Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा भव्य जात्रा निकालियाे

खबरडबली संवाददाता

ओखलढुङ्गा । श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण जात्रा निकालिएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्ण रथसहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् । 

सिद्धिचरण नगरपालिका–११ रमाईलो डाँडाको जनसेवा गुठी, वडा नं.११ रामबजारको पारस्पारिक सहयोगी गुठी र सिद्धिचरण नगरपालिका–१२ गणेश टोलको जनहित सेवा गुठीले छुट्टाछुट्टै कृष्ण रथ यात्रासहितको भव्य जात्रा निकालेका हुन् । जात्रामा राधा कृष्णको रुपमा स्थानीय कलाकारहरु सजिएका थिए । 

कृष्ण भजन गाउँदै श्रद्धालुहरुले बजार परिक्रमा गरेका थिए भने स्थानीय कलाकारहरुले विभिन्न बजार तथा चोकमा नृत्य प्रस्तुत गरेका थिए । राधा कृष्णका विभिन्न चरित्र चित्रण गर्ने पहिरन सहित युवा, युवतीहरु बालबालिका जात्रामा सहभागी भएका थिए । गठेमंगल अर्थात् घण्टाकर्ण पर्वदेखि सुरु भएको विभिन्न जात्राहरु कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको जात्रासँगै समापन भएको जनहित सेवा गुठीका अध्यक्ष ध्रुब राजभण्डारीले बताए । करिब एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्ण जन्माष्टमी जात्रा लगायत विभिन्न जात्रा एवम् नाच देखाउने चलन रहेको राजभण्डारीको भनाइ छ । 

ओखलढुङ्गाका सदरमुकामका नेवारी सामुदायका युवाहरु आफ्नो संस्कृति र परम्परा जोगाउन जुटेका छन् । यस पटक तीन वटै बजारमा युवाहरुको सक्रियतामा परम्परागत जात्रा निकालिएको अध्यक्ष राजभण्डारीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: