Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

खबरडबली संवाददाता

तनहुँ । स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ । स्वास्थ्य बीमा बोर्डले चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकाले उपचारको लागि समस्या भएको केन्द्रले जनाएको छ । 

रकम भुक्तानी नपाउँदा आर्थिक अभावले गर्दा औषधी र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको केन्द्रका फार्मेसी अधिकृत मुकुन्दप्रसाद यादवले बताए । पुस सम्मको भुक्तानी दिएपनि माघदेखि साउनसम्म गरी सात महिनाको चार करोड २० लाख रुपियाँ भुक्तानी नदिएकोले उपचार नै रोक्नु पर्ने स्थिति आउन लागेको उनले बताए । 

औषधी, ल्याबका केमिकल, एक्सरे लगायतका आवश्यक स्वास्थ्य सामग्री किन्ने रकम नहुँदा उपचार प्रभावित भएको यादवले बताए । बिमाबाट औषधी मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन हुँदा सेवा नै रोक्नुपर्ने अवस्था आउन लागेको यादवको भनाइ छ । यादवले भने, "औषधी तथा स्वास्थ्य सामग्री गरी मासिक ६० लाख बढी खर्च हुन्छ, भुक्तानी रोकिँदा सेवा प्रवाहमा सङ्कट आएको छ ।"

९० प्रतिशत भन्दा बढी बिरामी बिमा अन्तर्गतका हुने भएकोले लामो समय शोधभर्ना नहुँदा उपचार गर्न नसकिने अवस्था आइसकेको केन्द्रले जनाएको छ । आर्थिक अभावले गर्दा औषधी र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी पाउन नसकेकोले उधारो नदिँदा सेवामा सङ्कट आएको यादव बताउँछन् । यादले भने, "भुक्तानी नपाउँदा सप्लायर्सहरुले सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेका छन् इमरजन्सीमा भर्ना हुन आएका बिरामीको समेत भर्ना गर्न नसकिने अवस्था आएको छ ।"

यादवका अनुसार बिमा बोर्डलाई केन्द्रको समस्या र औषधी सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भिरता नभएकोले समस्या परेको छ । औषधी, ल्याब केमिकल, एक्सरे लगायत स्वास्थ्योपचारमा आवश्यक पर्ने सामग्री आपूर्ती भुक्तानी रोकिँदा प्रभावित भएको छ । थाइराईड लगायतको अप्रेसन समेत गर्न नसकिने अवस्थामा पुगेको छ । प्रत्येक फार्मेसीलाई नेपाल सरकारले औषधि खरीदको लागि २० लाख रुपियाँ बिउ पुँजी दिने गरेपनि केन्द्रले रकम नपाउँदा समस्या परेको छ । केन्द्रमा सवारी दुर्घटनाका घाइतेका अलावा विभिन्न रोगका बिरामी नियमित आउने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेशी प्रदेश सरकार शीघ्र पुनर्गठन गर्छाैँ: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...

शिवपुरी आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...

चीनको बिवाइडीले सन् २०२५ मा सबैभन्दा बढी कार बिक्रीको रेकर्ड राख्न सफल

काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...

घरबारविहीन परिवारलाई दुई लाख सहयोग

बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending