धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत गेज रिडर (जल सतह मापक) हरूको पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले गेज रिडरहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधा बढाउन माग गरेका हुन् ।
गेज रिडरहरुले पाउँदै आएको दैनिक ज्याला दुई सय रुपियाँ अत्यन्त न्यून रहेको र कम्तीमा पनि सरकारले आफैँले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अनुरूप ज्याला कायम हुनुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले गेज रिडरको पारिश्रमिक बढाउने सवालमा आफ्नो ध्यानाकर्षण भएको जनाए ।
उनले यस कुरालाई आफूले क्याबिनेटमा राख्ने उल्लेख गरे । त्यस्तै, प्रदेशको जोखिम बिमा गर्नका लागि छलफल चलाइएको उल्लेख गर्दै मन्त्री सार्कीले भने, “यो बिमा भएमा सबैको जोखिम बहन हुनेछ ।” कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले गेज रिडरका विषयलाई निर्णय प्रक्रियामा लैजान आवश्यक रहेको औँल्याए ।
त्यस्तै, प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपत्बाट हुने क्षति न्यूनीकरणका लागि धेरै पहल भए पनि पर्याप्त नरहेको भन्दै अझ यसमा बढी काम गर्न आवश्यक रहेको बताए । त्यस्तै, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य घनश्याम चौधरीले विपत् जोखिम न्यूनीकरणको सवालमा मन्त्रालयले ठोस काम गर्नुपर्ने उल्लेख गरे ।
जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिनका प्रमुख सञ्जय साहले गेज रिडरको पारिश्रमिक बढ्नु पर्ने बताए । यसका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको उनको भनाइ थियो । गेज रिडरको काम गर्दै आउनुभएका मानबहादुर चौधरीले ५० रुपियाँ खर्चेर आफूहरूले पाँच हजार व्यक्तिको ज्यान बचाउने काम गर्दै आए पनि न्यून पारिश्रमिकका कारण गुजारा गर्न समस्या रहेको सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: