Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

ताप्लेजुङमा मातृ तथा शिशु मृत्युदरमा कमी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा पछिल्लो समय मातृ तथा नवजात शिशुको मृत्यु दरमा कमी हुन थालेको छ । स्वास्थ्य शिक्षासम्बन्धी सर्वसाधारणमा चेतना अभिवृद्धि हुनुका साथै स्वास्थ्य संस्थाको पहुँच विस्तारको क्रमले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी आउन थालेको पाइएको हो । 

मातृ तथा नवजात शिशु मृत्यु दरमा कमी आउनु स्वास्थ्य क्षेत्रका लागि सकारात्मक सन्देश भएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवम् ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्युको सङ्ख्या शून्य रहेको छ । 

गत आवमा आठजना नवजात शिशुको भने मृत्यु भएको दुलालले जानकारी दिए । उनका अनुसार आठमध्ये छ जना नवजात शिशुको स्वास्थ्य संस्था बाहिर र दुई जनाको स्वास्थ्य संस्थामै मृत्यु भएको हो । यस्तै अघिल्लो आर्थिक वर्ष २०७९/८० मा गर्भावस्थामा एक र प्रसूतिको क्रममा तीन गरी चारजना मातृ (आमा) को मृत्यु भएको थियो । उनिहरु चारैजना आमाको स्वास्थ्य संस्था बाहिर ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ । 

अघिल्लो आवमा ११ जना नवजात शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी दुलालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य संस्थाबाहिर १० जना र स्वास्थ्य संस्थामा एकजना नवजात शिशुको मृत्यु भएको हो । 

गर्भवती रहेको अवस्थामा नियमित गर्भ जाँचको अभाव, शारीरिक असुरक्षा, स्वास्थ्यकर्मीको नियमित परामर्शको अभाव साथै प्रसूति सेवा प्राप्त गर्नलाई स्वास्थ्य संस्था नजानुलाई मातृ तथा शिशुको मृत्यु हुने कारणको रूपमा औँल्याउने गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending