बनेपा । कृष्ण जन्माष्टमीको अवसर पारेर काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा आयोजना गरिएको कन्या पूजामा दश हजारभन्दा बढी कन्याहरु पुजिएका छन् ।
एक सय बाईस वर्ष पहिले बनेपाको पुरानो बजारस्थित भोलाखाँ टोलबाट सुरु भएको कन्या पूजा पछिल्लो समय बनेपाको साथै जिल्लाको पनौती, धुलिखेल, नमोबुद्ध नगरपालिकाको विभिन्न स्थानमा समिति बनाएर नै कन्या पूजा सुरु गरिएको हो ।
१२२ वर्ष पहिलेदेखि सनातन कन्या पूजा प्रबन्ध समितिले सोमबार बनेपामा आयोजना गरेको कन्या पुजामा करिब सात हजार कन्याहरु पुजिएको समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए । उनले कन्याहरुको सुख, शान्ति, समृद्धि र निरोगिताको लागि सनातन कन्या पुजा प्रबन्ध समितिले हरेक वर्ष कृष्ण जन्माष्टमीको दिनमा कन्या पूजा गर्दै आएको बताए । उनले बनेपालीहरुले वि.सं. १९५९ देखि रजस्वला नभएका कन्याहरुको पूजा गर्दै आएको बताए ।
रजस्वला नभएका कन्याहरुको पूजा गर्नाले उनीहरुमा सुःख, शान्ति, समृद्धि छाउने जनविश्वास रहेको पाइन्छ भने यो पूजामा सहभागी भएका कन्यामा रहको रोग समेत हटेर जाने विश्वास छ । कन्याहरुलाई विशेषगरि स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु दिनुको साथै उनीहरुको टाउकोमा तेल हालिदिएर उनीहरुको पूजा गरिँदै आएको सचिव बैद्यले बताए ।
बनेपाको भोलाखाँ टोलबाट सुरु भएको कन्या पुजा बनेपाको भित्रीबजारदेखि चार दोबाटोसम्मको दाँयाबायाँ सडकमा राखेर कन्याहरु पुजिने प्रचलन रहेको छ । सोमबार भएको कन्या पूजामा सहभागिता जनाउनका लागि बनेपाका साथै जिल्लाका विभिन्न स्थान र भक्तपुर, सिन्धुपाल्चोक लगायतका छिमेकी जिल्लाबाट समेत कन्याको सुःख, समृद्धिका लागि कन्या पुज्न बनेपा ल्याइएको थियो कृष्ण जन्माष्टमीको अवसरमा बनेपाको पुरानो बजारका साथै बनेपा कै बुडो, सिनागाल, पुलबजार, थापागाउँ, भैंसेपाटी, धनेश्वर, धुलिखेल, छत्रेबाँझ दाप्चा, साँगा र खड्पु, पनौतीमा समेत सयौँ कन्याहरु पुजिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: