Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जसको हातमा छ बंगलादेशको भविष्य

खबरडबली संवाददाता

काठमाडौं । एक हप्ताको उथलपुथलकारी घटनाक्रमपछि बंगलादेशमा शान्ति र स्थिरता कायम गर्ने कठिन कामका लागि अन्तरिम सरकार गठन भएको छ।

यो सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले गरेका छन्। जसमा अन्य १६ सल्लाहकार छन्। सरकारमा आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता पनि छन्।

बिहीबार अन्तरिम सरकार गठन भएसँगै हसिना भागेपछि देखिएको चार दिन लामो शक्ति रिक्तता समाप्त भएको छ।  युनुसको नयाँ सरकारलाई सहयोग गर्नेहरूमा हसिनाको पदच्युतको मार्गप्रशस्त गरेका जर्नेल र पूर्वकर्मचारीहरू छन्। पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा पनि प्रमुख आवाजका रूपमा उदाउँदै छन्।

बंगलादेशको भविष्य निर्माणको जिम्मेवारी पाएका केही प्रमुख हस्तीहरू यसप्रकार छन् स्

१. मुहम्मद युनुस, ८४
लघुवित्तको खोज गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार जितेका युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार अर्थात्, प्रधानमन्त्री सरहको पदको शपथ लिएका छन्। विद्यार्थीहरूको आन्दोलनको प्रमुख मागबमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो। हप्तौँको हिंसापछि कानुन व्यवस्था पुनर्स्थापनाको जिम्मा उनको काँधमा छ।

हसिना सरकारको पालामा युनुसले कानुनी झमेला बेहोर्नुपरेको थियो। राजनीतिक रूपले प्रेरित अपराधहरूको आरोप उनीमाथि थिए। उनलाई हसिनाको शत्रुका रूपमा चित्रित गरिन्थ्यो । युनुसले हसिनाको सरकारलाई ‘क्रुर तानाशाही’ र त्यसको पतनलाई दोस्रो मुक्ति भनेका थिए।

२. वकार उज जमान, ५७
जमानलाई जुन २३ मा हसिनाले सेनाप्रमुख नियुक्त गरेकी थिइन्। लगत्तै विद्यार्थी आन्दोलनले सरकारविरोधी आन्दोलनको रूप लियो। उनले आन्दोलनपछि शान्तिको अपिल गरेका छन् र हसिना भागेपछि बदलामा हुने हत्याका घटना रोक्न सघाउने अपेक्षा गरिएको छ। 

युनुसले सत्ता सम्हाल्नुअघि बंगलादेशी सेनाले अन्तरिम सरकारलाई सघाउने जमानले बताएका थिए। नयाँ सरकार गठनमा सेनाको हातका कारण बंगलादेशको इतिहासमा सेनाले गरेको सत्तापलटको स्मृति ताजा गराएको छ। 

जमानले टेलिभिजनमा मुलुकको जिम्मा आफूले लिएको बताएका छन्। उनले राष्ट्रपतिसँग मिलेर काम गरिरहेको र विद्यार्थीका मागलाई सुनेको बताएका छन्। 

३. सलाहउद्दिन अहमद, ७९
अन्तरिम सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी अहमदले लिएका छन्। मुलुकको अर्थतन्त्र सम्हाल्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ। सरकारी कर्मचारी बन्नुअघि उनी शिक्षक थिए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि आर्थिक सल्लाहकारको जिम्मेवारी पूरा गरिसकेका छन् ।

सन् २००५ मा बीएनपी र जमात ए इस्लामी पार्टीको गठबन्धन सरकार हुँदा उनी केन्द्रीय ब्यांकको गभर्नर नियुक्त भएका थिए। सो पदमा उनी अप्रिल २००९ सम्म रहे। त्यसअघि उनी एउटा सरकारी कोषको प्रबन्ध निर्देशक थिए, जसले लघुवित्त सञ्चालनको काम गर्ने गर्थ्यो।

ब्यांकिङ क्षेत्रमा सुधार गर्न नसकेको र खराब कर्जा घटाउन नसकेको भन्दै उनले केन्द्रीय ब्यांकको आलोचना गर्ने गरेका छन्। उनले क्यानडाको म्याक्मास्टर युनिभर्सिटीबाट १९७८ मा पीएचडी गरेका हुन्।

४. नहिद इस्लाम, २६
नयाँ सल्लाहकारमध्ये कान्छा इस्लाम हसिना सरकारको पतनका लागि जिम्मेवार आन्दोलनका मुख्य नेता थिए। ढाका युनिभर्सिटीका समाजशास्त्रका विद्यार्थी रहेका उनलाई सरकारविरोधी आन्दोलनका बेला दुईपटक गिरफ्तार गरिएको थियो। आफूलाई सुरक्षाकर्मीहरूले यातना दिएको उनको आरोप छ।

दूरसञ्चार र सूचना प्रविधि मन्त्रालय सम्हालेका इस्लामले आफ्नो मुख्य लक्ष्य भनेको चुनावमार्फत लोकतान्त्रिक वातावरण निर्माण गर्नु रहेका बताएका छन्। उनले चुनाव आयोगसहित सरकारी एजेन्सीहरू सुधार्ने प्रतिबद्धता पनि गरेका छन्।

‘बंगलादेशका जनतालाई लामो समयदेखि मतदानको अधिकारबाट बञ्चित गरिएको छ। नयाँ सरकारले त्यो अधिकार फिर्ता ल्याउनेछ,’ उनले भनेका छन्।

अर्का आन्दोलनकारी विद्यार्थी नेता आसिफ मुहम्मद, २६, ले पनि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन्।

५. आसिफ नजरुल, ५८
ढाका युनिभर्सिटीका कानुनका प्राध्यापक नजरुल टेलिभिजन टक सोहरूमा राजनीतिक टिप्पणी गरेर चर्चामा आएका थिए। उनी हसिना सरकारको कडा आलोचना गर्थे।

प्राध्यापनअघि उनी साप्ताहिक पत्रिकामा लेख्थे भने छोटो समयका लागि प्रशासक पनि भए। अन्तरिम सरकारमा उनले कानुन मन्त्रालय सम्हालेका छन्। सरकारविरोधी प्रदर्शनहरूमा उनी प्रायः आन्दोलनकारी नेताहरूसँगै देखिन्थे। अन्तरिम सरकारको ढाँचा तयार गर्न उनले सहयोग गरेका छन्। 

६. तारिक रहमान, ५६
रहमान बंगलादेशको राजनीतिमा उदाउँदै छन्। उनी हसिनाकी कट्टर दुस्मन खालिदा जियाका छोरा र बीएनपी पार्टीका नेता हुन्। खालिदा गतसाता रिहा भएकी छन्।

निर्वासनमा लन्डनमा बस्दै आएका रहमानले हसिनालाई ‘हत्यारा’ भनेका छन्। उनले चाँडो चुनाव गराउन पनि आग्रह गरेका छन्।

२००४ मा हसिनाको र्‍यालीमा २४ जनाको ज्यान जानेगरी भएको ग्रिनेड आक्रमणका लागि दोषी ठहर गर्दै रहमानलाई २०१८ मा जन्मकैदको सजाय सुनाइएको छ। उनले हसिनाको पतनमा खुसी मनाउँदै आन्दोलनकारीहरूलाई समर्थन गरेका छन्।

अन्तरिम सरकारसँग उनको सम्बन्ध चुनाव कति छिटो हुन्छ भन्नेमा निर्भर छ। चुनाव ढिलो भए सरकारसँग उनको टक्कर बढ्न सक्छ। (ब्लुमबर्गबाट)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending