Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

भारतीय राष्ट्रपति मुर्मू वैदेशिक भ्रमणमा

खबरडबली संवाददाता

फिजी । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन राष्ट्रको भ्रमणको क्रममा सोमबार फिजी पुगेकी छिन् । राष्ट्रपति मुर्मू उनका फिजीका समकक्षी रतु विलियाम मैवालिली काटोनिभेरेको निमन्त्रणामा तय भएको राजकीय भ्रमणका क्रममा फिजी पुगेकी हुन् । 

फिजीमा रहँदा उनले फिजीका समकक्षी काटोनिभेरे र प्रधानमन्त्री सिटिभेनी राबुकासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम  छ ।  अगष्ट ५–६ को फिजी भ्रमणपछि उनि न्युजिल्यान्ड र टिमोरको लेस्टी भ्रमण गर्ने कार्यक्रम रहेको छ । फिजीमा राष्ट्रपति मुर्मूले त्यहाँको संसदलाई सम्बोधन गर्ने र प्रवासी भारतीयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । 

भ्रमणको दोस्रो चरणमा राष्ट्रपति मुर्मु न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोको निमन्त्रणामा अगस्ट ७ देखि ९ सम्म न्युजिल्यान्डको भ्रमण गर्नेछिन् । न्युजिल्यान्ड  भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठक तथा भेटवार्ता गर्ने  कार्यक्रम छ । न्युजिल्यान्डमा राष्ट्रपति मुर्मूले शैक्षिक सम्मेलनलाई सम्बोधन गर्ने र भारतीय समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 

भ्रमणको अन्तिम चरणमा, राष्ट्रपति मुर्मुले टिमोर लेस्टीका राष्ट्रपति जोस रामोस–होर्टाको निमन्त्रणामा तिमोर लेस्टीको यात्रा हुनेछ । उनले टिमोर लेस्टीका प्रधानमन्त्री जानाना गुस्माओसँग पनि भेटवार्ता गर्नेछिन् । 

राष्ट्रपति मुर्मुको फिजी, न्युजिल्यान्ड र तिमोर–लेस्टीको भ्रमणले ती देशहरूसँगको द्विपक्षीय सम्बन्धमा भारतले दिएकोे महत्त्वलाई जोड दिने र प्रधानमन्त्री नरेन्द्र मोदीले दस वर्षअघि नवौँ पूर्वी एसिया शिखर सम्मेलनमा घोषणा गरेको ‘एक्ट इस्ट’ नीतिमा केन्द्रित रहने जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending