काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो।
तुल्सा भन्ने तुल्सी अधिकारीसहित अन्य सहयोगीहरूविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसूरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
जाहेरीकर्ता कुमार चिमोरियाका अनुसार २०७५ सालदेखि सुरु भएको चिनजानपछि तुल्सी अधिकारीले आफूलाई विभिन्न बहानामा फसाई शारीरिक सम्बन्धको विषयलाई आधार बनाई निरन्तर ब्ल्याकमेल गर्दै आएको आरोप छ।
उनले जबरजस्ती करणी मुद्दा हाल्ने धम्की दिँदै नगद, सुनका गरगहना, व्यवसाय स्थापना खर्च तथा अन्य शीर्षकमा ठूलो रकम असुल गरेको उल्लेख गरिएको छ।
जाहेरीअनुसार प्रतिवादीले पटक–पटक डरत्रास देखाई नगद रकम, बैंक ट्रान्सफर तथा अन्य व्यक्तिमार्फत गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको रकम असुल गरेको दाबी गरिएको छ। साथै पसल खरिद, फ्ल्याट भाडा, छोरीको शिक्षाशुल्क, महँगा सामग्री खरिद लगायतमा समेत बाध्य पारेको आरोप छ।
अनुसन्धानका क्रममा प्रतिवादीले विभिन्न व्यक्तिहरू प्रयोग गरी रकम संकलन गरेको, नगद लेनदेनलाई प्राथमिकता दिएको तथा बैंकिङ कारोबारलाई लुकाउने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले ललितपुरस्थित ‘तुल्सा कलेक्सन प्रा.लि.’ मा खानतलासी गर्दा गरगहना तथा व्यापारसँग सम्बन्धित सामग्री बरामद गरेको छ भने उक्त कम्पनीमार्फत समेत आर्थिक गतिविधि सञ्चालन गरिएको पाइएको छ।
घटनामा संलग्न केही प्रतिवादी हाल फरार रहेको जनाउँदै प्रहरीले उनीहरूको खोजी कार्य तीव्र बनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: