माेरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीले आइतबार ठूलो परिणाममा लोपोन्मुख बन्यजन्तु सालकको खपटा र लागुऔषध खैरो हिरोइनको कारोवार गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपाल र भारतमा बसेर खैरो हिरोइन र सालकको खपटाको कारोबार गर्नेहरूलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी बुधबार स्थानीय जनप्रतिनिधि र मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज कार्कीको रोहवरमा सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय पथरीले सालकका खपटाको ब्यापार गर्नेलाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । प्रहरीले पत्रकार सम्मेलनमा लोपोमुन्ख बन्यजन्तु सालकको हाडखोर र खपटा सहित पक्राउ परेकालाई समेत सार्वजानिक गरेको छ ।
प्रदेश १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार मोरङको रङ्गेली – १ का ४५ वर्षीय गगन गच्छदार र कन्चनपुर नगरपालिका ५ सप्तरी बस्ने वर्ष ३५ बासुदेव सरदारलाई ८५० ग्राम खपटा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रामपुर ३ उदयपुरको गिदेरी खोला बगरमा ४ केजी ५८४ ग्रम खपटा सहित बेलका ३ उदयपुरका ४८ वर्षीय कृष्णराज मगर, वडा न. ६ बस्ने डिक बहादुर पूर्वछाने मगर र सप्तरीको कृष्ण सरवन गाउँपालिका वडा न. १ का ५५ वर्षीय उमेशप्रसाद चौधरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई कानूनी कार्यवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक मोहनबिक्रम दाहालले बताए । यसैगरी छोटो समयमा पहरीले पथरीशनिश्चरे क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार साउन ३१ गते बिहीबार बेलुका भारतको बिहार प्रान्त अररिया जिल्ला कुवाडी थाना ग्राम कुवाडी वडा न. ९ बस्ने २४ वर्षीय मिथिलेस कुमार मण्डल, २६ वर्षीय भाष्कर कुमार शर्मा र २५ वर्षीय सौरभ पासवानलाई १० ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको जनाएको छ ।
एउटै गाउँका उनीहरूले प्रयोग गरेको बिआर ३८ एल ९३०९ भारतीय नम्बरको मोटरसाइकल सहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । यस्तै साउन २० गते बिहीबारकै दिन पथरीशनिश्चरे नगरपालिका वडा न. १० बाट बिआर ३८ डि ७८८९ भारतीय नम्बरको मोटरसाइकलमा ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित रङ्गेली नगरपालिका वडा न. ७ का २४ वर्षीय अभय कुमार भाष्कर र सुनवर्षी नगरपालिका वडा न. ७ का १९ वर्षीय हयत अलिलाई पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा न. ८का २५ वर्षीय दिपेश माझीलाई साउन २१ गते ४ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । यसैगरी प्रहरीले साउन १९ गते कानेपोखरी गाउँपालिका वडा न. २ बाट भारत अररियाका २१ वर्षीय मोहम्मद ईसराकलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर सहित उनले प्रयोग गरेको बिआर ३८ डि एदि ४१३५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो ।
यस्तै साउन ३० गते पथरीशनिश्चरे नगरपालिका वडा न. ४ का ३२ का सिमन परियारलाई ६ हजार ६ सय डिकोलिक र १ हजार १ सय १० चक्की ट्रमाडोल सहित लागुऔषध बोक्न प्रयोग भएको को २ ह १६१५ नम्बरको टेम्पो सहित नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: