Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुन्छः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा

खबरडबली संवाददाता

भक्तपुर  । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उनले सहज उपचारको व्यवस्था गर्ने बताएका हुन्।

“क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको छु, आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा निर्देशन दिइसकेको छु”, प्रदेशमन्त्री थापाले भने, “त्यहीअनुसार जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नेछु ।”

अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उनको भनाइ छ । प्रदेशका ११ वटा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उनले जानकारी दिए ।

नागरिकले उपचार नपाउने अवस्था अस्पतालले सृजना गराए कानुनी कारबाही गर्ने बताउँदै उनले काठमाडौँका दुई स्थानमा पानीका कारण देखिएको हैजा नियन्त्रण गर्न विज्ञ टोली खटाइएको बताए ।

उनले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरेर जनताको विश्वासलाई कायम राख्ने धारणा राखे ।

विगतमा काम गरिरहेका करारका कर्मचारीको एक वर्षको म्याद थप्ने प्रकृया अगाडि बढिसकेको बताउँदै उनले निजी तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिए । जिल्ला समन्यव समितिका प्रमुख ईश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले विकासमा विभेद नगरी भक्तपुरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending