Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

काभ्रेपलाञ्चोकमा मापदण्ड विपरित सेनेटरी प्याड खरिद

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । महिनावारी हुँदाको समयमा महिलाले लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलाञ्चोकमा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरुका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ । 

स्थानीय तहहरुले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले तोकेको मापदण्डअनुसार स्थानीय तहहरुले सेनेटरी प्याड खरिद नगरेको पाइएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारी समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई विद्यालय छाड्ने समस्या समाधान गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्न विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । 

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाले खरिद गरेको सेनेटरी प्याडमा त्रुटि औँल्याएको हो । 

जिल्लाको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार नगरेको, सेनेटरी प्याडको लागि आवश्यक पर्ने स्पेशिफिकेशन तयार नगरेको, विद्यालयबाट माग फाराम भरी वास्तविक आवश्यक सङ्ख्या आङ्कलन नगरेको पाइएको छ । 

यस्तै, गाउँपालिकाले प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सिधै सेनेटरी प्याड खरिद गरेको, खरिद गरिएका प्याड गुणस्तरीय भए नभएको सम्बन्धमा एकिन गर्न ल्याब टेस्ट गरेको नगरेको र नमूना परीक्षण गर्दा सेनेटरी प्याडमा आवश्यक पर्ने एवजर्विङ क्यापासिटी तोकिएको मापदण्डअनुरुप नभएको पाइएको हो । 

सेनेटरी प्याड वितरण तथा व्यबस्थापन कार्यविधि २०७६ मा उल्लेख भएको प्याडको साईज तथा गुणस्तरमा ध्यान नदिई खरिद गरेकोले तोकिएको गुणस्तरको सेनेटरी प्याड खरिद भएको हो भन्नेमा विश्वस्थ हुन नसकेको, खरिद भएका सेनेटरी प्याड १० हजार ३६० थान विभिन्न १४ वटा विद्यालयहरुलाई हस्तान्तरण भएकोमा विद्यालयले छात्राहरुलाई वितरण गरेको भर्पाइ पेश नगरेको लेखापरीक्षणमा उल्लेख छ । 

भुम्लु गाउँपालिकाले त्रिनेत्रश्वर मल्टिपर्पोज कम्पनी प्रालिबाट प्रति प्याकेट सेनेटरी प्याड  ६५ (भ्याट बाहेक) का दरले दश हजार ३६० थान सेनेटरी प्याड छ लाख ६३ हजार चारसय रुपियाँमा खरिद गरेको थियो । रोसी गाउँपालिकाले आव २०७९–८० मा मेरिगोल्ड इन्टनेशनल प्रालिबाट २२ वटा विद्यालयका एक हजार ७२० वटा छात्राका लागि १५ लाख ६७ हजार चारसयमा प्याड खरिद गरेको थियो । 

यसैगरी धुलिखेल नगरपालिकाले १२ हजार ४९५ प्याकेट प्याड खरिद गरी १२ लाख २७ हजार ३२२ रुपियाँ भुक्तानी, मण्डनदेउपुर नगरपालिकाले १९ हजार दुईसय प्याकेट सेनेटरी प्याड खरिद गरी पाँच लाख ६९ हजार ५२० रुपियाँ भुक्तानी  दिएको छ । 

जिल्लाको बेथानचोक गाउँपालिकाले कोटेशन विधि अन्र्तगत पाथिभरा मेडिसिन एण्ड सर्जिकल सप्लायर्स प्रालिबाट प्रति प्याकेट ७२ रुपियाँका दरले १० हजार २५० सेनेटरी प्याड खरिद गरी आठ लाख ३३ हजार ९४० रुपियाँ भुक्तानी गरेको छ ।

गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयलाई हस्तान्तरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले कार्यविधि बनाइ विद्यालयका छात्रालाई वितरण गरिने सेनेटरी प्याडको लागि विभिन्न १२ वटा मापदण्ड तोकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending