Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खबरडबली संवाददाता

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही बहसबीच संविधानसभा सदस्य दुर्गाजयन्ती राईले राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमार्फत फरक उदाहरण प्रस्तुत गरेकी छन् ।

राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छन्। स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरी, रायोको सागलगायत सामग्री सङ्कलन तथा प्रशोधन गरी उहाँले बजारमा बिक्री गर्दै आएकी हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्यसमेत रहेकी राईले विसं २०७६ सालमा जम्मा पाँच हजार रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेकी थिइन् । सुरुमा २५ केजी मकैको च्याँख्ला र १० प्याकेट गुन्द्रुक–सिन्की राखेर थालेको यो उद्यम आज विस्तार हुँदै गएको छ। अहिले उनको पसलमा मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जी तथा डालो–नाङ्लोसम्म पाइन्छ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी राईका लागि सुरुमा व्यापारमा हात हाल्नु जोखिमपूर्ण थियो। कृषि उपजको व्यवसाय कत्तिको सफल होला भन्ने अन्योल थियो। तर परम्परागत स्वाद खोज्ने उपभोक्ताको चासो बढ्दै गएपछि व्यवसायले गति लियो।

व्यवसाय विस्तारसँगै उनले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर र स्थानीय हाटबजारमा समेत सामग्री आपूर्ति गर्दै आएकी छन् । विदेशमा रहेका नेपालीबीच परम्परागत खाद्यवस्तुको बढ्दो मागले व्यवसाय विस्तारमा सहयोग पुगेको राई बताउँछिन्।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेता–कार्यकर्तालाई उत्पादन र उद्यममा जोडिनुपर्ने नीतिगत निर्णय गरेपछि आफूले यसलाई दीर्घकालीन र व्यवस्थित रूपमा अघि बढाउने सोच बनाएको राईको भनाइ छ। “शान्ति प्रक्रिया र गणतन्त्रपछि पार्टीलाई पूरै समय दिनैपर्ने अवस्था रहेन,” उनी भन्छिन्, “सङ्गठनको काम आंशिक रूपमा गर्दै उत्पादनमूलक क्षेत्रमा जोडिन सकिने वातावरण बनेपछि उद्यम सुरु गरेकी हुँ।”

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै मान्यताले आफूलाई थप प्रेरणा दिएको उनको भनाइ छ। “किसानसँग घुलमिल हुँदा सामाजिक चेतना बलियो हुन्छ। उपभोक्तासँग जोडिँदा व्यवहारिक धरातल मजबुत बन्छ,” उनले भनिन्, “उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक बनाएको छ।”

हाल प्रशोधन केन्द्रका लागि कच्चा पदार्थ वर्षभरि समान रूपमा नपाउनु मुख्य चुनौती रहेको राई बताउँछिन्। “सिजनमा त किसानले धेरै सामग्री ल्याउनुहुन्छ, तर वर्षभरि निरन्तर आपूर्ति हुँदैन,” उनको भनाइ छ। लागत मूल्यमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरिएको र उपभोक्तालाई यथार्थ मूल्यमा सामान उपलब्ध गराउने प्रयास भइरहेको उनकाे भनाइ छ ।

स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी सिर्जना, आत्मनिर्भरता र स्थानीय अर्थतन्त्र मजबुत बनाउने उल्लेख गर्दै राईले राजनीति क्षेत्रमा रहेका अन्य व्यक्तित्वलाई पनि कृषि तथा स्थानीय उद्योगमा जोडिन आग्रह गरेकी छन् । सरकारका सङ्घ, प्रदेश र स्थानीय तीनै तहले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके समग्र अर्थतन्त्रलाई टेवा पुग्ने उनको धारणा छ।

दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षसमेत रहेकी राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending