Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

‘सर्मनाक’ हारपछि ओलीको विकल्प खोज्ने दिशामा एमाले नेता

खबरडबली संवाददाता

काठमाडौं । पार्टीले ०४८ यताकै सर्मनाक हार व्यहोरेपछि एमाले पदाधिकारी तहकै नेताहरू अध्यक्ष केपी ओलीको नेतृत्व फेर्नुपर्ने पक्षमा खुल्न थालेका छन् । हारको मुख्य जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने निष्कर्षसहित चुनावी समीक्षा गर्नुपर्ने भन्दै नेताहरू क्रमश: पार्टी नेतृत्व पुनर्गठनको पक्षमा खुल्न थालेका हुन् । 

०७९ मा ७९ सिट जितेको एमाले यो निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा खुम्चिएको छ । आइतबार रातिसम्मको प्राप्त मत अनुपातले प्रत्यक्ष र समानुपातिकसहित एमालेले २५ सिटआसपास मात्रै जित्ने अवस्था देखिन्छ । रुपन्देही २ बाट पराजित उपाध्यक्ष विष्णु पौडेलले हारको गम्भीर समीक्षा आवश्यक रहेको भन्दै जनअपेक्षाअनुरूप पार्टीको नीति र नेतृत्व पुनर्गठनमा लाग्ने घोषणा गरेका छन् । लामो समयदेखि ओलीनिकट रहेका पौडेलको यो घोषणासँगै अरू नेताहरूले पनि पार्टी पुनर्गठनको आवाज उठाउन थालेका छन् ।  
 
‘विगतमा हाम्रातर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले हारपछि वक्तव्य निकालेर भनेका छन् । 

एमाले नेताहरूले पार्टीको नीति र नेतृत्वबारे गम्भीर समीक्षा नभए पार्टीको अस्तित्व नै समाप्त हुन सक्ने चेतावनीसमेत दिन थालेका छन् । अध्यक्ष ओलीलाई पदत्याग गरेर पार्टी पुनर्गठनमा दबाब दिने उद्देश्यले जिल्ला र त्यसभन्दा तल्लो तहका कतिपय नेता–कार्यकर्ताले जिम्मेवारीबाट राजीनामासमेत दिन थालेका छन् । 

पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेलाई जोगाउन अध्यक्ष ओलीले पद त्यागेर पार्टी पुनर्गठनको बाटो नरोज्ने हो भने करिब सर्वनाशको अवस्थाबाट पार्टी र आन्दोलन सत्यानाशमा पुग्ने गम्भीर चेतावनी दिए ।

‘जेन–जी आन्दोलनपछिको बैठकमा तपाईं (ओली)को अनुहार लिएर चुनावमा जान सकिन्न भन्ने कुरा उठेकै होे । उहाँले मलाई बोक्नैपर्दैन, आफैँ हिँड्छु, दौडिन्छु, भनेको होइन ? तर, चुनावी प्रचारमा न उहाँ अरू क्षेत्रमा जान सक्नुभो, न अरू उम्मेदवारहरूले नै उहाँलाई प्रचारका लागि बोलाउने अवस्था बन्यो । के उहाँको फोटोसमेत नराखी चुनावको प्रचार गर्नुपर्ने अवस्था आएको होइन ?’ पाण्डेले पछिल्लो चुनावी परिणामपछि पार्टीले लिनुपर्ने दिशाबारे टिप्पणी गरे, ‘त्यसैले आजको प्रश्नको सही उत्तर र समस्या समाधानको सही निष्कर्ष खोज्ने हो भने उहाँले आन्दोलन जोगाउन अध्यक्ष पद छोड्न तयार हुनुपर्छ । अहिलेको चुनावी परिणामले करिब सर्वनाश त भइसक्यो, अब पनि सच्चिएनौँ भने हामी सबै सत्यनाशको बाटोतिर जानेछौँ ।’ 

अहिलेको हारको मुख्य कारण आन्तरिक भएकाले मुख्य जिम्मेवारी पनि नेतृत्वले नै लिनुपर्ने पाण्डेको तर्क छ । ‘अहिलेको अत्यन्त निराशाजनक परिणाम कसका कारणले आयो भन्ने कुरा त स्वत: सिद्ध छ । राणाशासन जुम्लाका जनताको विरोधका कारण होइन, शासन चलाउने राणा र उनकै भाइ–भारदारका कारण ढलेको हो । त्यसकारण आन्तरिक कारण प्रधान भएकाले अहिलेको परिणामको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ,’ उनले भने, ‘सबैलाई बराबर दोष दिने हो भने त पार्टी नेतृत्व लिन किन प्रतिस्पर्धा गर्नुपर्‍यो ? सबै तलको जुनसुकै पदमा बस्दा पनि भइहाल्थ्यो । नेतृत्व लिन सक्षम छु भनेर लिने, तर मूल्यांकनचाहिँ अरूबाटै सुरु गरौँ भन्न नमिल्ने भएकाले अहिलेको निराशाजनक चुनावी हारको समीक्षा मूल नेतृत्वबाटै सुरु गर्नुपर्छ ।’ 

एमाले केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आकलन नै नगरेको परिणाम आएकाले उपयुक्त समयमा पार्टीले घनीभूत समीक्षा गर्ने बताए । ‘अहिलेको आमनिर्वाचनमा जनताबाट प्राप्त जनादेशलाई हामी स्विकार्छौँ र सम्मान गर्छौँ । यो निर्वाचनको परिणाम सबै आइसकेको त छैन, तर हामीले आकलन नै नगरेको परिणाम आउन सक्ने देखिएकाले हामीले धेरै कुराहरूमा समीक्षा र पुनरावलोकन गर्नुपर्ने, सुधार गर्नुपर्ने देखिन्छ । ती सबै पक्षका बारेमा हामी उपयुक्त समयमा पार्टीको औपचारिक फोरम र संयन्त्रहरूमा घनीभूत छलफल र समीक्षा गरेर अगाडि बढ्नेछौँ,’ उनले भने ।   

पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको चुनावी परिणामबाट गम्भीर धक्का भएकाले नेतृत्वको जिम्मेवारीको पनि समीक्षासहित आवश्यकता देखिए विकल्प खोज्ने बाटोमा समेत जान सकिने प्रस्ट्याएका छन् । ‘एउटा घटनाले एउटा राजनीतिक आन्दोलन र एउटा राजनीतिक पार्टीको समग्र भविष्य निर्धारित हुन्छ भन्ने म ठान्दिनँ । तर, पनि यो निकै गम्भीर धक्का हो । त्यसमा कुनै सन्देह छैन । जहाँ–जहाँ नीति परिवर्तन गर्न जरुरी छ, त्यहाँ नीति परिवर्तन गर्छौँ, जहाँ–जहाँ शैली परिवर्तन गर्नुपर्नेछ, त्यहाँ शैली परिवर्तन गर्छौँ । यदि यसमा व्यक्ति विशेषको, नेतृत्वमा रहेका मुख्यमुख्य (हामीहरूको) भूमिकाको समीक्षाको माग हुन्छ भने हामी त्यो गर्छौँ र विकल्पको माग गर्छ भने त्यसमा पनि छलफल गर्छौँ,’ बिबिसी नेपाली सेवासँग ज्ञवालीले भनेका छन् । ज्ञवालीले जस्तै उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङले पनि परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा हुने बताएका थिए ।

पराजयपछि पद त्याग्दै जिल्ला नेता, ओलीलाई नैतिक दबाब 
अनपेक्षित पराजयपछि जिल्ला नेतृत्व तहका एमाले नेताले राजीनामा घोषणा गर्ने क्रम सुरु भएको छ । जिल्ला तहका नेताको राजीनामाले केन्द्रीय अध्यक्ष केपी ओलीलाई थप नैतिक दबाब परेको छ । 

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत गर्दै जिल्ला कमिटीले आइतबारै उपाध्यक्ष हृदम लामालाई कार्यवाहक अध्यक्ष तोकेको छ । पोखरेलले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने वेला आएको भन्दै वक्तव्यमार्फत पार्टी अध्यक्षदेखि महासचिवसम्मको ध्यानाकर्षण गराएका छन् । 

‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ र आवश्यक परे राजीनामा दिएर पार्टी पुनर्गठनका लागि बाटो प्रशस्त गर्नुपर्दछ,’ उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending