पोखरा । १६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष निकाल्यो ।
गहतराजले ४ वर्षदेखि मदिरा तथा किराना सामग्री पाइने सपिङ सेन्टर खोलेका थिए ।घटनापछि उनले इन्भटर सर्ट भएर आगो लगाएको बताएका थिए । शंका लागेपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा व्यवसायमा निरन्तर घाटा भएपछि बीमाको रकम दाबी गर्ने उद्देश्यका साथ आफैंले आगो लगाएको खुलेको छ ।
प्रहरीका अनुसार आगलागीको घटनापछि इन्भटर बिक्री गर्ने पसलका धनीलाई भेट्यो, जसले इन्भटर सर्ट भएर आगो नलाग्ने बताए । नेपाल विद्युत प्रधिकरणले पनि घटना बुझेपछि विद्युत सर्ट नभएको जानकारी दियो ।
आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका थियो । तर गहतराजले बीमा नगरेको बताए । अनुसन्धान चलिरहेका बेला १८ गते हिमालयन इन्सुरेन्समा बीमा दाबी गर्दै निवेदन दिए । उनले २ करोड १० लाख रुपैयाँको बीमा गरेको थिए ।
त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । पसल नचलेको, सामान पनि ठूलो मात्रामा स्टक रहेको, घर भाडाका विषयमा विवाद रहेको र आर्थिक व्यवहार बिग्रिँदै गएपछि बीमा दाबी गर्ने उद्देश्यले आगो लगाएको बयान दिएका छन् । हतराजलाई पवन नेपालले सहयोग गरेको पाइएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पवनले पोखरामा ह्याचरी तथा पोल्ट्री फार्म गर्दै आएको थिए । उनको पोल्ट्री फर्ममा गत वर्ष नै आगो लागेर ३१ लाख रुपैयाँ बीमा रकम लिएका थिए । उनकै सुझावमा गहतराजले आफ्नै सपिङ सेन्टरमा आगो लगाउने र बीमा वापतको रकम ल्याएर आर्थिक व्यवहार मिलाउने योजना बुनेका थिए ।
स्याङ्जाका दुवै जनाका बीचमा आर्थिक कारोबार थियो । गहतराजले बीमाबाट प्राप्त हुने रकमबाट १० लाख रुपैयाँ पवनलाई दिने सहमति समेत गरेका थिए । प्रहरीका अनुसार घटना भएको दिन दुवै जना गाडीमा गएर स्प्रिट ल्याएका थिए । ‘सपिङ सेन्टर आगो लगाउने निर्णयपछि गहतराज निस्किएर जान्छन्, केहीबेरपछि आगो लगाएर नेपाल निस्किएर हिँडेको देखिन्छ,’ एसपी थापाले भने ।
आगलागीबाट सपिङ सेन्टरको वाइन, ग्रोसरी र कस्मेटिक सप पूर्णरुपमा जलेर नष्ट भयो । सेन्टरका सञ्चालक गहतराजले विद्युत सर्ट भएर आगो लागेको बताएका थिए ।
तर बीमा रकम पाउने उद्देश्यका साथ आगो लगाएको खुलेपछि प्रहरीले गहतराज र नेपाल दुवैलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवै जनालाई आपराधिक उपद्रव मुद्दा चलाएर जिल्ला अदालतमा ७ दिनको म्याद थप गरिएको छ ।
यो कसुरमा २ देखि ५ वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिवाना हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: