Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता

खबरडबली संवाददाता

कैलाली । धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुपर्यो ।  स्वास्थ्य परीक्षण गराउन अस्पताल पुग चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो । 

रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए । धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुपर्यो । बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरु डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन् । 

कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो कुरिरहेका बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ ।  अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुने, ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत कुर्न लगाउने गरिएको छ । 

अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेस गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे तापनि अस्पतालबाट सहज रुपमा उपचार सेवा लिन असहज भएको उनीहरुको गुनासो छ ।  “उखरमाउलो गर्मीमा उभिएर घन्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउँदा बिरामी थप बिरामी हुने अवस्था देखिएको भएको छ”, मुटु रोगको परीक्षण गराउन पालो कुरिरहेका कमलसिंह भण्डारीले भने । 

अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ । शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले खेप्नुपरेको सास्तीका यी प्रतिनिधिमूलक घटना हुन् । मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटकपटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन् । “रगत जाँच गर्न, रगत दिन त दुई घन्टा लाइनमा बस्नुपर्छ, अस्पतालले दिने उपचार सेवा कस्तो होला ?”, बिरामी भण्डारीले भने, “धनी व्यक्ति निजी अस्पताल र क्लिनिकमा उपचार गराउन जान्छन, गरिब उपचारका लागि आउने यो अस्पतालको उपचार व्यवस्था यस्तो लथालिङ्ग छ ।” 

प्रदेश संरचना कार्यान्वयनमा आएसँगै धनगढीको सेती अञ्चल अस्पताललाई सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । अस्पतालको सेवा सुदृढीकरण एवं स्तरोन्नतिका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । स्वीकृत प्राप्त र अस्पताल विकास समितिबाट थपिएकोसमेत गरी तीन सय श्यया सञ्चालनमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो अस्पताल मानिन्छ । अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफलगायत गरी तीन सय स्वास्थ्यकर्मी कार्यरत छन् । प्रदेशका अन्य स्वास्थ्य संस्था एवं अस्पतालमा उपचारार्थ भर्ना हुने कतिपय बिरामीलाई थप उपचारका लागि यसै अस्पतालमा सिफारिस गरिन्छ । 

स्वास्थ्योपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण बिग्रिएमा मर्मत गर्ने जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालको उपचार सेवालाई सहज र छिटोछरितो गराउने प्रयास गरिए पनि आवश्यकताबमोजिम दक्ष जनशक्ति अभाव हुँदा समस्या भइरहेको बताए । “धेरै प्रकारका उपचार सेवा उपलब्ध गराउनुपर्छ तर कर्मचारी सङ्ख्या कम हुँदा उपचार सेवा दिन ढिलाइ भएको हो”, उनले भने । 

उपचारमा प्रयोग हुने एउटा स्वास्थ्य उपकरणबाट धेरै बिरामीलाई सेवा दिनुपर्ने हुँदा बिरामीको उपचार सेवामा ढिलाइ भएको उनले बताए । अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा दैनिक आठ सयदेखि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा दैनिक दुई सय बिरामी आउने गर्छन् ।

अस्पतलाबाट ज्येष्ठ नागरिक, महिला स्वयंसेविका, कैदीहरु, आपाङ्गता भएका, लैङ्गिक हिंसामा परेका महिला पुरुषलगायतको निःशुल्क उपचार गर्ने गरिएको छ । सहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ । बिरामीको चाप बढ्दा सेती प्रादेशिक अस्पताल परिसरमा ठाउँको अभाव देखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE