काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पारदर्शी र व्यवस्थित बनाउने प्रक्रिया सुरु भएकाले सञ्चार माध्यमले भदौ ८ गतेभित्र विज्ञापनको दररेट विज्ञापन बोर्डमा पेश गर्नुपर्ने बताएका छन् ।
गोरखापत्र संस्थानले चालू आर्थिक वर्षमा सुरु गरेको ‘गोरखापत्र : गर्दै–सिक्दै’ अभियानको दोस्रो शृङ्खलामा ‘विज्ञापन प्रणाली र गोरखापत्र’ विषयक सेमिनारमा प्रशिक्षण दिँदै अध्यक्ष हुमागाईले यस्तो विचार व्यक्त गरेका हुन् । बोर्डले साउन ११ गते यससम्बन्धी दररेट पेश गर्न सूचना प्रकाशन गरिसकेको छ । सञ्चार माध्यमले पेश गरेका विज्ञापनका दर रेटलाई सार्वजनिक गरिने भएको छ ।
बोर्डको कार्यक्षेत्रमा आमसञ्चार माध्यममा हुने विज्ञापन, बाह्य विज्ञापन, सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा हुने विज्ञापन, चलचित्र गृह, नाट्यशाला तथा अन्य कार्यक्रममा हुने विज्ञापन पर्दछन् । अध्यक्ष हुमागाईले अहिलेको विज्ञापन बजारमा पारदर्शिताको अभाव, सञ्चार माध्यमको वर्गाीकरण र स्तरीकरण, विज्ञापनको दर, विज्ञापन एजेन्सीको कारोबार र विज्ञापन चक्रमा सहभागी सबैको एक अर्काप्रतिको विश्वासजस्ता विषय मुख्य समस्या र चुनौती रहेको बताए ।
उनले भुक्तानी र पारदर्शिता सम्बन्धी व्यवस्थामा सञ्चार माध्यमले जारी गरेको बिलको आधारमा सरकारी निकायले विज्ञापनको रकम भुक्तानी गर्नुपर्ने बताए । एजेन्सीमार्फत विज्ञापन प्रकाशन तथा प्रसारण भएको अवस्थामा सञ्चार माध्यमको बिलको प्रतिलिपिसहित एजेन्सीको सेवा शुल्क खुल्ने गरी जारी गरेको विलको आधारमा भुक्तानी गर्नुपर्ने र भुक्तानी गर्दा बोर्डमा पेश गरेको दररेटको आधारमा मात्र गर्न पाउने व्यवस्था छ ।
अन्य व्यवस्थामा ऐन तथा नियमावली विपरीत कारोवार गर्ने विज्ञापन एजेन्सी वा सञ्चार माध्यमको कारोबार निश्चित अवधिका लागि रोक्का राख्न सक्ने, विदेशी कार्यक्रम वा संघ संस्थासँग प्रसारणको स्वीकृति लिई नेपाली विज्ञापन प्रसारण गर्ने भएमा बोर्डबाट अनुमति लिनु पर्ने, सरकरी विज्ञापन भुक्तानीमा तीन प्रतिशत रकम विज्ञापन कोषमा प्राप्त हुने जानकारी पनि अध्यक्ष हुमागाईले दिए ।
उनले एउटाले कमाउने र अरुले खाने कुरा राम्रो हुँदैन भन्दै गोरखापत्र, दि राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन प्रकाशनलाई आत्मनिर्भर बनाउनुन संस्थान व्यवस्थापनलाई सुझाव दिए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानको बाँच्ने र टिक्ने मुख्य आधार नै विज्ञापन भएकाे बताउँदै पहुँच र गुणस्तरमा सुधार गरेपछि विज्ञापन प्राप्त गर्ने क्रम बढेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: