Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

जसको हातमा छ बंगलादेशको भविष्य

खबरडबली संवाददाता

काठमाडौं । एक हप्ताको उथलपुथलकारी घटनाक्रमपछि बंगलादेशमा शान्ति र स्थिरता कायम गर्ने कठिन कामका लागि अन्तरिम सरकार गठन भएको छ।

यो सरकारको नेतृत्व नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले गरेका छन्। जसमा अन्य १६ सल्लाहकार छन्। सरकारमा आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता पनि छन्।

बिहीबार अन्तरिम सरकार गठन भएसँगै हसिना भागेपछि देखिएको चार दिन लामो शक्ति रिक्तता समाप्त भएको छ।  युनुसको नयाँ सरकारलाई सहयोग गर्नेहरूमा हसिनाको पदच्युतको मार्गप्रशस्त गरेका जर्नेल र पूर्वकर्मचारीहरू छन्। पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा पनि प्रमुख आवाजका रूपमा उदाउँदै छन्।

बंगलादेशको भविष्य निर्माणको जिम्मेवारी पाएका केही प्रमुख हस्तीहरू यसप्रकार छन् स्

१. मुहम्मद युनुस, ८४
लघुवित्तको खोज गरेका कारण २००६ मा नोबेल शान्ति पुरस्कार जितेका युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकार अर्थात्, प्रधानमन्त्री सरहको पदको शपथ लिएका छन्। विद्यार्थीहरूको आन्दोलनको प्रमुख मागबमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो। हप्तौँको हिंसापछि कानुन व्यवस्था पुनर्स्थापनाको जिम्मा उनको काँधमा छ।

हसिना सरकारको पालामा युनुसले कानुनी झमेला बेहोर्नुपरेको थियो। राजनीतिक रूपले प्रेरित अपराधहरूको आरोप उनीमाथि थिए। उनलाई हसिनाको शत्रुका रूपमा चित्रित गरिन्थ्यो । युनुसले हसिनाको सरकारलाई ‘क्रुर तानाशाही’ र त्यसको पतनलाई दोस्रो मुक्ति भनेका थिए।

२. वकार उज जमान, ५७
जमानलाई जुन २३ मा हसिनाले सेनाप्रमुख नियुक्त गरेकी थिइन्। लगत्तै विद्यार्थी आन्दोलनले सरकारविरोधी आन्दोलनको रूप लियो। उनले आन्दोलनपछि शान्तिको अपिल गरेका छन् र हसिना भागेपछि बदलामा हुने हत्याका घटना रोक्न सघाउने अपेक्षा गरिएको छ। 

युनुसले सत्ता सम्हाल्नुअघि बंगलादेशी सेनाले अन्तरिम सरकारलाई सघाउने जमानले बताएका थिए। नयाँ सरकार गठनमा सेनाको हातका कारण बंगलादेशको इतिहासमा सेनाले गरेको सत्तापलटको स्मृति ताजा गराएको छ। 

जमानले टेलिभिजनमा मुलुकको जिम्मा आफूले लिएको बताएका छन्। उनले राष्ट्रपतिसँग मिलेर काम गरिरहेको र विद्यार्थीका मागलाई सुनेको बताएका छन्। 

३. सलाहउद्दिन अहमद, ७९
अन्तरिम सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी अहमदले लिएका छन्। मुलुकको अर्थतन्त्र सम्हाल्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ। सरकारी कर्मचारी बन्नुअघि उनी शिक्षक थिए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि आर्थिक सल्लाहकारको जिम्मेवारी पूरा गरिसकेका छन् ।

सन् २००५ मा बीएनपी र जमात ए इस्लामी पार्टीको गठबन्धन सरकार हुँदा उनी केन्द्रीय ब्यांकको गभर्नर नियुक्त भएका थिए। सो पदमा उनी अप्रिल २००९ सम्म रहे। त्यसअघि उनी एउटा सरकारी कोषको प्रबन्ध निर्देशक थिए, जसले लघुवित्त सञ्चालनको काम गर्ने गर्थ्यो।

ब्यांकिङ क्षेत्रमा सुधार गर्न नसकेको र खराब कर्जा घटाउन नसकेको भन्दै उनले केन्द्रीय ब्यांकको आलोचना गर्ने गरेका छन्। उनले क्यानडाको म्याक्मास्टर युनिभर्सिटीबाट १९७८ मा पीएचडी गरेका हुन्।

४. नहिद इस्लाम, २६
नयाँ सल्लाहकारमध्ये कान्छा इस्लाम हसिना सरकारको पतनका लागि जिम्मेवार आन्दोलनका मुख्य नेता थिए। ढाका युनिभर्सिटीका समाजशास्त्रका विद्यार्थी रहेका उनलाई सरकारविरोधी आन्दोलनका बेला दुईपटक गिरफ्तार गरिएको थियो। आफूलाई सुरक्षाकर्मीहरूले यातना दिएको उनको आरोप छ।

दूरसञ्चार र सूचना प्रविधि मन्त्रालय सम्हालेका इस्लामले आफ्नो मुख्य लक्ष्य भनेको चुनावमार्फत लोकतान्त्रिक वातावरण निर्माण गर्नु रहेका बताएका छन्। उनले चुनाव आयोगसहित सरकारी एजेन्सीहरू सुधार्ने प्रतिबद्धता पनि गरेका छन्।

‘बंगलादेशका जनतालाई लामो समयदेखि मतदानको अधिकारबाट बञ्चित गरिएको छ। नयाँ सरकारले त्यो अधिकार फिर्ता ल्याउनेछ,’ उनले भनेका छन्।

अर्का आन्दोलनकारी विद्यार्थी नेता आसिफ मुहम्मद, २६, ले पनि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन्।

५. आसिफ नजरुल, ५८
ढाका युनिभर्सिटीका कानुनका प्राध्यापक नजरुल टेलिभिजन टक सोहरूमा राजनीतिक टिप्पणी गरेर चर्चामा आएका थिए। उनी हसिना सरकारको कडा आलोचना गर्थे।

प्राध्यापनअघि उनी साप्ताहिक पत्रिकामा लेख्थे भने छोटो समयका लागि प्रशासक पनि भए। अन्तरिम सरकारमा उनले कानुन मन्त्रालय सम्हालेका छन्। सरकारविरोधी प्रदर्शनहरूमा उनी प्रायः आन्दोलनकारी नेताहरूसँगै देखिन्थे। अन्तरिम सरकारको ढाँचा तयार गर्न उनले सहयोग गरेका छन्। 

६. तारिक रहमान, ५६
रहमान बंगलादेशको राजनीतिमा उदाउँदै छन्। उनी हसिनाकी कट्टर दुस्मन खालिदा जियाका छोरा र बीएनपी पार्टीका नेता हुन्। खालिदा गतसाता रिहा भएकी छन्।

निर्वासनमा लन्डनमा बस्दै आएका रहमानले हसिनालाई ‘हत्यारा’ भनेका छन्। उनले चाँडो चुनाव गराउन पनि आग्रह गरेका छन्।

२००४ मा हसिनाको र्‍यालीमा २४ जनाको ज्यान जानेगरी भएको ग्रिनेड आक्रमणका लागि दोषी ठहर गर्दै रहमानलाई २०१८ मा जन्मकैदको सजाय सुनाइएको छ। उनले हसिनाको पतनमा खुसी मनाउँदै आन्दोलनकारीहरूलाई समर्थन गरेका छन्।

अन्तरिम सरकारसँग उनको सम्बन्ध चुनाव कति छिटो हुन्छ भन्नेमा निर्भर छ। चुनाव ढिलो भए सरकारसँग उनको टक्कर बढ्न सक्छ। (ब्लुमबर्गबाट)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी काण्डमा ५ जना धरौटीमा रिहा, ओली–आरजुमाथि अनुसन्धान जारी

काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...

ठेकेदारको लापरबाहीले १५ शय्याको अस्पताल निर्माण अलपत्र

पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending