Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

पुस्तकालय गतिविधिका कारण पढ्ने बानी, अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार

खबरडबली संवाददाता

सल्यान  ।  सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो ।

आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरुले वालवालिकाहरुमा पढ्ने बानीको विकास संगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको बताए ।

सोमबार सम्म सञ्चालन हुने पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा पढाइ गतिविधी कार्यान्वयनका सफलता र चुनौतीहरुबारे सामुहिक छलफल गरिएको छ । पढाइ गतिविधी क्रियाकलापहरुको पुनरावलोकन तथा पुस्तकालय दिगोपनाका क्षेत्रहरूका बारेमा छलफल गरी कार्यक्रमको निरन्तरताका लागि तालिमको आयोजना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए ।

जिल्लाको बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, दार्मा गाउँपालिकाका ३ र त्रिवेणी गाउँपालिकाका ६ विद्यालय गरी जम्मा २४ जना शिक्षकहरु तालिममा सहभागि छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले साक्षरता कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै पुस्तकालयको दिगोपना र साक्षरता कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयहरुले कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार हाल साक्षरता कार्यक्रम सञ्चालन भैरहेका ६८ विद्यालयका ४ हजार ३९९ जना विद्यार्थीले ६ महिनाको अवधिमा ३६ हजार ९६२ पुस्तक पढेका छन् । साक्षरता कार्यक्रमले पालिकाहरुबाट लिएको तयांक अनुसार एक विद्यार्थीले ६ महिनाको अवधिमा औसत ८ वटा पुस्तक पढेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए ।

पहिलो दिनको तालिममा सहभागि शिक्षकहरुले पुस्तकालय पढाइले प्राप्त भएका सफलता तथा चुनौतीहरु प्रस्तुत गरेका थिए । शिव मावि बागचौर ११ हारिचारका शिक्षक दिपक खत्री, राष्ट्रिय मावि दार्मा १ दार्माकोटका शिक्षक पदम परियार, सिद्धेश्वरी आवि छत्रेश्वरी ४ चौरपाटाका शिक्षक विमला केसी र माध्यमिक विद्यालय त्रिवेणी ३ टोट्केका शिक्षक मनोज महताराले विद्यालयमा पुस्तकालय पढाइले धेरै सुधार गरेको जनाए ।

उनीहरुका अनुसार बालवालिकामा पढाई स्तरको बृद्धि र नियमित पढ्ने बानीको विकास भएको छ भने पुस्तकालय पढाई गतिविधिका कारण स्वस्थ प्रतिष्पर्धाको भावना जागृत भइ पढाइमा सुधार आएको छ । यस्तै समूहमा बसेर वालवालिकाले स्तर अनुसारका पुस्तक पढ्न पाएका छन् भने चित्र हेर्दै मनोरञ्जनात्मक रुपमा सक्रियताका साथ पढाइमा संलग्न हुनेगरेका छन् । तालिममा पुस्तकायको दिगोपना, पुस्तकहरुको सुरक्षा, जनशक्ति व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्ने विषयमा पनि वृहत छलफल हुने जनाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, आसमान नेपालका लक्ष्मण थापा, प्रारम्भीक कक्षा सिकाइ कार्यक्रमका पदम कठायत लगाएतको सहभागिता रहेको थियो ।

जिल्लाका स्थानिय तहको लागत साझेदारी सहित रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । हाल सम्म सल्यानका १२२ विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । जस मध्ये ५४ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण भइसकेको छ भने ६८ विद्यालयमा कार्यक्रम सञ्चालनमा छ ।

यस्तै २५ वटा विद्यालयमा स्थानीय सरकारको आफ्नो मात्रै लगानीमा साक्षरता कार्यक्रम संचालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । शारदा नगरपालिकाले १५ वटा र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा आफ्नै लगानी र रुम टु रिडको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए ।

श्रीनगरमा सञ्चालन भइरहेको पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा साक्षरता सहजकर्ताहरु सुनिल नेपाली, सित ागिरी, महेश देवकोटा, कमल महतारा र गिता गिरीले सहजिकरण गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending