Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

महानगरले दियो साना तथा मध्यम भोजनालय सुधारका लागि क्षमता विकास तालिम

खबरडबली संवाददाता

काठमाडौं । खाद्य व्यवसायसँग सम्बन्धित सेवालाई प्रमाणीकरण तथा स्तरीकरण गर्न काठमाडौं महानगरपालिकाले व्यवसायीहरुको क्षमता विकासबाट काम थालेको छ । कोही व्यक्तिले कुनै ठाउँमा खाना खाँदा त्यो खानाले स्वास्थ्यमा कुनै पनि हानी नोक्सानी गर्दैन भन्ने सुनिश्चित हुनुपर्छ । यसरी सुनिश्चित हुने अवस्था खाद्य स्वच्छता हो । यस्तो खानेकुरामा स्वाद, रङ्ग, वास्ना, परिमाण, पोषक तत्व हुनुपर्दछ । गुणस्तर यसैका आधारमा मापन गरिन्छ । 

महानगरपालिकाले ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता: प्रवर्धन शिविर (फुड सेफ्टी वुट क्याम्प) कार्यक्रमअन्तर्गत यस वर्ष खाद्य सेवामा क्षेत्रगत व्यावसायी तथा व्यक्तिहरुलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम दिइनेछ । यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्छामा काम गर्ने कर्मचारीका लागि आजदेखि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिम दरबार हाइ स्कूलमा भोलिसम्म चल्नेछ । तालिममा करिब ३ सय जना व्यवसायीहरु सहभागी हुनुहुन्छ । यो समूहबाट ४ सय जनालाई तालिम दिने लक्ष्य छ ।

तालिममा ६ वटा कक्षा चल्नेछन् । यसमा खाद्य स्वच्छता र सरसफाइ, स्थान र संरचनाको न्युनतम सुविधा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, खाद्य भण्डारण (काँचो, पाकेको), उचित प्रयोग नहुँदा खाद्य पदार्थबाट हुने जोखिम, हाइजिन रेटिङ्, सरसफाइ स्तरीकरण र प्रमाणीकरण, प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) क्षमता विकासका विषय हुन् । यी कक्षाहरुमा सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खाना र खाना बनाउने ठाउँको सुरक्षा, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा जानकारी दिइनेछ । यस्तै तापक्रम, साधन तथा उपकरणको प्रयोग र व्यवस्थापन, पेशाकर्मीको व्यक्तिगत सरसफाइलगायत विषयमा कक्षा सञ्चालन हुनेछन् । 

व्यवसायीहरुमा खाद्य सेवा मापदण्डका बारेमा जानकारी भयो भने उत्तरदायित्व बोध गराउन सकिन्छ । नियमन गर्नु अघि प्रचलित व्यवस्थाका बारेमा जानकारी दिनु र मापदण्ड बुझाउन आवश्यक भएकोले तालिम थालिएको हो । खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा भन्छिन्, ‘तालिमपछि खाद्य सेवा प्रदान गर्ने व्यवसाय मूल्याङ्कन गरेर प्रमाणीकरण र स्तरीकरण गर्नेछौँ । यसबाट हरेक उपभोक्ता, खानेकुरा खाएको स्थानबाट स्वच्छ खाना पाएको सुनिश्चित हुन सक्नेछन् ।’

‘स्वच्छ खाद्य सेवाका लागि पालना गर्नु पर्ने अनिवार्य आचरणलाई खाद्य निरीक्षकले निरीक्षण गर्नुहुनेछ ।’ प्रमाणीकरण र स्तरीयकरण प्रक्रियाका बारेमा कार्यक्रमका सल्लाहकार सन्तोष गिरी भन्छन्, ‘अवस्थाका आधारमा प्रमाणीकरण र स्तरीकरण गरिएको व्यवसायमा स्क्यान कोड राखिनेछ । कोही उपभोक्तालाई स्तरबमोजिमको सेवा नलागेमा वा चित्त नबुझेमा स्क्यानबाट फोटोसहित आफ्नो गुनासो पठाउन सक्नुहुनेछ । इमेलबाट गुनासो पठाउन र हटलाइनबाट गुनासो टिपाउन सक्नुहुनेछ । यसका आधारमा महानगरपालिकाले गलत क्रियाकलापको नियमन गर्नेछ ।’

खाद्य स्वच्छता मूल्याङ्कन र प्रमाणीकरण

सेवाको मूल्याङ्कन गर्ने प्रणालीले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको निश्चित गर्छ । व्यवसायीलाई जवाफदेही बनाउँछ । व्यावसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी प्रदान गर्छ । यसले उपभोक्ताहरूलाई खाना कहाँ किन्ने ? कहाँ किन्ने ? कुनको स्तर कस्तो छ ? भन्ने निर्णय गर्ने आधार उपलब्ध गराउँछ । यसो हुनु स्वच्छ व्यापारिक प्रतिस्पर्धाका दृष्टिले उपयुक्त हुन्छ । यस्तै दोस्रो अथवा तेस्रो स्तरमा भएका व्यावसायीले पहिलो हुन सुधारका अवसर प्रदान गर्छ । 

उपभोक्ताहरुलाई ह्यान्डलिङ्, भण्डारण, तयारी, सरसफाई, खाद्य सुरक्षाजस्ता खाद्य सेवा र व्यवस्थापनका बारेमा जानकारी राख्न मद्दत पुर्‍याउँछ । खानाको गुणस्तर, ग्राहक सेवा, खाना व्यवसायको स्तरप्रति उत्तरदायी बनाउँछ । यसका लागि महानगरपालिकाले खाद्य स्वच्छता निर्देशिका, सूचक र स्तरीकरण प्रणालीको मस्यौदा तयार पारेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE