काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको छ।
बैठकमा सरकार र निर्वाचन परिणामबारे गरिएको टिप्पणी पार्टीका स्थापित नीति र मान्यतासँग मेल नखाने भन्दै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आपत्ति जनाएका छन्।
पौडेलले जारी वक्तव्यमा प्रतिनिधिसभामा दल नेताको हैसियतले व्यक्त गरिएको विचार पार्टीको आधिकारिक धारणा नभएको उल्लेख गरेका छन्। उनले उक्त विषयमा शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने बताएका छन्।
“प्रतिनिधिसभाको आजको बैठकमा दल नेताका रूपमा व्यक्त विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्। यस विषयमा भोलि बस्ने केन्द्रीय सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा गरेको छु,” पौडेलले भनेका छन्।
उपमहासचिव योगेशकुमार भट्टराईले पनि सामाजिक सञ्जालमार्फत बादलको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। उनले जनताको बहुदलीय जनवाद एमालेको मूल सिद्धान्त रहेको उल्लेख गर्दै जनमतलाई सम्मान गर्नु र पराजयको समिक्षा गरी कमजोरी सच्याउँदै अघि बढ्नु नै पार्टीको मार्गदर्शन भएको बताएका छन्।
उनले सुरक्षा निकाय, न्यायालय र संवैधानिक अंगहरूप्रति पार्टीको सम्मान र विश्वास यथावत रहने स्पष्ट पारेका छन्। संसद वा सडक, सत्ता वा प्रतिपक्ष—जुनसुकै भूमिकामा पनि पार्टीको धारणा स्थिर रहने उनको भनाइ छ।
एमालेले बुधबार मात्र बादललाई संसदीय दलको नेता चयन गरेको थियो। अब सचिवालय बैठकले उक्त अभिव्यक्तिबारे औपचारिक निर्णय लिने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०९:२४
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. २, सुकुमवासी टोल बस...
जेष्ठ १२ गते, २०८३ - ०९:२१
काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) कागजमा ‘तीव्र गति’को परियोजना हो, तर मैदानमा यसको गति भने अझै कछुवाभन...
जेष्ठ १२ गते, २०८३ - ०९:१५
हेटौँडा । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ बजे...
जेष्ठ १२ गते, २०८३ - ०९:१४
काभ्रे । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्ड पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तो...
जेष्ठ १२ गते, २०८३ - ०९:१०
काठमाडौं । अनलाइन पत्रकार संघ नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमार्फत फैलाइएको सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ...
जेष्ठ १२ गते, २०८३ - ०९:०६
काठमाडौं । प्रेस सेन्टर नेपालले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकलाई लक्षित गरी दुष्प्रचार, धम्की र षड्यन्त्रपूर्ण ग...
जेष्ठ १२ गते, २०८३ - ०९:०३
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि क्षेत्रमा ५१ अर्ब १४ करोड रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरेको छ। तर यो ठूलो अंकको बजेटभित्र...
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार



प्रतिकृया लेख्नुहोस्: