Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य हुन्छः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा

खबरडबली संवाददाता

भक्तपुर  । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उनले सहज उपचारको व्यवस्था गर्ने बताएका हुन्।

“क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको छु, आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा निर्देशन दिइसकेको छु”, प्रदेशमन्त्री थापाले भने, “त्यहीअनुसार जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नेछु ।”

अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उनको भनाइ छ । प्रदेशका ११ वटा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उनले जानकारी दिए ।

नागरिकले उपचार नपाउने अवस्था अस्पतालले सृजना गराए कानुनी कारबाही गर्ने बताउँदै उनले काठमाडौँका दुई स्थानमा पानीका कारण देखिएको हैजा नियन्त्रण गर्न विज्ञ टोली खटाइएको बताए ।

उनले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरेर जनताको विश्वासलाई कायम राख्ने धारणा राखे ।

विगतमा काम गरिरहेका करारका कर्मचारीको एक वर्षको म्याद थप्ने प्रकृया अगाडि बढिसकेको बताउँदै उनले निजी तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिए । जिल्ला समन्यव समितिका प्रमुख ईश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले विकासमा विभेद नगरी भक्तपुरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending