काठमाडौं । आइसिसी एक दिवसीय विश्वकप लिग–२ को तयारीका लागि भारतमा हुने प्रशिक्षणमा नेपालका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीको सहभागिता नरहने भएको छ ।
हाल ग्लोबल टी–२० लिगका कारण तीन खेलाडी क्यानडामा ब्यस्थ रहेकोले टोलीको प्रशिक्षण बाहिर भएका छन् । लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार मात्र भारत प्रस्थान गरेको थियो ।
क्यानका अनुसार नेपालले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण गर्नेछ । प्रशिक्षक मोन्टी देसाई पनि आइसिसी टी–२० विश्वकप पछि भारतमै रहेकाले उतैबाट नेपाली टोलीमा सामेल हुनेछन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक साताअघि मात्र बन्द प्रशिक्षणका लागि रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको थियो । नेपालले दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो ।
सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल खेल्ने प्रावधान रहेको छ । नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...
पौष १२ गते, २०८२ - १८:१३
हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...
पौष १२ गते, २०८२ - १८:१०
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...
पौष १२ गते, २०८२ - १८:००
काठमाडाैं । जेन–जी आन्दोलनपछि ७ लाख ३५ हजार ४५९ जना नयाँ मतदाता थपिएका छन् । आन्दोलनपछि २१ फागुनका लागि निर्वाचन घोषणा भएसँगै निर्वाचन आयोगले ९ अस...




प्रतिकृया लेख्नुहोस्: