Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

काभ्रेपलाञ्चोकमा मापदण्ड विपरित सेनेटरी प्याड खरिद

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । महिनावारी हुँदाको समयमा महिलाले लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलाञ्चोकमा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरुका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ । 

स्थानीय तहहरुले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले तोकेको मापदण्डअनुसार स्थानीय तहहरुले सेनेटरी प्याड खरिद नगरेको पाइएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारी समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई विद्यालय छाड्ने समस्या समाधान गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्न विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । 

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाले खरिद गरेको सेनेटरी प्याडमा त्रुटि औँल्याएको हो । 

जिल्लाको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार नगरेको, सेनेटरी प्याडको लागि आवश्यक पर्ने स्पेशिफिकेशन तयार नगरेको, विद्यालयबाट माग फाराम भरी वास्तविक आवश्यक सङ्ख्या आङ्कलन नगरेको पाइएको छ । 

यस्तै, गाउँपालिकाले प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सिधै सेनेटरी प्याड खरिद गरेको, खरिद गरिएका प्याड गुणस्तरीय भए नभएको सम्बन्धमा एकिन गर्न ल्याब टेस्ट गरेको नगरेको र नमूना परीक्षण गर्दा सेनेटरी प्याडमा आवश्यक पर्ने एवजर्विङ क्यापासिटी तोकिएको मापदण्डअनुरुप नभएको पाइएको हो । 

सेनेटरी प्याड वितरण तथा व्यबस्थापन कार्यविधि २०७६ मा उल्लेख भएको प्याडको साईज तथा गुणस्तरमा ध्यान नदिई खरिद गरेकोले तोकिएको गुणस्तरको सेनेटरी प्याड खरिद भएको हो भन्नेमा विश्वस्थ हुन नसकेको, खरिद भएका सेनेटरी प्याड १० हजार ३६० थान विभिन्न १४ वटा विद्यालयहरुलाई हस्तान्तरण भएकोमा विद्यालयले छात्राहरुलाई वितरण गरेको भर्पाइ पेश नगरेको लेखापरीक्षणमा उल्लेख छ । 

भुम्लु गाउँपालिकाले त्रिनेत्रश्वर मल्टिपर्पोज कम्पनी प्रालिबाट प्रति प्याकेट सेनेटरी प्याड  ६५ (भ्याट बाहेक) का दरले दश हजार ३६० थान सेनेटरी प्याड छ लाख ६३ हजार चारसय रुपियाँमा खरिद गरेको थियो । रोसी गाउँपालिकाले आव २०७९–८० मा मेरिगोल्ड इन्टनेशनल प्रालिबाट २२ वटा विद्यालयका एक हजार ७२० वटा छात्राका लागि १५ लाख ६७ हजार चारसयमा प्याड खरिद गरेको थियो । 

यसैगरी धुलिखेल नगरपालिकाले १२ हजार ४९५ प्याकेट प्याड खरिद गरी १२ लाख २७ हजार ३२२ रुपियाँ भुक्तानी, मण्डनदेउपुर नगरपालिकाले १९ हजार दुईसय प्याकेट सेनेटरी प्याड खरिद गरी पाँच लाख ६९ हजार ५२० रुपियाँ भुक्तानी  दिएको छ । 

जिल्लाको बेथानचोक गाउँपालिकाले कोटेशन विधि अन्र्तगत पाथिभरा मेडिसिन एण्ड सर्जिकल सप्लायर्स प्रालिबाट प्रति प्याकेट ७२ रुपियाँका दरले १० हजार २५० सेनेटरी प्याड खरिद गरी आठ लाख ३३ हजार ९४० रुपियाँ भुक्तानी गरेको छ ।

गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयलाई हस्तान्तरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले कार्यविधि बनाइ विद्यालयका छात्रालाई वितरण गरिने सेनेटरी प्याडको लागि विभिन्न १२ वटा मापदण्ड तोकेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE