Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मृतक तथा बेपत्ताका परिवारलाई राहत प्रदान

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ बमोजिम राहत उपलब्ध गराइएको हो । 

पीडितको निवेदन तथा स्थानीय तहको सिफारिस पश्चात् राहत प्रदान गरिएको उनले जानकारी दिए । गत असार ३१ गते रातिको अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता भएका थिए । 

सोही नगरपालिका –१२ निवासी ८ वर्षीया धनिषा पुन र १० वर्षीया हितमाया पुन र वडा नम्बर ९ निवासी ४ वर्षीय मनीषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्बर १२ निवासी ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका थिए । त्यसैगरी साउन ३ गतेका दिन वडा नम्बर १२ कै ५५ वर्षीय चन्द्र बहादुर पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो ।

मृतक तथा बेपत्ताका नजिकका कानुनी हकदारलाई जिल्ला विपद् कोषबाट जनही २ लाखको दरले राहत उपलब्ध गराइएको हो । मृतक धनिषा र हितमाया एकाघरको भएकोले मापदण्ड अनुसार ३ लाख रुपियाँ राहत दिएको हो भने अन्य सबैलाई दुई लाखको दरले राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

मृतक तथा बेपत्ताका कानुनी हकवालाको बैङ्क खातामा उक्त राहत रकम जम्मा गरिएको हो । मृतक मनीषाका बुवा लालबहादुर सार्कीले महिना दिनपछि राहत पाइएको बताए ।  उक्त घटनामा परेर विस्थापित भएका यहाँका २२ घर परिवार भने अझैसम्म काष्ठ उद्योग र कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रालिको परिसरमा आश्रय लिएका छन् । उनीहरूले सुरक्षित आश्रयस्थल र राहत सामाग्री व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन् । पीडित परिवारहरूलाई आठबिसकोट नगरपालिकाले विभिन्न संघसस्थाको सहकार्यमा किरिया खर्च र खाद्यान्न सामाग्री सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमले त्रिपाल, कम्बल लगायतका सामाग्री व्यवस्थापन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending