Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एक वर्षमै भयाे पौने ३५ करोड रुपैयाँ अनलाइन ठगी

खबरडबली संवाददाता

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०/८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो । 

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ । त्यसको अनुमानित ठगी रकम ३४ करोड ७२ लाख १५ हजार रुपियाँ देखिएको हो । प्रहरीले यस्ता मुद्दामा गत आवमा २३३ जनालाई पक्राउ पनि गरेको छ । त्यसमा १९८ जना स्वदेशी र २५ जना विदेशी नागरिक रहेका छन् ।

अघिल्लो आव २०७९/८० मा भने ७५ वटा मात्रै मुद्दा अघि बढेको थियो ।  त्यस बर्ष ठगी रकम भने ३५ करोड ८८ लाख २० हजार रुपियाँ थियो । अघि बढेको मुद्दा संख्याको तुलनामा गत आवमा अनलाइन ठगी बढेको देखिन्छ । तर, रकमका आधारमा भने सामान्य दरमा कम भएको देखिन्छ । 

पछिल्लो समय नेपालमा इन्टरनेटसँगै डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल तथा मोवाइल बैंकिङ र डिजिटल वालेट जस्ता भुक्तानीका उपकरण लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । साथै, अनलाइन सपिङको कल्चर पनि बढ्दो छ । त्यसलाई नै प्रयोग गरेर ठगी गिरोहले अनलाइनबाटै आर्थिक लुटपाट तथा अपराध गर्दै आएका छन् ।

प्रहरीको तथ्यांकअनुसार समीक्षा बर्षमा अनलाइन स्क्यामबाट सबै भन्दा धेरै ठगी भएको देखिन्छ । त्यसबाट २५ करोड तीन लाख ९५ हजार रुपियाँ ठगी भएको छ । यस अन्तरगत प्रहरीले ३६ वटा मुद्दा अघि बढाएको छ ।

धेरै ठगी हुनेमा दोस्रो स्थानमा भने अनलाइन बैंकिङ रहेको छ । गत आवमा अनलाइन बैंकिङबाट एक करोड १५ लाख ६० हजार रुपियाँ ठगी भएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा प्रहरीले १७ वटा मुद्दा अघि बढाएको छ । 

तेस्रो स्थानमा भने अनलाइन सपिङ रहेको छ । समिक्षा बर्षमा अनलाइन सपिङमार्फत ९७ लाख ६६ हजार रुपियाँ बराबरको ठगी भएको देखिन्छ । त्यसमा प्रहरीले ४० वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, इसेवा, फोन पे जस्ता वालेटबाट ८९ लाख ७३ हजार रुपियाँको अनलाइन पेमेन्ट ठगी भएको छ । त्यसमा प्रहरीले २८ वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, सामाजिक सञ्जालबाट ५७ लाख ८५ हजार रुपियाँ, लट्रीको नाममा ४४ लाख पाँच हजार र फिशिङबाट १० हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले सामाजिक सञ्चालन ठगीमा १६, लट्री ठगीमा ५ र फिसिङ एउटा मुद्दा अघि बढाएको छ । 

यसैगरी अन्य बिभिन्न माध्यमबाट पाँच करोड ६३ लाख १६ हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको तथ्यांकमा उल्लेख छ ।  त्यसमा प्रहरीले २३ वटा मुद्दा अघि बढाएको छ । 

 मोबाइल बैंकिङबाट मात्रै ८९.७३ लाख

पछिल्लो समय नेपालमा मोवाइ बैंकिङ, वालेट, अनलाइन सपिङ, सामाजिक सञ्जाल लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । त्यसलाई नै प्रयोग गरेर गिरोहले ठगी गर्ने गरेको प्रहरीहरु बताउँछन् । त्यसमा आम मानिसमा सही र आवश्यकताअनुसारको ज्ञान नहुँदा पनि यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । 

ठगी गर्ने व्यत्तिले कुनै व्यक्तिको सामाजिक सञ्जाल ह्याक गरेर उसको साथीहरुलाई पैसा माग्ने गर्छन् । साथै, सामाजिक सञ्जालको म्यासेजमा कुनै लट्री परेको सूचना दिएर पनि पैसा माग्ने पनि गर्छन् । कुनै परिचित व्यक्तिको छुट्टै सामाजिक सञ्जालको खाता बनाएर पनि ठगी गर्नै गरेको प्रहरीहरु बताउँछन् ।

यस्तै, बिभिन्न प्रविधि प्रयोग गरेर बैंक खाताहरु ह्याक गर्ने गरेको पनि बताइन्छ । कतिपयले सामाजिक सञ्जालमा भिडियो कल गरेर आफै अश्लिल गतिविधि गर्न र सम्बन्धीत व्यक्तिलाई पनि अश्लिल गतिविधि गर्न लगाउने गरेको पाइन्छ । त्यस्तो क्रियाकलापको भिडियो खिचेर पैसा माग्ने गरेको पनि बताइन्छ । 

यस्तै, अनलाइन सपिङ अन्तरगत पैसा लिएर पनि सामान नदिने प्रवृत्ति पनि रहेको प्रहरीको भनाइ छ । 

यसरी नेपालमा अनलाइन ठगीका घटनाहरु भइरहेका छन् । तर, आम मानिसहरुमा यस्तो सुरक्षाका पर्याप्त जानकारी नहुदाँ पटक पटक ठगीको शिकार बन्नु परेको प्रहरीहरु बताउँछन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending