धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत गेज रिडर (जल सतह मापक) हरूको पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले गेज रिडरहरुको पारिश्रमिक लगायत अन्य सेवा सुविधा बढाउन माग गरेका हुन् ।
गेज रिडरहरुले पाउँदै आएको दैनिक ज्याला दुई सय रुपियाँ अत्यन्त न्यून रहेको र कम्तीमा पनि सरकारले आफैँले निर्धारण गरेको न्यूनतम पारिश्रमिक अनुरूप ज्याला कायम हुनुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले गेज रिडरको पारिश्रमिक बढाउने सवालमा आफ्नो ध्यानाकर्षण भएको जनाए ।
उनले यस कुरालाई आफूले क्याबिनेटमा राख्ने उल्लेख गरे । त्यस्तै, प्रदेशको जोखिम बिमा गर्नका लागि छलफल चलाइएको उल्लेख गर्दै मन्त्री सार्कीले भने, “यो बिमा भएमा सबैको जोखिम बहन हुनेछ ।” कार्यक्रममा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले गेज रिडरका विषयलाई निर्णय प्रक्रियामा लैजान आवश्यक रहेको औँल्याए ।
त्यस्तै, प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेशमा विपत्बाट हुने क्षति न्यूनीकरणका लागि धेरै पहल भए पनि पर्याप्त नरहेको भन्दै अझ यसमा बढी काम गर्न आवश्यक रहेको बताए । त्यस्तै, पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य घनश्याम चौधरीले विपत् जोखिम न्यूनीकरणको सवालमा मन्त्रालयले ठोस काम गर्नुपर्ने उल्लेख गरे ।
जल तथा मौसम विज्ञान कार्यालय महाकाली बेसिनका प्रमुख सञ्जय साहले गेज रिडरको पारिश्रमिक बढ्नु पर्ने बताए । यसका लागि आफूले विभागको हरेक समीक्षा बैठकमा आवाज उठाउँदै आएको उनको भनाइ थियो । गेज रिडरको काम गर्दै आउनुभएका मानबहादुर चौधरीले ५० रुपियाँ खर्चेर आफूहरूले पाँच हजार व्यक्तिको ज्यान बचाउने काम गर्दै आए पनि न्यून पारिश्रमिकका कारण गुजारा गर्न समस्या रहेको सुनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: