बैंकक । नेपाल हस्तकला महासंघ र सोंख्ला उद्योग वाणिज्य संघ, थाइल्याण्डबिच व्यापारिक प्रवर्द्धनका लागि साना तथा मझौला व्यवसायिक मेला २०२४ मा सम्झौता भएको छ ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य र सोंख्ला उद्योग वाणिज्य संघका अध्यक्ष सोङपोल जान्सिरीवात्त्थान थाम्रोंगले संयुक्त हस्ताक्षर गरी उक्त सम्झौता सार्वजनिक गरिएको हो । थाइलाण्डको सोंख्ला प्रान्तका डेप्युटी गभर्नर महामापीसक्री वामाइ र सोंख्ला प्रादेशिक वाणिज्य निर्देशक चात्सुदा छुम्सेंगको उपस्थितिमा हाट याई सहरमा हालै उक्त सम्झौता सम्पन्न भएको हो ।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सम्झौताले नेपालको कुल निर्यातको एक प्रतिशतमा रहेको थाइलाण्डको बजारलाई थप विकसित गर्दै यहाँको बजारको मागअनुसार निर्यात वृद्धि हुने बताए । सम्झौता अघि महासंघको एक प्रतिनिधिमण्डलले थाइलाण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीसँग पनि भेटघाट गरेका थिए । नेपालमा केही महिनामा हुन लागेको २१ औं हस्तकला मेला तथा १९ औं क्राफ्ट प्रतियोगितामा थाई उद्यमीको सहभागिता वृद्धि हुनेछ ।
नेपाल हस्तकला महासंघका उपाध्यक्ष डिल्ली तुलाधरका अनुसार सन् २०२३ मा द्विपक्षीय व्यापार १५ करोड डलर छ । सन् २०२२ मा करिब १०.६ करोड डलरका हस्तकलासम्बन्धि उत्पादनहरु निर्यात भएका थिए ।
सोही वर्ष थाइलाण्डले नेपालमा ८० करोड डलर निर्यात गरेको पाइन्छ । सिन्थेटिक स्टेपल फाइबर (१४.६ करोड डलर), पोलिमर (९.४२ करोड डलर) र गाडी (५.५९ करोड डलर) रहेको थियो । थाइल्याण्ड वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २३० व्यापारिक देशमध्ये नेपाल १०७ औं स्थानमा छ। नेपालको आ.व.२०८०/८१ मा वैदेशिक व्यापार वस्तुस्थितिअनुसार पैठारी व्यापारका प्रमुख मुलुकमध्ये थाइलाण्ड १२ औंस्थानमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: