Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मृतक तथा बेपत्ताका परिवारलाई राहत प्रदान

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो । कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ बमोजिम राहत उपलब्ध गराइएको हो । 

पीडितको निवेदन तथा स्थानीय तहको सिफारिस पश्चात् राहत प्रदान गरिएको उनले जानकारी दिए । गत असार ३१ गते रातिको अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता भएका थिए । 

सोही नगरपालिका –१२ निवासी ८ वर्षीया धनिषा पुन र १० वर्षीया हितमाया पुन र वडा नम्बर ९ निवासी ४ वर्षीय मनीषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्बर १२ निवासी ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका थिए । त्यसैगरी साउन ३ गतेका दिन वडा नम्बर १२ कै ५५ वर्षीय चन्द्र बहादुर पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो ।

मृतक तथा बेपत्ताका नजिकका कानुनी हकदारलाई जिल्ला विपद् कोषबाट जनही २ लाखको दरले राहत उपलब्ध गराइएको हो । मृतक धनिषा र हितमाया एकाघरको भएकोले मापदण्ड अनुसार ३ लाख रुपियाँ राहत दिएको हो भने अन्य सबैलाई दुई लाखको दरले राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

मृतक तथा बेपत्ताका कानुनी हकवालाको बैङ्क खातामा उक्त राहत रकम जम्मा गरिएको हो । मृतक मनीषाका बुवा लालबहादुर सार्कीले महिना दिनपछि राहत पाइएको बताए ।  उक्त घटनामा परेर विस्थापित भएका यहाँका २२ घर परिवार भने अझैसम्म काष्ठ उद्योग र कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रालिको परिसरमा आश्रय लिएका छन् । उनीहरूले सुरक्षित आश्रयस्थल र राहत सामाग्री व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन् । पीडित परिवारहरूलाई आठबिसकोट नगरपालिकाले विभिन्न संघसस्थाको सहकार्यमा किरिया खर्च र खाद्यान्न सामाग्री सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमले त्रिपाल, कम्बल लगायतका सामाग्री व्यवस्थापन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE