Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक हुन्- गृहमन्त्री लेखक

खबरडबली संवाददाता

सिरहा । गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन् । 

आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरी आश्रम’मा गिरिको दोस्रो बार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

“समाज, दर्शन र अर्थशास्त्रमा स्व. गिरीको अद्भूत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्पे्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भने,“हामी त उहाँको अगाडी कुवाँ हौं । एउटा कुवाँले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरी हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरीको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो । 

गिरीलाई सम्झिँदै मन्त्री लेखकले भने, “उहाँको उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले उर्जा लिनुपर्छ । उहाँ जस्तो अद्भूत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, जसको अभाव मुलुकलाई सधैँ खड्कीरहने छ ।” त्यसैगरि नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र उर्जा प्राप्तिमा अमर रहिरहने विश्वास समेत मन्त्री लेखकले व्यक्त गरे । 

प्रदिप गिरी मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा सम्बोधन गर्नुअघि स्व. नेता गिरिको पूर्णकदको शालिकमा मन्त्री लेखकले माल्यार्पण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले समृद्ध मुलुक निर्माण गर्न वर्तमान सरकार गठन भएको समेत बताए । 

त्यसैगरि उनले मुलुकमा स्थिर सरकार दिनु, शिथिल अर्थतन्त्रलाई गतिशिल बनाउनु, सुशासन कायम राख्नु, विकासको गति बढाउनु तथा लगानीको वातावरण निर्माण गरि मुलुकभित्रै रोजगारीको सृजना गर्नु सरकारको मुख्य उद्धेश्य रहेको समेत बताए । 

कार्यक्रममा नेपाली कांग्रसको केन्द्रीय सदस्य एवं पुर्व मन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्व भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव, नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगाएतले मन्तव्य राखेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE