Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा कुर्नुपर्ने बाध्यता

खबरडबली संवाददाता

कैलाली । धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुपर्यो ।  स्वास्थ्य परीक्षण गराउन अस्पताल पुग चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो । 

रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए । धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुपर्यो । बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरु डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन् । 

कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो कुरिरहेका बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ ।  अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुने, ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत कुर्न लगाउने गरिएको छ । 

अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेस गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे तापनि अस्पतालबाट सहज रुपमा उपचार सेवा लिन असहज भएको उनीहरुको गुनासो छ ।  “उखरमाउलो गर्मीमा उभिएर घन्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउँदा बिरामी थप बिरामी हुने अवस्था देखिएको भएको छ”, मुटु रोगको परीक्षण गराउन पालो कुरिरहेका कमलसिंह भण्डारीले भने । 

अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ । शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले खेप्नुपरेको सास्तीका यी प्रतिनिधिमूलक घटना हुन् । मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटकपटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन् । “रगत जाँच गर्न, रगत दिन त दुई घन्टा लाइनमा बस्नुपर्छ, अस्पतालले दिने उपचार सेवा कस्तो होला ?”, बिरामी भण्डारीले भने, “धनी व्यक्ति निजी अस्पताल र क्लिनिकमा उपचार गराउन जान्छन, गरिब उपचारका लागि आउने यो अस्पतालको उपचार व्यवस्था यस्तो लथालिङ्ग छ ।” 

प्रदेश संरचना कार्यान्वयनमा आएसँगै धनगढीको सेती अञ्चल अस्पताललाई सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । अस्पतालको सेवा सुदृढीकरण एवं स्तरोन्नतिका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ । स्वीकृत प्राप्त र अस्पताल विकास समितिबाट थपिएकोसमेत गरी तीन सय श्यया सञ्चालनमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो अस्पताल मानिन्छ । अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफलगायत गरी तीन सय स्वास्थ्यकर्मी कार्यरत छन् । प्रदेशका अन्य स्वास्थ्य संस्था एवं अस्पतालमा उपचारार्थ भर्ना हुने कतिपय बिरामीलाई थप उपचारका लागि यसै अस्पतालमा सिफारिस गरिन्छ । 

स्वास्थ्योपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण बिग्रिएमा मर्मत गर्ने जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालको उपचार सेवालाई सहज र छिटोछरितो गराउने प्रयास गरिए पनि आवश्यकताबमोजिम दक्ष जनशक्ति अभाव हुँदा समस्या भइरहेको बताए । “धेरै प्रकारका उपचार सेवा उपलब्ध गराउनुपर्छ तर कर्मचारी सङ्ख्या कम हुँदा उपचार सेवा दिन ढिलाइ भएको हो”, उनले भने । 

उपचारमा प्रयोग हुने एउटा स्वास्थ्य उपकरणबाट धेरै बिरामीलाई सेवा दिनुपर्ने हुँदा बिरामीको उपचार सेवामा ढिलाइ भएको उनले बताए । अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा दैनिक आठ सयदेखि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन् । आकस्मिक कक्षमा दैनिक दुई सय बिरामी आउने गर्छन् ।

अस्पतलाबाट ज्येष्ठ नागरिक, महिला स्वयंसेविका, कैदीहरु, आपाङ्गता भएका, लैङ्गिक हिंसामा परेका महिला पुरुषलगायतको निःशुल्क उपचार गर्ने गरिएको छ । सहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ । बिरामीको चाप बढ्दा सेती प्रादेशिक अस्पताल परिसरमा ठाउँको अभाव देखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending