Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सुदन किरातीले प्रचण्डलाई भनेः 'जनतामा जाने माओवादीको पुल भाँचिएको छ, पुनर्निर्माण गरौँ'

खबरडबली संवाददाता

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती जनतासँग भेट्न काठमाडौं बाहिर निस्किरहन्छन् । माओवादी नेताहरू गाउँ र जनतामा निस्किँदैनन् भन्ने धारणा बलियो बनिरहेको बेला भोजपुरबाट लगातार तेस्रोपटक निर्वाचित सुदन भने त्यो धारणालाई चक्मा खुवाउँदै जनतामै केन्द्रित हुन्छन् ।

उनी भर्खरै मात्रै पूर्वका तीन जिल्लाका जनतासँग भेटेर फर्किएका छन् । साउन २१ गते सहर छाडेका सुदन ३० गते मात्रै फर्किए । त्यसबीचमा उनले झापा, मोरङ र सुनसरीका जनतासँग घनीभूत छलफल मात्रै गरेनन्, सुझावसमेत माग गरे ।

उनले पार्टी किन खस्किँदै आयो, नेताहरूले कहाँ कमजोरी गरे, पार्टी अब कसरी अगाडि बढ्नुपर्छलगायतका विषयमा जनताको राय माग गरे र त्यहाँबाट प्राप्त सुझावलाई रिपोर्टिङका रूपमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राखे ।

जनताले समकालीन अरु नेताभन्दा प्रचण्ड ठीक भनेको रिपोर्टिङ गरेका छन् । पछिल्लोपटक प्रचण्डको नेतृत्वमा बनेको सरकारले गरेका केही कामका कारण जनताले त्यसो भनेको  सुदनको दाबी छ ।
जनताले माओवादी पार्टी साँचो अर्थमा रूपान्तरित हुनुपर्ने बताएका छन् । आफूसँग भेटेका हरेकले त्यसमै जोड दिएर आफ्नो राय व्यक्त गरेको किरातीले बताए ।
जनताले माओवादी पुनः पहिलेकै जस्तो जनतामा फर्किनुपर्ने बताएका छन् । उनीहरूले ‘जनतामा आउने माओवादीको पुल भाँचिएको‘’ भन्दै गुनासो गरेको उनले सुनाए ।

किरातीले  ‘पार्टी निर्माणको लागि सङ्गठन परिचालन नभइ विचार निर्माणको लागि सङ्गठन परिचालन’ गर्नुपर्ने सुझाव रोखका छन् ।  

अध्यक्ष प्रचण्डले आफ्नो रिपोर्टिङ सत्य भएको प्रतिक्रिया दिएको किरातीले बताए । 

प्रचण्डले भर्खरै सकिएको पदाधिकारी र जारी स्थायी समिति बैठकमा यही विषयमाथि गहन छलफल भइरहेको बताएका छन् । “तपाईंको रिपोर्टिङ सही हो । अब पुरानो तरिकाले यो पार्टी चलाउन सकिँदैन । त्यसकारण रूपान्तरण गर्नुको विकल्प नै छैन । एकताबद्ध ढङ्गले नै अगाडि जाने हो । जनवादको अभ्यासप्रधान गरेर पार्टीमा छलफल कार्य सुरु भएको छ । जनतामा गएर नै विचार निर्णय गर्ने हो,” प्रचण्डलाई उद्धृत गर्दै किरातीले भने ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending