Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शिक्षण संस्थामा राजनीतिः कांग्रेस–माओवादी गठबन्धन विजयी, गाउँपालिकाका पूर्वअध्यक्षको हार

टिकाराज गिरी (ढाका टोपी) र गोकर्णबहादुर क्षेत्री ।
खबरडबली संवाददाता

बुटवल । रुपन्देहीको हरैया बहुमुखी क्याम्पस सञ्चालक समितिको चुनावमा राजनीतिक दलहरुले गठबन्धन गरेर प्यानलै बनाई चुनावी प्रतिस्पर्धा गरेका छन् ।

क्याम्पस सञ्चालक समितिको शुक्रबार भएको चुनावमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको गठबन्धनबाट टिकाराज गिरीको प्यानलै विजयी भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी र रास्वपाको समर्थन पाएको एमालेका उम्मेदवार कञ्चन गाउँपालिकाका पूर्वअध्यक्ष गोकर्णबहादुर क्षेत्रीको प्यानलै पराजित भएको छ ।

११ सदस्यीय संचालक समिति मध्ये क्याम्पस सभा सदस्यहरुबाट सात जनाका लागि भएको चुनावमा नेकपा एमाले नेतृत्वको गठबन्धनका सातैजना पराजित भए ।

निर्वाचन समितिका संयोजक रामजी आचार्यका अनुसार क्याम्पसका पूर्वप्राध्यापक समेत रहेका गिरीले १६७ मत प्राप्त गरी विजयी हुँदा पराजित क्षेत्रीले १४० मत प्राप्त गरे ।

निर्वाचनमा ३२६ क्याम्पस सभा सदस्य मध्ये ३०९ मत खसेको थियो । सदस्यहरुमा भानुभक्त भण्डारी, दिपक पौडेल, सागर शर्मा,भोजराज उपाध्याय,कृष्ण प्रसाद चालिसे, देबिलाल पौडेल,तिलकचन्द्र थापा निर्वाचित भएका छन् ।

एमाले नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालसमेत मतदाता रहेको उक्त चुनावमा मन्त्री ढकाल निकट गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका क्षेत्रीले चुनाव हारेपछि नेकपा एमाले रुपन्देहीभित्र तरंग आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending