Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

खबरडबली संवाददाता

मकवानपुर । राष्ट्रिय राजमार्ग विस्तारको लामो चर्चा र अदालती अन्योलका कारण हेटौँडा बजार क्षेत्र दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ। सडक फराकिलो बनाउने क्रममा भत्काइएका संरचना तथा निर्माण सामग्रीको उचित व्यवस्थापन नहुँदा पैदल यात्रीदेखि सवारी चालकसम्म जोखिममा परेका छन्।

भत्काइएका घरका ढुंगा, इँटा र रडका टुक्रा सडक तथा फुटपाथमै छरिएका छन्। यसले दैनिक आवतजावतमा समस्या सिर्जना गर्नुका साथै दुर्घटनाको सम्भावना बढाएको स्थानीयको गुनासो छ। सडक डिभिजन कार्यालयले गत मङ्सिर २० गते हेटौँडाको महेन्द्र राजमार्गअन्तर्गत रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि चौकीटोल ओरालोसम्मका घर संरचना भत्काएको थियो।

प्रशासनले सो दिन प्राविधिक रूपमा मात्र संरचना भत्काएको थियो। पूर्ण रूपमा नढालिएका घरका टप, सटर, ढोका, झ्याल र भित्ताहरूमा जेसीबी प्रयोग गरी बस्न नमिल्ने बनाइएको थियो। करिब ७ किलोमिटर क्षेत्रमा ५०० भन्दा बढी घर तथा संरचनामा जेसीबी चलाइएपछि मङ्सिर २१ गतेदेखि काम रोकिएको छ।

सर्वोच्च अदालतको स्टे अर्डरका कारण सडक विस्तार कार्य अघि बढ्न नसक्दा अहिले सम्पूर्ण प्रक्रिया अन्योलमा परेको छ। अदालतमा मुद्दाको पेसी पटक–पटक सर्दै गएको छ भने भत्किएका संरचना व्यवस्थापनतर्फ न प्रशासनको ध्यान पुगेको छ, न त घरधनीहरूको।

यसैबीच प्रभावित घरधनीहरू आफूहरू पीडित भएको भन्दै निरन्तर आन्दोलनमा छन्। उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्री, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रमुखको राजीनामा माग गर्दै आएका छन्। मुआब्जाको मागसहित उनीहरू अदालत र सडक आन्दोलन दुवैमा सक्रिय छन्।

सर्वोच्च अदालतले मङ्सिर १६ मा दायर रिटमा मङ्सिर १९ मा अल्पकालीन आदेश दिँदै स्टे अर्डर जारी गरेको थियो। अदालतले मङ्सिर २६ मा तोकिएको पेसीमा सडक विस्तारसम्बन्धी विगतका आदेश र निर्णय मिसिल झिकाउने आदेश दिएको छ भने पुस २ गते पुनः पेसी तोकेको छ। मुद्दा लम्बिँदै जाँदा सडक डिभिजन कार्यालय, प्रशासन र हेटौँडा उपमहानगरपालिका ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन्।

जोखिमकै बीच व्यापार सञ्चालन

भत्किएका र धराप बनेका संरचनाभित्र अहिले पनि व्यवसाय सञ्चालन भइरहेका छन्। कतिपय स्थानमा त भत्किएको संरचनाभन्दा अगाडि बढेर फुटपाथ नै कब्जा गरी सामान राखिएको छ। मुख्य चोक र बजार क्षेत्रमा फुटपाथ व्यापारीको कब्जामा परेपछि सर्वसाधारण मुख्य सडकबाटै हिँड्न बाध्य छन्।

यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परेको छ। बुद्धचोक, सीमा चोक र मेनरोड क्षेत्रमा दैनिक सवारी जाम हुने गरेको छ।

चार दिनमै पाँच मजदुर घाइते

सडक विस्तारका क्रममा घर भत्काउने काम जोखिमपूर्ण बन्दै गएको छ। पछिल्लो चार दिनमा भएका छुट्टाछुट्टै तीन घटनामा पाँच जना मजदुर घाइते भएका छन्।

आइतबार (मङ्सिर २८) दिउँसो हेटौँडा–१ पिपलबोटस्थित उद्योग वाणिज्य संघ अगाडि बिकी जैसवालको घर भत्काउने क्रममा तीन जना मजदुर घाइते भएका हुन्। दिउँसो करिब ३ः५० बजे भएको दुर्घटनामा २२ वर्षीय सन्तोष भ्लोन, २६ वर्षीय दिनेश चौधरी र ३० वर्षीय अरुण चौधरी घाइते भएका छन्।

उनीहरूमध्ये दुई जनाको मकवानपुर सहकारी अस्पताल र एक जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको छ।

यसअघि मङ्सिर २६ मा २८ वर्षीय द्वारिका यादव र मङ्सिर २४ मा १९ वर्षीय जितेन्द्र माझी घर भत्काउने क्रममा घाइते भएका थिए।

प्रशासन भन्छ– जोखिम हटाउन समन्वय जारी

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भत्किएका संरचना र सडक पेटीमा थुप्रिएका सामग्री व्यवस्थापनका लागि प्रशासनले निरन्तर समन्वय गरिरहेको बताए। सडक विस्तारको मुख्य जिम्मेवारी सडक डिभिजन कार्यालयको भए पनि प्रशासनले सुरक्षा र सहजीकरणको भूमिका खेलिरहेको उनको भनाइ छ।

उनका अनुसार भत्किएका संरचना व्यवस्थापन गर्ने पहिलो दायित्व सम्बन्धित घरधनी र व्यवसायीकै हो। आवश्यक परे प्रशासनले सुरक्षा उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले बताए।

उपमहानगर : सूचना अटेर, मानवीय कारणले कारबाही रोकियो

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष सविन न्यौपानेले पटक–पटक सूचना जारी गर्दा पनि व्यापारीहरूले अटेर गरेको बताए। कानुनतः सामान जफत गर्न सकिने भए पनि अहिलेको संवेदनशील अवस्थामा मानवीय पक्षलाई ध्यानमा राखेर कडा कारबाही नगरिएको उनको भनाइ छ।

उनका अनुसार फुटपाथ अतिक्रमण, भत्किएका संरचनामा व्यापार र अव्यवस्थित विद्युत् तथा टेलिफोनका तारले पैदल यात्रु थप जोखिममा परेका छन्। उपमहानगरले जोखिम न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसँग समन्वय गरिरहेको उनले जानकारी दिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending