Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

भन्सार विधेयकमा निकासी पैठारी संघको २२ बुँदे असहमति

खबरडबली संवाददाता

काठमाडौं । आयात निर्यातकर्ता व्यवसायीहरुको संस्था नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक २०८० संशोधनकालागि २२ बुँदे सुझाव प्रस्तुत गरेको छ । संघले प्रचलित भन्सार ऐन, २०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, २०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तरक्रिया नगरी तर्जुमा गरिएकोले त्यसमा थुप्रै कमीकमजोरी रहेको बताएको छ । 

संघले विज्ञको सहयोगमा हाल संघीय संसद्को प्रतिनिधिसभामा विचाराधीन रहेको भन्सार विधेयक, २०८० को गहिरो अध्ययन गरी तयार गरेको सुझाव आइतबार विहान संघीय संसद्को अर्थ समिति सभापति सन्तोष चालिसेलाई हस्तान्तरण गरेको छ । उक्त सुझाव संघले यसअघि अर्थमन्त्री विष्णु प्रसाद पौडेल, अर्थ सचिवहरु र भन्सार विभागका महानिर्देशकलाई बुझाइ सकेको छ । 

संघले विधेयकका कतिपय शब्दको परिभाषामै कमजोरी औंल्याएको छ । संघले निकासी मूलक उद्योगलाई पैठारी गर्ने सुविधा दिँदा भन्सार अधिकृतले त्यसरी पैठारी गर्दा लाग्ने भन्सार महशुलको अतिरिक्त थप महशुल लाग्ने भएमा त्यस्तो महशुल बापतको थप रकम समेत बैंक जमानत लिनुपर्ने प्रावधान हटाउन माग गरेको छ । 

त्यसैगरी भन्सार क्षेत्रबाहिर वा सम्बन्धित स्थानमा गई वस्तु जाँचगर्दा लाग्ने महशुलको थप ५० प्रतिशत रकम धरौटीलिने व्यवस्थामा बिमति जनाउँदै संघले यस्तोमा भन्सार अधिकृतले पैठारी भएको वस्तुको हकमा घोषणा गरेको भन्सार मूल्यअनुसार सो वस्तुमा लाग्ने महशुल रकम बुझाउन लगाउन वा धरौटी लिन सक्ने व्यवस्था राख्नुपर्ने माग गरेको छ । 
भन्सार अधिकृतले निर्धारण गरेको मूल्य भन्दा आयातकर्ताले घोषणा गरेको मूल्य सामान्य रुपले घटी भएको अवस्थालाई नै न्यून बीजकीकरण मान्ने प्रावधानमा पनि संघले आपत्ति जनाएको छ । भन्सार अधिकृतले आयातित वस्तुलाई आफूले उपयुक्त ठानेको उपशीर्षकमा वर्गीकरण गरी सो बमोजिम लाग्ने महशुल बापतको रकम धरौटीलिई जाँच पास गर्ने विधेयकको प्रावधान हटाउन संघले माग गरेको छ । 

वस्तु वर्गीकरणको विवादमा उपशीर्षक तोक्ने काम १५ दिन भित्र गर्नुपर्ने संघको माग छ । विधेयकमा उपशीर्षक तोक्ने काम ६० दिन भित्र गर्नुपर्ने उल्लेख छ । आयातित वस्तु जाँचपासकालागि अर्को भन्सार कार्यालयमा लैजान आन्तरिक परिवहन अनुमति दिँदा उक्त वस्तुमा लाग्ने महशुलको दाेब्बर रकम बराबरको बैंक जमानतलिने व्यवस्थाको सट्टा उक्त वस्तुमा लाग्ने महशुल बराबरको नगद धरौटी लिने प्रावधान राख्नुपर्ने संघको माग छ । 

पैठारीकर्ताले पैठारी गर्ने वस्तुको वर्गीकरण वा उत्पत्तिको सम्बन्धमा माग्ने पूर्वादेश निवेदन प्राप्त भएको ३० दिन भित्र दिनुपर्ने संघको माग छ । विधेयकमा भन्सार महानिर्देशकले पूर्वादेश दिन सक्ने प्रावधान भएपनि निवेदन प्राप्तभएको कति समय भित्र पूर्वादेश जारी गर्नु पर्ने हो, तोकिएको छैन ।

संघले पैठारी गरेको वस्तुको नाम, प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार र गुणस्तर तथा परिमाण सही भएपनि उत्पत्तिको मुलुक फरक गरी घोषणा भएको अवस्थामा त्यस्तो वस्तुमा लाग्ने भन्सार महशुलको २५ प्रतिशत जरिवाना लगाउने प्रावधानमा पनि आपत्ति जनाएको छ ।

त्यसैगरी घोषणागर्दा वस्तुको विवरणमध्ये कुनै सामान्य विवरण घोषणा नगरेको अवस्थामा व्यवसायीलाई लाग्ने महशुलको ५० प्रतिशत जरिवाना तिराउनु पनि न्यायोचित नहुने संघको तर्क छ । यसमा २ प्रतिशत मात्र जरिवाना गर्नुपर्ने संघको माग छ । 

भन्सार अधिकृतहरुले गरेको निर्णयमा चित्त नबुझेको खण्डमा आयातकर्ताले गर्ने पुनरावलोकन माथि निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने समितिले निर्णय गर्ने व्यवस्था कानुनमै गर्नुपर्ने संघको माग छ ।

प्रस्तावित विधेयकमा पुनरावलोकन माथि महानिर्देशक एक्लैले निर्णय गर्ने प्रावधान छ ।संघले पुनरावेदनमा जाँदा विवादित भन्सार महशुल र जरिवानाको शतप्रतिशत रकम धरौटी राख्नुपर्ने प्रावधानमा आपत्ति जनाउँदै हटाउन सुझाएको छ ।

संघले १५ प्रतिशतसम्म कम मूल्यघोषणा भएको अवस्थामा लाग्ने महशुलको शतप्रतिशत जरिवाना गर्नु व्यापार सहजीकरणको मर्म र भावना विपरीत हुने भन्दै यस्तोमा लाग्ने महशुल मात्र लिनुपर्ने गरी विधेयकको दफा संशोधनगर्न सुझाएको छ ।

जाँचपासपछि परीक्षणगर्दा वस्तु वर्गीकरण फरक परेको भेटिएको अवस्थामा फरक परेको हदसम्मको महशुल असुल गर्नु मुनासिब भए पनि शतप्रतिशत जरिवाना लगाउने प्रावधान ऐनमा राखिनु न्यायोचित नहुने संघको तर्क छ । वस्तु जाँचपास भएको मितिले चार वर्ष पछिसम्म जाँचपास गर्न सकिने विधेयकको प्रावधानमा आपत्ति जनाउँदै संघले यस्तो अवधि दुई वर्ष राख्नुपर्ने माग गरेको छ । 

व्यावसायीले भन्सार कार्यलायबाट फिर्ता पाउनुपर्ने ठहरिएको महशुल र जरिवानाको रकम, धरौटी रकमवा बैंक जमानत फुकुवा गर्दा भन्सार ऐनले तोकेको म्याद भित्रफिर्ता वा फुकुवा हुने ग्यारेन्टी गर्नु पर्ने र सो म्याद नाघेको दिनदेखि निश्चित दरमा ब्याज दिई त्यस्तो रकमलाई पछि तिर्नुपर्ने महशुलमा मिलान गर्न पाउने व्यवस्था संघले माग गरेको छ । मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा पनि यस्तो व्यवस्था छ ।

आयातनिर्यात संकेत नम्बर (एक्जिमकोड) पाँच वर्षकालागि एकैपट कनवीकरण गर्न पाउने व्यवस्था माग गरेको संघले तोकिएको समय मित्र नवीकरण नगरेको अथवा नवीकरण गरेर पनि लगातार तीन आर्थिक वर्ष सम्म निकासीवा पैठारी कारोबार नगरेमा त्यस्तो एक्जिमकोड स्वतः रद्द हुने कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी नयाँ भन्सार ऐन प्रारम्भ हुँदाका बखत मूल्यांकन पुनरावलोकन समितिमा रहेका निर्णय हुन बाँकी निवेदन उपर ऐन प्रारम्भ भएको मितिले ९० दिन भित्र निर्णय गरि सक्नुपर्ने व्यवस्था ऐनमै गर्नु पर्ने संघको माग छ । ९० दिन भित्र निर्णय नभए त्यसपछि राजस्व न्यायाधिकरणमा पुनरावेदनमा जान पाउने व्यवस्था हुनुपर्ने संघको सुझाव छ । 
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending