Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

खबरडबली संवाददाता

मकवानपुर । राष्ट्रिय राजमार्ग विस्तारको लामो चर्चा र अदालती अन्योलका कारण हेटौँडा बजार क्षेत्र दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ। सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना तथा निर्माण सामग्रीको उचित व्यवस्थापन नहुँदा पैदल यात्रीदेखि सवारी चालकसम्म जोखिममा परेका छन्।

भत्काइएका घरका ढुंगा, इँटा र रडका टुक्रा सडक तथा फुटपाथमै छरिएका छन्। यसले दैनिक आवतजावतमा समस्या सिर्जना गर्नुका साथै दुर्घटनाको सम्भावना बढाएको स्थानीयको गुनासो छ। सडक डिभिजन कार्यालयले गत मङ्सिर २० गते हेटौँडाको महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घर संरचना भत्काएको थियो।

प्रशासनले सो दिन प्राविधिक रूपमा मात्र संरचना भत्काएको थियो। पूर्ण रूपमा नढालिएका घरका टप, सटर, ढोका, झ्याल र भित्ताहरूमा जेसीबी प्रयोग गरी बस्न नमिल्ने बनाइएको थियो। करिब ७ किलोमिटर क्षेत्रमा ५०० भन्दा बढी घर तथा संरचनामा जेसीबी चलाइएपछि मङ्सिर २१ गतेदेखि काम रोकिएको छ।

सर्वोच्च अदालतको स्टे अर्डरका कारण सडक विस्तार कार्य अघि बढ्न नसक्दा अहिले सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ। अदालतमा मुद्दाको पेसी पटक–पटक सर्दै गएको छ भने भत्किएका संरचना व्यवस्थापनतर्फ न प्रशासनको ध्यान पुगेको छ, न त घरधनीहरूको।

यसैबीच प्रभावित घरधनीहरू आफूहरू पीडित भएको भन्दै निरन्तर आन्दोलनमा छन्। उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्री, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रमुखको राजीनामा माग गर्दै आएका छन्। मुआब्जाको मागसहित उनीहरू अदालत र सडक आन्दोलन दुवैमा सक्रिय छन्।

सर्वोच्च अदालतले मङ्सिर १६ मा दायर रिटमा मङ्सिर १९ मा अल्पकालीन आदेश दिँदै स्टे अर्डर जारी गरेको थियो। अदालतले मङ्सिर २६ मा तोकिएको पेसीमा सडक विस्तारसम्बन्धी विगतका आदेश र निर्णय मिसिल झिकाउने आदेश दिएको छ भने पुस २ गते पुनः पेसी तोकेको छ। मुद्दा लम्बिँदै जाँदा सडक डिभिजन कार्यालय, प्रशासन र हेटौँडा उपमहानगरपालिका ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्।

जोखिमकै बीच व्यापार सञ्चालन

भत्किएका र धराप बनेका संरचनाभित्र अहिले पनि व्यवसाय सञ्चालन भइरहेका छन्। कतिपय स्थानमा त भत्किएको संरचनाभन्दा अगाडि बढेर फुटपाथ नै कब्जा गरी सामान राखिएको छ। मुख्य चोक र बजार क्षेत्रमा फुटपाथ व्यापारीको कब्जामा परेपछि सर्वसाधारण मुख्य सडकबाटै हिँड्न बाध्य छन्।

यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परेको छ। बुद्धचोक, सीमा चोक र मेनरोड क्षेत्रमा दैनिक सवारी जाम हुने गरेको छ।

चार दिनमै पाँच मजदुर घाइते

सडक विस्तारका क्रममा घर भत्काउने काम जोखिमपूर्ण बन्दै गएको छ। पछिल्लो चार दिनमा भएका छुट्टाछुट्टै तीन घटनामा पाँच जना मजदुर घाइते भएका छन्।

आइतबार (मङ्सिर २८) दिउँसो हेटौँडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि बिकी जैसवालको घर भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका हुन्। दिउँसो करिब ३ः५० बजे भएको दुर्घटनामा २२ वर्षीय सन्तोष भ्लोन, २६ वर्षीय दिनेश चौधरी र ३० वर्षीय अरुण चौधरी घाइते भएका छन्।

उनीहरूमध्ये दुई जनाको मकवानपुर सहकारी अस्पताल र एक जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको छ।

यसअघि मङ्सिर २६ मा २८ वर्षीय द्वारिका यादव र मङ्सिर २४ मा १९ वर्षीय जितेन्द्र माझी घर भत्काउने क्रममा घाइते भएका थिए।

प्रशासन भन्छ– जोखिम हटाउन समन्वय जारी

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भत्किएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले निरन्तर समन्वय गरिरहेको बताए। सडक विस्तारको मुख्य जिम्मेवारी सडक डिभिजन कार्यालयको भए पनि प्रशासनले सुरक्षा र सहजीकरणको भूमिका खेलिरहेको उनको भनाइ छ।

उनका अनुसार भत्किएका संरचना व्यवस्थापन गर्ने पहिलो दायित्व सम्बन्धित घरधनी र व्यवसायीकै हो। आवश्यक परे प्रशासनले सुरक्षा उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले बताए।

उपमहानगर : सूचना अटेर, मानवीय कारणले कारबाही रोकियो

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले पटक–पटक सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेको बताए। कानुनतः सामान जफत गर्न सकिने भए पनि अहिलेको संवेदनशील अवस्थामा मानवीय पक्षलाई ध्यानमा राखेर कडा कारबाही नगरिएको उनको भनाइ छ।

उनका अनुसार फुटपाथ अतिक्रमण, भत्किएका संरचनामा व्यापार र अव्यवस्थित विद्युत् तथा टेलिफोनका तारले पैदल यात्रु थप जोखिममा परेका छन्। उपमहानगरले जोखिम न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE