कपिलबस्तु । नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट ४० जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार अहिलेसम्म ४० जनाले नागरिकता त्याग गरेको बताए ।
नेपाली नागरिकता त्याग गर्ने मध्ये ३३ जना भारत, अमेरिका, बेलायत र जर्मन दुई दुई जना र पाेर्चुगलबाट एक जना रहेका छन । गत आर्थिक वर्ष २०८०।०८१ मा भने सात जनाले नागरिकता त्याग गरेका हुन् । कार्यालयमा नागरिकता त्यागको अभिलेख २०७० कात्तिकदेखि राखिएको छ ।
भारतमा व्यवसाय गर्न, विवाह गर्न, घरजग्गा किनबेच गर्न, रोजगारी गर्न, स्थायी बसोबास गर्न र निर्वाचनमा उम्मेदवार हुन्, भारतमा मावलीबाट सम्पत्ति प्राप्त गर्न भन्दै नागकिरता त्यागे गरेको उनको भनाइ छ ।
भारतमा नागरिक भएर बस्न चाहेको र भारतमा विवाह भएको छोरीसँग बस्न चाहेको भन्दै समेत नागरिकता त्याग गरेका छन् । भारतमा माईती भएको र माईतमै जग्गा जमिन प्राप्त भएका, भारतमा विवाह भएको र भारतमै बस्न चाहने भएकाले समेत नागकिरता त्याग गरेका हुन् । यस्तै अमेरिकन नागरिका प्राप्त गर्न भन्दै २ जनाले नागकिरता त्याग गरेको प्रशासन कार्यालयले जनाएको छ ।
नेपाली नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता त्याग गर्नेहरुले नामथर, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति र स्थान, हालको बसोबासको ठाउँ, नेपालमा बसोबासको ठाउँ, नागरिकता त्याग गर्नुपर्ने कारण र परिवारका सदस्य मध्ये नेपाली नागरिक भइ बस्नेहरुको नाम उल्लेख गरी निवेदन दिनुपर्ने प्रावधान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: