Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

यी हुन् बंगलादेशमा हसिनालाई सत्ताच्यूत गराउने तीन विद्यार्थी नेता

खबरडबली संवाददाता

काठमाडौँ । बंगलादेशमा निर्वाचित सरकारको पतन र शेख हसिना देश छोडेर भारतको शरणमा गएको विषय अहिले विश्वभर चर्चामा रहेको छ । सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हसिना हेलिकप्टरमा भारत पुगेकी छन् र उनी भारतबाट अन्य देशमा जाने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

हसिनालाई आफ्नो देश छाड्न बाध्य पार्ने पछाडि तीनवटा महत्वपूर्ण पात्र रहेका छन् । जसले युनिभर्सिटी क्याम्पसबाट आन्दोलन सुरु गरी १५ वर्षदेखि सत्तामा रहेको शेख हसिनाको सरकारलाई ढालेका छन् ।

नाहिद इस्लाम:  इस्लाम अहिले बंगलादेशमा जारी विद्यार्थी आन्दोलनको सबैभन्दा ठूलो चेहेरा हुन् । उनले आइतबार भनेका थिए, ‘आज हामीले लाठी उठाएका छौं, यदि लाठीले काम गरेन भने हतियार पनि उठाउन तयार छौँ । प्रधानमन्त्री हसिना देशलाई गृहयुद्धमा धकेल्न चाहन्छिन् । अब शेख हसिनाले निर्णय गर्नुपर्छ, उनले पदबाट राजीनामा दिने या पदमा रहन रक्तपातको सहारा लिने।'

इस्लाम ढाका विश्वविद्यालयका विद्यार्थी हुन् । उनले प्रहरीलाई जुलाई २० मा पक्राउ गरेको आरोप छ । तर, प्रहरीले यसलाई अस्वीकार गरेको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको थियो जसमा युनिफर्म लगाएका केही व्यक्तिले इस्लामलाई कारमा बसाउन लगाएका थिए । इस्लाम बेपत्ता भएको २४ घण्टापछि पुलमुनि बेहोस अवस्थामा फेला परेका थिए । बेहोस नभएसम्म आफूलाई फलामको रडले कुटपिट गरिएको उनले दाबी गरे । २६ जुलाईमा डिटेक्टिभ ब्रान्चले इस्लामलाई उपचारको क्रममा अस्पतालबाट फेरि उठायो । यस पटक, डिटेक्टिव ब्रान्चले सुरक्षाको कारणले इस्लाम र उनका सहयोगीलाई हिरासतमा राख्न आग्रह गरेको थियो । फेरि हिरासतमा पर्नुआ अघि इस्लामले जुलाई २० मा बिहान २ बजे करिब २५ देखि ३० जनाले आफूलाई जानकारी नदिई जबरजस्ती लगेका थिए । पुलिसको कुटाइबाट घाइते इस्लामको अनुहारले प्रदर्शनकारीलाई थप आक्रोशित बनाएको थियो । त्यसपछि उनीहरु झनै हिंसात्मक बने र सडकमा उत्रिए । इस्लामले सरकारले हिंसा जारी राखे संसद कब्जा गर्ने बताएका थिए । 

आसिफ महमूदः  महमूद ढाका विश्वविद्यालयमा भाषा अध्ययन गरिरहेका विद्यार्थी हुन् । उनी जूनमा सुरु भएको आरक्षण विरुद्धको राष्ट्रव्यापी आन्दोलनको हिस्सा बने । महमूदलाई पनि डिटेक्टिभ ब्रान्चले जुलाई २६ मा गिरफ्तार गरेका थिए । अन्यजस्तै उनलाई पनि उपचारका क्रममा अस्पतालबाटै हिरासतमा राखिएको थियो । महमूदलाई हिरासतमा राख्नुको पछाडि सुरक्षा कारण पनि बताइयो ।

जुलाई २७ मा डिटेक्टिभ ब्रान्चले थप दुई विद्यार्थी नेतालाई पक्राउ गरेको थियो । उनीहरुको नाम सर्जिस आलम र हसनत अब्दुल्ला थियो । उनीहरुलाई डिटेक्टिभ ब्रान्चको कार्यालयमा राखिएको थियो । जुन २८ गते उनका परिवारका सदस्यले उनलाई भेट्न अनुमति मागेका थिए तर भेट्न दिएनन् । तर यसअघि इस्लाम, महमुद र उनीहरूका सहकर्मीहरूले एउटा भिडियो सार्वजनिक गर्दै आन्दोलन फिर्ता लिन आह्वान गरेका थिए । रिपोर्टका अनुसार प्रहरीले जबरजस्ती कुटपिट गरी भिडियो बनाएको थियो । महमूदलाई इन्जेक्सन दिइएको थियो जसका कारण उनी धेरै दिनसम्म बेहोस रहेको बताइएको थियो ।

विद्यार्थीको गिरफ्तारीको विरोधमा उत्रिएपछि अगस्त १ मा उनी हिरासतबाट रिहा भएका थिए । अगस्ट ३ मा, आसिफले फेसबुकमा पोस्ट गर्दै विद्यार्थीहरूलाई घरमा नबस्न र नजिकैको प्रदर्शनमा भाग लिन अपील गरे । हसिनाले बंगलादेश छोडेपछि आसिफ महमूदले फेरि एकपटक बयान दिएका छन् । उनले देशमा सैनिक शासन अर्थात सैन्य शासन स्वीकार नगर्ने बताएका छन् । 

अबुबकर मजुमदार :  अबु बकरले शेख हसिनालाई सत्ताबाट हटाउनमा पनि भूमिका खेलेका छन् । उनी ढाका विश्वविद्यालयको भूगोल विभागका विद्यार्थी हुन् । फ्रन्ट लाइन डिफेन्डरका अनुसार उनी नागरिक अधिकार र मानव अधिकारमा पनि काम गर्छन् । ५ जुनमा आरक्षणमा उच्च अदालतको निर्णय पछि, बकरले आफ्ना साथीहरूसँग मिलेर भेदभाव विरुद्ध विद्यार्थी आन्दोलन सुरु गरेका तिह्ये । उनले ुस्वतन्त्रता सेनानीु का आफन्तहरूलाई सरकारी जागिरमा दिइने आरक्षणको कडा विरोध गरे ।

जुलाई १९ को साँझ धानमण्डी इलाकाबाट केही व्यक्तिले अबुलाई लिएर गएका थिए । त्यसपछि धेरै दिनसम्म उनको कुरा सुनिएन । दुई दिनपछि उनलाई उठाइएका ठाउँकै सडकमा छाडियो । पछि अबुले मिडियालाई प्रहरीले उनलाई कोठामा थुनेर आन्दोलन फिर्ता लिन दबाब दिएको बताए । उनले आन्दोलन फिर्ता लिन अस्वीकार गर्दा प्रहरीले कुटपिट गरेको र घाइते भएपछि नगर अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि जुलाई २६ मा प्रहरीले उनलाई फेरि हिरासतमा लिएको थियो ।

यसपटक उनीसँगै आएका मानिसहरूले आफूलाई ढाका महानगरीय प्रहरीको डिटेक्टिभ विंगका अफिसर भएको परिचय दिए । त्यहाँ उपस्थित मानिसहरूले उनलाई शान्ति भंग गरेको आरोपमा पक्राउ गरिएको बताएका थिए ।

तिनै विद्यार्थी नेताहरुले अब हसिनाले राजीनामा दिएर देश नै छोडेपछि सेनाको सत्ता स्वीकार नहुने भन्दै नयाँ सरकार गठनको माग गरेका छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले नोबेल पुरस्कार विजेता मोहमद यूनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार गठनको माग गरेका छन् । यूनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचलान गरेका कारण २००६ मा नोबेल शान्ती पुरस्कार पाएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुन: ठप्प

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...

आर्थिक अभावका कारण पढाइ नरोकिने, १०३ जना विद्यार्थीको उच्च प्राविधिक शिक्षा नि:शुल्क

घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending