काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरोपीडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो ।
उक्त टोलीमा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यम बहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारी लगायतका अन्य लायन्स लिडरहरूको उपस्थिति थियो ।
मृतक पाँच जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । पीडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पीडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो । आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामाग्रीहरू सङ्कलन गरी पीडितलाई दिने कार्य गरिरहेको छ ।
त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पीडित परिवारलाई पनि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ । डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले बडिगाड गाउँपालिका वडा नं ९ को नयाँ बस्ती र वडा नं. १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारा लगायतका बस्तीमा सहयोग गरेको हो ।
टोलीले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसना लगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामाग्रीहरू बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भीमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरूलाई हस्तान्तरण गरिएको थियो ।
बागलुङ पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै पनि अज्ञात छ । डिष्ट्रिक्ट ३२५ जे नेपालको टोलीमा पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन ध्रुवबहादुर थापा, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापति बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, क्लब एक्सटेन्सन चिफ लायन नरेश कँडेल, धौलागिरि क्षेत्रका रिजन, जोन चियरपर्सन, क्लब प्रेसिडेन्ट लगायतका लायन्स सदस्यहरूको सहभागिता थियो ।
जहाँ आवश्यकता त्यहाँ लायन्स भनेझैँ पीडित परिवारका लागि सकेको आवश्यक सामाग्री प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले बताए । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिका लगायत देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएपछि लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनमा राहत माग गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: