तनहुँ । सडक डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५३ दशमलव ५४ किलोमिटर सडक मर्मत गरेको छ । उक्त कार्यालयका इन्जिनियर बबिता शर्माका अनुसार सडक बोर्ड नेपाल तथा विश्व बैंकको सहयोगमा राष्ट्रिय राजमार्गमा आवधिक मर्मत तथा रिसिलिङ कार्य सम्पन्न गरिएको छ ।
उनले सोही अवधिमा आठ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिइन् । सो अवधिमा आठ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य थियो भने चार किलोमिटर ट्रयाक निर्माण गर्ने लक्ष्य रहेकामा तीन दशमलव पाँच किलोमिटर ट्रयाक निर्माण भएको शर्माले बताइन् । उनका अनुसार आठ दशमलव पाँच किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य राखिएकामा आठ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ ।
इन्जिनियर शर्माले विगतका वर्षमा खसेका दुई ठूला पहिरामध्ये पृथ्वीराजमार्गअन्तर्गत साँखर पहिरा रोकथामका लागि ठेक्का व्यवस्थापन गरिएकामा निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइन् । गोरखाको घ्याम्पेसालअन्तर्गत कोखे आहालेको पहिरा रोकथामसम्बन्धी निर्माण सम्पन्न भएको उनले जानकारी दिइन् ।
सडक डिभिजन कार्यालयका लागि उक्त आर्थिक वर्षमा पुँजीगततर्फ रु ४३ करोड ४७ लाख बजेट विनियोजन भएकामा रु ३९ करोड बजेट खर्च भएको जनाइएको छ । कार्यालयमार्फत बिर्ता हुँदै भानु नगरपालिका–६ टुहुरेपसल–अर्चले भञ्ज्याङ–रम्घाटार– मनटेहटिया सडकका लागि रु चार करोड ५० लाख विनियोजन भएकामा ४० प्रतिशत भौतिक र ३५ प्रतिशत प्रगति भएको छ ।
श्रृङ्गपथ–गाईघाट–ऋषिङ–चापाकोट–गल्याङ सडकको पोखरीछापबाट कटहरे हुँदै मोहमी खण्डका लागि रु ५० लाख विनियोजन भएकामा शतप्रतिशत भौतिक र ९९ दशमलव चार प्रतिशत वित्तीय प्रगति भएको छ । खैरेनीटार–भिमाद–भूमरीघाट–कावासोती सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।
भिमाद–रामपुर–मित्याल–आरुङखोला सडकको भिमाद रामपुर सडकका लागि रु तीन करोड विनियोजन भएकामा शतप्रतिशत भौतिक र ८६ प्रतिशत वित्तीय प्रगति भएको छ । नौबिसे–मुग्लिन–पोखरा सडकका लागि रु एक करोड ५० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ ।
बागीश्वरी मार्गका लागि रु दुई करोड ५२ लाख ६८ हजार विनियोजन भएकामा शतप्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । त्यस्तै व्यास बुद्धर्सि मार्गका लागि रु ७० लाख विनियोजन भएकामा एक सय प्रतिशत भौतिक र ९८ प्रतिशत वित्तीय प्रगति भएको छ । सेतीगण्डकी पुलका लागि रु एक करोड ६६ लाख ४२ हजार विनियोजन भएकामा ९४ प्रतिशत भौतिक र ९४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ ।
त्यस्तै त्रिशूली नदी पुलका लागि ८९ लाख ३० हजार बजेट विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३८ प्रतिशत वित्तीय प्रगति भएको छ । मस्र्याङ्दी नदीमा मोटरेबल पुलका लागि रु ८९ लाख ३० हजार विनियोजन भएकामा ४५ प्रतिशत भौतिक र ३५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
चालु आवका लागि ७३ करोड बजेट
इन्जिनियर शर्माका अनुसार सडक डिभिजन कार्यालयका लागि चालु आवमा रु ७३ करोड ८२ लाख ८३ हजार बजेट विनियोजन भएको छ । स्थानीय सडक पुल निर्माणका लागि रु दुई करोड ८० लाख, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि रु ३२ करोड ६८ लाख ८३ हजार विनियोजन भएको छ ।
यसैगरी, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापनाका लागि रु एक करोड ३५ लाख, निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि रु एक करोड ६२ लाख, सडक तथा ट्राफिक सुरक्षाका लागि रु ७० लाख र सडक बोर्ड नेपालअन्तर्गत रु सात करोड ९४ लाख विनियोजन भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: