इलाम । पर्यटकीय गन्तव्यका लागि प्रमुख मानिएको इलाम नगरपालिका र देउमाइ नगरपालिकाबिच पुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण सम्पन्न नहुँदै पुल हेर्नेको घुइँचो लाग्न थालेको छ ।
पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका –६ र देउमाइँ नगरपालिका –६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ । तर निर्माण सम्पन्न नहुँदै दैनिक सयौँ मानिस पुल हेर्न र वारिपारि गर्न जाने गरेका छन् ।
शनिबार र अन्य सार्वजनिक बिदाको दिन त आठ–नौ सय मानिस यहाँ पुग्ने गरेको स्थानीय बुद्धिमान राईले बताए । इलाम चियाबारी बिचबाट पश्चिमतर्फ बाह्य बस्ती हुँदै पुग्न सकिने यो पुलमा निर्माण सम्पन्न नभई मानिसको भिडले जोखिम भने भइरहेको स्थानीयको भनाइ छ ।
त्यसै पनि लामो पुल, पुलको बिचभागमा पुगेपछि पुल हल्लिएर त्यहाँ पुगेका मानिसहरू अत्तालिने गरेको बताइएको छ । पारीपट्टि देउमाइँ नगरपालिकातर्फ पुलमुनि बिजुलीको पोल र तारनजिक छ । पुल मज्जाले हल्लियो भने बिजुलीको तार छुने र करेन्ट प्रवाह हुने सम्भावना रहेको अर्का स्थानीय हेम सुब्बाले बताए ।
पुलको निर्माण कार्य सक्न केही समय बाँकी रहेको र केही काम पनि बाँकी रहेको इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । ‘निर्माण सक्न बाँकी हुँदै मानिसको घुइँचोले जोखिम त छ, त्यहाँ भिड नियन्त्रणका लागि एक जना नगर प्रहरी पनि राखिएको छ ।’
प्रवक्ता दुलालले भने, ‘यो पुललाई इलाम नगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न खोजेको छ । यहाँ बन्जीजम्पको सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले केन्द्रमा आग्रह गरिरहेको छ । अब केही समयमा निर्माण सम्पन्न पनि हुन्छ होला ।’ अहिले इलाम नगरपालिकासहित इलाम सदरमुकाम आइपुग्ने मानिसहरू यो पुल हेर्न सेतीदेवी मन्दिरनजिक पुवाखोला पुग्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: