Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रबहादुर विश्वकर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई स्वच्छ पेय जलको व्यवस्था गर्न माग गरे । 

सांसद अनिता देवीले डेङ्गी र हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको बताउँदै रोग नियन्त्रणतर्फ लाग्न सम्बन्धित निकायलाई आग्रह गरिन । सांसद अनिशा नेपालीले आदिवासी जनजाति, मुस्लिम र मधेसीका सवालमा गम्भीर भएर काम गर्न सरकारसँग अनुरोध गरिन । सांसद अम्मरबहादुर रायमाझीले उदयपुर जिल्लाबाट तथ्याङ्क कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खानेपानी डिभिजन, सहकारी डिभिजन, कार्यालय अन्यत्र नसार्न माग गरे । 

सांसद अर्जुन नरसिंह केसीले बङ्गलादेशको राजनीतिक घटनाक्रमबाट आफूहरूले सिक्नुपर्नेमा जोड दिए । सांसद अशोककुमार चौधरीले भ्रष्टाचार जस्तो जघन्य अपराधमा पाँच वर्षको हदम्याद राखेर उन्मुक्ति दिननहुने बताए । सांसद आस्माकुमारी चौधरीले दाङलगायत सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गर्न माग गरिन । सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा ऐन, नियम, नियमावली, निर्देशिकाको कार्यान्वयन नभएमा दुःख व्यक्त गरे । 

सांसद कुसुमदेवी थापाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका नटुवा समुदाय पहिचानको खोजीमा रहेका तथा तीनहजार ६२ जनाको यो लोपोन्मुख जातिको संरक्षणको माग गरिन । सांसद डा.चन्द्रकान्त भण्डारीले सुरक्षा निकाय र प्रशासन भए पनि बालबालिका हराउने प्रवृत्ति नरोकिएकामा चिन्ता व्यक्त गरे । सांसद छिरिङ लामा तामाङले धरहरा निर्माण भएर उद्घाटन भइसक्दा पनि सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गरे । सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लाका स्थानीयप्रति प्रहरी असहिष्णु बनेको आरोप लगाइन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending