Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खबरडबली संवाददाता

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही बहसबीच संविधानसभा सदस्य दुर्गाजयन्ती राईले राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमार्फत फरक उदाहरण प्रस्तुत गरेकी छन् ।

राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छन्। स्थानीय किसानले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरी, रायोको सागलगायत सामग्री सङ्कलन तथा प्रशोधन गरी उहाँले बजारमा बिक्री गर्दै आएकी हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्यसमेत रहेकी राईले विसं २०७६ सालमा जम्मा पाँच हजार रुपैयाँ लगानीबाट व्यवसाय सुरु गरेकी थिइन् । सुरुमा २५ केजी मकैको च्याँख्ला र १० प्याकेट गुन्द्रुक–सिन्की राखेर थालेको यो उद्यम आज विस्तार हुँदै गएको छ। अहिले उनको पसलमा मकैको च्याँख्ला, फापर–कोदोको पिठो, धानको चामल, घ्यू, मह, तोरीको तेल, राँगाको सुकुटी, गुन्द्रुक, सिन्की, गेडागुडीदेखि हरियो सागसब्जी तथा डालो–नाङ्लोसम्म पाइन्छ।

भूमिगत राजनीतिदेखि चार वर्षसम्म सङ्घीय संसद्को जिम्मेवारी निर्वाह गरिसकेकी राईका लागि सुरुमा व्यापारमा हात हाल्नु जोखिमपूर्ण थियो। कृषि उपजको व्यवसाय कत्तिको सफल होला भन्ने अन्योल थियो। तर परम्परागत स्वाद खोज्ने उपभोक्ताको चासो बढ्दै गएपछि व्यवसायले गति लियो।

व्यवसाय विस्तारसँगै उनले हाल धरान, काठमाडौँ, हङकङ, सिङ्गापुर र स्थानीय हाटबजारमा समेत सामग्री आपूर्ति गर्दै आएकी छन् । विदेशमा रहेका नेपालीबीच परम्परागत खाद्यवस्तुको बढ्दो मागले व्यवसाय विस्तारमा सहयोग पुगेको राई बताउँछिन्।

हेटौँडा महाधिवेशनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र) ले नेता–कार्यकर्तालाई उत्पादन र उद्यममा जोडिनुपर्ने नीतिगत निर्णय गरेपछि आफूले यसलाई दीर्घकालीन र व्यवस्थित रूपमा अघि बढाउने सोच बनाएको राईको भनाइ छ। “शान्ति प्रक्रिया र गणतन्त्रपछि पार्टीलाई पूरै समय दिनैपर्ने अवस्था रहेन,” उनी भन्छिन्, “सङ्गठनको काम आंशिक रूपमा गर्दै उत्पादनमूलक क्षेत्रमा जोडिन सकिने वातावरण बनेपछि उद्यम सुरु गरेकी हुँ।”

‘नेताले पनि आयआर्जनका स्रोत बनाउनुपर्छ’ भन्ने पार्टीकै मान्यताले आफूलाई थप प्रेरणा दिएको उनको भनाइ छ। “किसानसँग घुलमिल हुँदा सामाजिक चेतना बलियो हुन्छ। उपभोक्तासँग जोडिँदा व्यवहारिक धरातल मजबुत बन्छ,” उनले भनिन्, “उद्यमले मेरो राजनीतिक जीवनलाई पनि सकारात्मक बनाएको छ।”

हाल प्रशोधन केन्द्रका लागि कच्चा पदार्थ वर्षभरि समान रूपमा नपाउनु मुख्य चुनौती रहेको राई बताउँछिन्। “सिजनमा त किसानले धेरै सामग्री ल्याउनुहुन्छ, तर वर्षभरि निरन्तर आपूर्ति हुँदैन,” उनको भनाइ छ। लागत मूल्यमा २०–२५ प्रतिशत नाफा जोडेर मूल्य निर्धारण गर्ने गरिएको र उपभोक्तालाई यथार्थ मूल्यमा सामान उपलब्ध गराउने प्रयास भइरहेको उनकाे भनाइ छ ।

स्थानीय उत्पादनमा आधारित व्यवसायले रोजगारी सिर्जना, आत्मनिर्भरता र स्थानीय अर्थतन्त्र मजबुत बनाउने उल्लेख गर्दै राईले राजनीति क्षेत्रमा रहेका अन्य व्यक्तित्वलाई पनि कृषि तथा स्थानीय उद्योगमा जोडिन आग्रह गरेकी छन् । सरकारका सङ्घ, प्रदेश र स्थानीय तीनै तहले कृषि क्षेत्रमा अनुदानमार्फत उत्पादन वृद्धि गर्न सके समग्र अर्थतन्त्रलाई टेवा पुग्ने उनको धारणा छ।

दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षसमेत रहेकी राई विसं २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालबाट समानुपातिकतर्फ संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE