस्कृतिको प्रवद्र्धनसँगै जगेर्ना गर्ने उद्देश्यले धान नाच आयोजना गरेको जनाएका छन् । लिम्बूको जातीय संस्था किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको धान नाच कार्यक्रममा किशोर र युवा अवस्थाका तरुनी–तन्नेरीदेखि प्रौढ हुँदै ज्येष्ठ उमेरसम्ममा मानिस धान नाचमा सहभागी भएका थिए ।

लिम्बू जाति तथा पूर्बेली समुदायमा नै लोकप्रिय रहेको धान नाचमा लिम्बू मात्र नभई अन्य समुदायका नागरिकसमेत सहभागी भएका देखिन्थे । एकले अर्काको हात समाएर गोलाकार घेरा र लामवद्ध भएर सामूहिक रुपमा धान नाच्ने गरिन्छ । जुहारी वा दोहोरी शैलीमा लिम्बू भाषामा पाःलाम (गीत) गाउँदै धान नाचिन्छ ।

विषेशगरी लिम्बू समुदायमा हुने विवाह संस्कार, सुख–दुःखका कार्यमा चेली–माइती र नाता सम्बन्ध नलाग्ने कुटुम्बबीच युवायुवतीदेखि जुनसुकै उमेरकाले धान नाच्ने गर्दछन् । यस्तै मेला, हाट र विभिन्न उत्सव तथा अवसरहरुमा धान नाच्ने प्रचलन रहिआएको छ । सोही अनुसार नेवार समुदायको लाखे पर्वको अवसरमा धान नाच आयोजना गरिएको किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताए । 

मेन्याङ्बोले जातीय विविधता भएको देशमा एकले अर्को समुदायको संस्कृतिको सम्मान गर्न जान्नुपर्छ भन्ने सन्देश दिनलाई पनि विगतदेखि नै धान नाच प्रदर्शन गर्दै आएको बताए । पछिल्लो समय नयाँ पुस्ताले मौलिक संस्कृति र परम्परालाई कम चासो दिँदा संस्कृति सङ्कटमा परिरेहेको पनि उनको भनाइ छ । यद्यपि, विभिन्न अवसर तथा उत्सवमा मौलिक संस्कृति प्रदर्शन गर्नाले संरक्षणमा पनि टेवा पुग्ने विश्वास कियाचुले राखेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending