Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एक वर्षमा १७ किलोमिटर सडक कालोपत्र

विभिन्न सडक स्तरोन्नति

खबरडबली संवाददाता

काठमाडौ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षमा १७ दशमलव सात किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा ३० किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेकामा १७ दशमलव सात किमी कालोपत्र गरिएको जनाएको छ । 

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३७ दशमलव तीन किमी सडक कालोपत्र भएको थियो । गत आवमा १० दशमलव पाँच किमी कच्ची सडक निर्माण गर्ने लक्ष्य रहेकामा सात दशमलव छ किमी निर्माण भएको उहाँले जानकारी दिए । उनका अनुसार ४६ किमी ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकामा ३५ दशमलव दुई, २० किमी चौडाइ गर्ने लक्ष्य रहेकामा १३.२३, ३० किमी नाला निर्माण गर्ने लक्ष्य रहेकामा २४.८२ किमी नाला निर्माण भएको छ । 

गत आवमा १९ हजार ३७ घनमिटर टेवा पर्खाल, छवटा कजवे, चारवटा सडक पुल निर्माण तथा चारवटा भवन मर्मत गरिएको आचार्यले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा २७.४ किमी कच्ची सडक, ८८.२५ किमी ग्राभेल, ३७.३ किमी कालोपत्र, ८९.२ किमी चौडाइ विस्तार र ११२.२५ किमी नाली निर्माण गरिएको थियो ।  

कार्यालयले गत आवमा १४ बहुवर्षीय योजना सम्पन्न गरेको प्रमुख आचार्यले जानकारी दिनुभयो । तीमध्ये दश सडक र चारवटा पुलको योजना रहेका थिए । त्यस्तै ३९ बहुवर्षीय योजना सम्पन्न हुन बाँकी छन् । आचार्यले आर्थिक वर्ष २०७९/८० मा सडकतर्फ २१, सडक पुलतर्फ पाँच योजना रहेकामा गत आवमा सडकतर्फ २०, सडक पुलतर्फ सात योजना थप भएका बताउनुभयो । सडकतर्फ ३१, सडकपुलतर्फबाट आठ योजना सम्पन्न हुन बाँकी रहेको उनले जानकारी दिए । 

सो अवधिमा सडकतर्फ रु एक अर्ब २५ करोड २९ लाख ८८ हजार बजेट रहेकामा रु एक अर्ब सात करोड पाँच लाख ९० हजार बजेट खर्च भएको छ । सडक पुलतर्फ रु २१ करोड ४२ लाख ७४ हजार बजेट रहेकामा रु १९ करोड ५७ लाख चार हजार बजेट खर्च भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सहरी विकास तथा भवनतर्फ रु ४० लाख तीन हजार बजेट रहेकामा रु ३० लाख तीन हजार, पुँजीगत अनुसन्धान तथा परामर्शमा रु एक करोड १५ लाख ६० हजार बजेट रहेकामा रु ६० लाख १२ हजार, जनता आवास कार्यक्रममा रु दश लाख बजेट रहेकामा रु ६६ हजार मात्रै बजेट खर्च भएको छ ।

विभिन्न सडक स्तरोन्नति

पूर्वाधार विकास कार्यालयका प्रमुख आचार्यले पसले फौजदारमार्ग स्तरोन्नतिमा रु ३२ लाख छ हजार, ल्होचाडाँडा कृषि पर्यटन सडकमा रु दुई करोड ७५ लाख ४६ हजार, कालिका मार्ग चिलाउने चौतारा हुँदै सुन्दरबजार जाने सडकमा रु एक करोड दुई लाख ९६ हजार, छाङ थर्पु मोटरमार्ग स्तरोन्नतिका लागि रु ५३ लाख ७६ हजार खर्च भएको जानकारी दिए ।

उनका अनुसार तालघरे दुम्सीचौर पोख्रेलफाँट मार्गमा रु एक करोड ३३ लाख ८३ हजार, वाराही रानी मार्ग स्तरोन्नतिमा रु दुई करोड ५७ लाख ३२ हजार, कोटसडक कालीमार्ग सडकमा रु ८० लाख ६९ हजार खर्च भएको छ । 

भीमगोफा कृषि सडकमा रु ७१ लाख छ हजार, सालिग्राम कोरिडोर लोकमार्गमा रु नौ करोड एक लाख ७६ हजार, बरादी गिरानचौर हिलेखर्क सडकको डुम्रीडाँडा समस्तीपुर सडकखण्डमा रु ६५ लाख ८४ हजार, बुल्दीखोला पुल शेरा रामथुक्कीमा रु ६६ लाख २९ हजार, ब्याङ्दीखोला कल्भर्ट योजनामा रु ३२ लाख ४१ हजार, खहरेखोला सडक पुलका लागि रु दुई करोड ६५ लाख ६७ हजार र लुम्दीखोला पुलका लागि रु २५ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending