एजेन्सी । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् ।
वार्ताका लागि गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणलाई अन्त्य गरेको केही समयपछि बाइडेन र नेतान्याहुबीच टोलिफोनमा कुराकानी भएको हो । मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कुटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन ।
यद्यपि, सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउदै बाँकी अवरोध हटाउन आगामी कायरो वार्ताबारे छलफल गरेको जनाएका छन् । तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उनले नेतान्याहुसँग इरान र यसको आङ्कवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताए ।
ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ । उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहुसँग कुराकानी गरेको स्रोतले जनाएको छ । एक्सियोस समाचारका अनुसार बाइडेनले नेतान्याहुलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिएका छन् ।
गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका लागि नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टिनी लडाकू समूहलाई निश्क्रय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: