Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एक वर्षमै भयाे पौने ३५ करोड रुपैयाँ अनलाइन ठगी

खबरडबली संवाददाता

काठमाडौं ।  गत आर्थिक बर्ष २०८०/८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन गठी भएको देखिएको हो । 

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ । त्यसको अनुमानित ठगी रकम ३४ करोड ७२ लाख १५ हजार रुपियाँ देखिएको हो । प्रहरीले यस्ता मुद्दामा गत आवमा २३३ जनालाई पक्राउ पनि गरेको छ । त्यसमा १९८ जना स्वदेशी र २५ जना विदेशी नागरिक रहेका छन् ।

अघिल्लो आव २०७९/८० मा भने ७५ वटा मात्रै मुद्दा अघि बढेको थियो ।  त्यस बर्ष ठगी रकम भने ३५ करोड ८८ लाख २० हजार रुपियाँ थियो । अघि बढेको मुद्दा संख्याको तुलनामा गत आवमा अनलाइन ठगी बढेको देखिन्छ । तर, रकमका आधारमा भने सामान्य दरमा कम भएको देखिन्छ । 

पछिल्लो समय नेपालमा इन्टरनेटसँगै डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल तथा मोवाइल बैंकिङ र डिजिटल वालेट जस्ता भुक्तानीका उपकरण लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । साथै, अनलाइन सपिङको कल्चर पनि बढ्दो छ । त्यसलाई नै प्रयोग गरेर ठगी गिरोहले अनलाइनबाटै आर्थिक लुटपाट तथा अपराध गर्दै आएका छन् ।

प्रहरीको तथ्यांकअनुसार समीक्षा बर्षमा अनलाइन स्क्यामबाट सबै भन्दा धेरै ठगी भएको देखिन्छ । त्यसबाट २५ करोड तीन लाख ९५ हजार रुपियाँ ठगी भएको छ । यस अन्तरगत प्रहरीले ३६ वटा मुद्दा अघि बढाएको छ ।

धेरै ठगी हुनेमा दोस्रो स्थानमा भने अनलाइन बैंकिङ रहेको छ । गत आवमा अनलाइन बैंकिङबाट एक करोड १५ लाख ६० हजार रुपियाँ ठगी भएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा प्रहरीले १७ वटा मुद्दा अघि बढाएको छ । 

तेस्रो स्थानमा भने अनलाइन सपिङ रहेको छ । समिक्षा बर्षमा अनलाइन सपिङमार्फत ९७ लाख ६६ हजार रुपियाँ बराबरको ठगी भएको देखिन्छ । त्यसमा प्रहरीले ४० वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, इसेवा, फोन पे जस्ता वालेटबाट ८९ लाख ७३ हजार रुपियाँको अनलाइन पेमेन्ट ठगी भएको छ । त्यसमा प्रहरीले २८ वटा मुद्दा अघि बढाएको छ । 

यस्तै, सामाजिक सञ्जालबाट ५७ लाख ८५ हजार रुपियाँ, लट्रीको नाममा ४४ लाख पाँच हजार र फिशिङबाट १० हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले सामाजिक सञ्चालन ठगीमा १६, लट्री ठगीमा ५ र फिसिङ एउटा मुद्दा अघि बढाएको छ । 

यसैगरी अन्य बिभिन्न माध्यमबाट पाँच करोड ६३ लाख १६ हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको तथ्यांकमा उल्लेख छ ।  त्यसमा प्रहरीले २३ वटा मुद्दा अघि बढाएको छ । 

 मोबाइल बैंकिङबाट मात्रै ८९.७३ लाख

पछिल्लो समय नेपालमा मोवाइ बैंकिङ, वालेट, अनलाइन सपिङ, सामाजिक सञ्जाल लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । त्यसलाई नै प्रयोग गरेर गिरोहले ठगी गर्ने गरेको प्रहरीहरु बताउँछन् । त्यसमा आम मानिसमा सही र आवश्यकताअनुसारको ज्ञान नहुँदा पनि यस्तो समस्या आएको विज्ञहरु बताउँछन् । 

ठगी गर्ने व्यत्तिले कुनै व्यक्तिको सामाजिक सञ्जाल ह्याक गरेर उसको साथीहरुलाई पैसा माग्ने गर्छन् । साथै, सामाजिक सञ्जालको म्यासेजमा कुनै लट्री परेको सूचना दिएर पनि पैसा माग्ने पनि गर्छन् । कुनै परिचित व्यक्तिको छुट्टै सामाजिक सञ्जालको खाता बनाएर पनि ठगी गर्नै गरेको प्रहरीहरु बताउँछन् ।

यस्तै, बिभिन्न प्रविधि प्रयोग गरेर बैंक खाताहरु ह्याक गर्ने गरेको पनि बताइन्छ । कतिपयले सामाजिक सञ्जालमा भिडियो कल गरेर आफै अश्लिल गतिविधि गर्न र सम्बन्धीत व्यक्तिलाई पनि अश्लिल गतिविधि गर्न लगाउने गरेको पाइन्छ । त्यस्तो क्रियाकलापको भिडियो खिचेर पैसा माग्ने गरेको पनि बताइन्छ । 

यस्तै, अनलाइन सपिङ अन्तरगत पैसा लिएर पनि सामान नदिने प्रवृत्ति पनि रहेको प्रहरीको भनाइ छ । 

यसरी नेपालमा अनलाइन ठगीका घटनाहरु भइरहेका छन् । तर, आम मानिसहरुमा यस्तो सुरक्षाका पर्याप्त जानकारी नहुदाँ पटक पटक ठगीको शिकार बन्नु परेको प्रहरीहरु बताउँछन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending