सल्यान । विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।
भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । दार्मागाउँपालिका ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले अहिलेसम्म सरकारका तर्फबाट कुनै रकम प्राप्त नगरेको बताए । उनले भने, "भूकम्प प्रभावित भएर अस्थायी आवास बनाए पनि अहिलेसम्म राहत प्राप्त भएको छैन ।" स्थानीय र विभिन्न राजनीतिक दलका स्वयंसेवकको सक्रियतामा अस्थायी आवास दार्मामा निर्माण गरिएको थियो ।
भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ की धनी केसी अस्थायी आवासमा बस्दै आएकी छिन् । उनले भनिन्, "रकम प्राप्त भएमा राम्रो घर बनाउन हुन्थ्यो ।" अस्थायी आवासमा बस्दा अन्य समयमाभन्दा वर्षाको समयमा झनै गाह्रो भइरहेको भूकम्प प्रभावितको भनाइ छ । दार्मा गाउँपालिका २ टेक बहादुर केसीले २ वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आएका छन् ।
दार्मामा अस्थायी आवास निर्माणका लागि छानिएका चार हजार ८१ लाभग्राहीमध्ये हालसम्म एक हजार ६७४ घरधुरीले मात्र पहिलो किस्ता रकम पाएका छन् । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको बताए । उनका अनुसार रकम अपुग भएका लाभग्राहीलाई चाहिले आवश्यक रकम संघीय सरकारसँग माग गरिएको छ । संघीय सरकारबाट निकासा रोकिँदा भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।
सर्वदलीय निर्णय गरि भूकम्प प्रभावित चार हजार ७४ घरधुरीलाई स्थायी आवास निर्माणका लागि प्राधिकरणमा सिफारिस गरिसकिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लाभग्राहीमध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: