Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पुस्तकालय गतिविधिका कारण पढ्ने बानी, अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार

खबरडबली संवाददाता

सल्यान  ।  सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो ।

आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरुले वालवालिकाहरुमा पढ्ने बानीको विकास संगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको बताए ।

सोमबार सम्म सञ्चालन हुने पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा पढाइ गतिविधी कार्यान्वयनका सफलता र चुनौतीहरुबारे सामुहिक छलफल गरिएको छ । पढाइ गतिविधी क्रियाकलापहरुको पुनरावलोकन तथा पुस्तकालय दिगोपनाका क्षेत्रहरूका बारेमा छलफल गरी कार्यक्रमको निरन्तरताका लागि तालिमको आयोजना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए ।

जिल्लाको बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, दार्मा गाउँपालिकाका ३ र त्रिवेणी गाउँपालिकाका ६ विद्यालय गरी जम्मा २४ जना शिक्षकहरु तालिममा सहभागि छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले साक्षरता कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै पुस्तकालयको दिगोपना र साक्षरता कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयहरुले कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार हाल साक्षरता कार्यक्रम सञ्चालन भैरहेका ६८ विद्यालयका ४ हजार ३९९ जना विद्यार्थीले ६ महिनाको अवधिमा ३६ हजार ९६२ पुस्तक पढेका छन् । साक्षरता कार्यक्रमले पालिकाहरुबाट लिएको तयांक अनुसार एक विद्यार्थीले ६ महिनाको अवधिमा औसत ८ वटा पुस्तक पढेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए ।

पहिलो दिनको तालिममा सहभागि शिक्षकहरुले पुस्तकालय पढाइले प्राप्त भएका सफलता तथा चुनौतीहरु प्रस्तुत गरेका थिए । शिव मावि बागचौर ११ हारिचारका शिक्षक दिपक खत्री, राष्ट्रिय मावि दार्मा १ दार्माकोटका शिक्षक पदम परियार, सिद्धेश्वरी आवि छत्रेश्वरी ४ चौरपाटाका शिक्षक विमला केसी र माध्यमिक विद्यालय त्रिवेणी ३ टोट्केका शिक्षक मनोज महताराले विद्यालयमा पुस्तकालय पढाइले धेरै सुधार गरेको जनाए ।

उनीहरुका अनुसार बालवालिकामा पढाई स्तरको बृद्धि र नियमित पढ्ने बानीको विकास भएको छ भने पुस्तकालय पढाई गतिविधिका कारण स्वस्थ प्रतिष्पर्धाको भावना जागृत भइ पढाइमा सुधार आएको छ । यस्तै समूहमा बसेर वालवालिकाले स्तर अनुसारका पुस्तक पढ्न पाएका छन् भने चित्र हेर्दै मनोरञ्जनात्मक रुपमा सक्रियताका साथ पढाइमा संलग्न हुनेगरेका छन् । तालिममा पुस्तकायको दिगोपना, पुस्तकहरुको सुरक्षा, जनशक्ति व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्ने विषयमा पनि वृहत छलफल हुने जनाइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, आसमान नेपालका लक्ष्मण थापा, प्रारम्भीक कक्षा सिकाइ कार्यक्रमका पदम कठायत लगाएतको सहभागिता रहेको थियो ।

जिल्लाका स्थानिय तहको लागत साझेदारी सहित रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । हाल सम्म सल्यानका १२२ विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । जस मध्ये ५४ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण भइसकेको छ भने ६८ विद्यालयमा कार्यक्रम सञ्चालनमा छ ।

यस्तै २५ वटा विद्यालयमा स्थानीय सरकारको आफ्नो मात्रै लगानीमा साक्षरता कार्यक्रम संचालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । शारदा नगरपालिकाले १५ वटा र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा आफ्नै लगानी र रुम टु रिडको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए ।

श्रीनगरमा सञ्चालन भइरहेको पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा साक्षरता सहजकर्ताहरु सुनिल नेपाली, सित ागिरी, महेश देवकोटा, कमल महतारा र गिता गिरीले सहजिकरण गरिरहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending