काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत वाम एकताकाे प्रस्ताव ल्याएका छन् । उनले बृहत वाम एकताकाे लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका हुन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेकाे बताइएकाे छ । जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको प्रवत्ता अग्नि सापकोटाले बताए । उनले भने, ‘एकपल्ट बिग्रियो भनेर सधैंका लागि बिग्रिन होइन । बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य छ ।’
‘प्रचण्ड’ ले पार्टी संसदीय परिपाटीबाट प्रदुषित भएको बताएका छन् । बैठकमा उनले प्रदुषणलाई मुक्त गर्न सुद्धीकरण अभियान चलाउनुपर्ने बताएको प्रवक्ता सापकोटाले बताए । ‘उहाँले हाम्रो पार्टीलाई सुदृढीकरण गर्नुपर्छ । राष्ट्रियताको हिसाबले, लोकतन्त्रका सम्बन्धमा र जनताको जनजीविकाको सम्बन्धमा परिस्थिति जटिल र पेचिलो हुँदैछ । जटिल परिस्थितिको सामना गर्नका लागि पार्टी नै सवल, सक्षम र सुदृढ हुनुपर्छ । सुदृढ बनाउनका लागि सुद्धीकरण अभियान चलाउनुपर्छ ।’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने ।
बैठकको सुरुवातमा अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक, सांगठनिक परिस्थिति र पार्टीको कार्यभारबारेमा धारणा राखेका थिए । त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुन, प्रवक्ता सापकोटा, सचिवहरु गणेश शाह, देवेन्द्र पौडेल, चक्रपाणि खनालले धारणा राखेका थिए । स्थायी समिति सदस्यहरु पर्शुराम तामाङ, सुरेन्द्र कुमार कार्की, गणेशमान पुन, कूलप्रसाद केसी र अमृता थापामगरले पनि आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: