एजेन्सी । विश्व बैंकले चीनलगायत एक सयभन्दा धेरै मुलुक ‘मध्यम आयको जाल’ मा प्रवेश गर्ने र धनी मुलुक बन्न असफल हुने जोखिममा रहेको बताएको छ । बिहीबार उच्च आयको अवस्थामा पुग्नका लागि ‘व्यापक मार्गचित्र’ अनावरण गर्दै बैङ्कले सो कुरा बताएको हो ।
आफ्नो २०२४ विश्व विकास प्रतिवेदनमा बैंकले भनेको छ, “सामान्यतया देशहरू यस्तो ‘जाल’ मा पर्छन जतिबेला उनीहरू प्रतिव्यक्ति वार्षिक अमेरिकी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब १० प्रतिशत अर्थात करिब आठ हजार डलरसम्म पुग्नेछन् । यसलाई अगाडि बढाउन कठिन साबित हुनसक्छ ।”
बैंकले विश्वको ७५ प्रतिशतभन्दा धेरै जनसङ्ख्याको प्रतिनिधित्व गर्ने एक सयभन्दा धेरै मुलुक हाल मध्यम आयका रूपमा वर्गीकृत भएकाले यो समस्यालाई सम्बोधन गर्न आगामी दशकहरूमा आर्थिक विकासका लागि महत्त्वपूर्ण साबित हुने बताएको छ ।
“विश्वव्यापी आर्थिक समृद्धिको लडाइँ मध्यम आय भएका मुलुकहरूमा धेरै हदसम्म जितिने छ वा हारिने छ”, ‘नयाँ दृष्टिकोण’ को आह्वान गर्दै विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले विज्ञप्तिमा भने, “पहिला लगानीमा ध्यान केन्द्रीत गर्नुहोस्, त्यसपछि विदेशहरूबाट नयाँ प्रविधिहरू इन्फ्युजनमा जोड दिनुहोस् र अन्त्यमा लगानी, इन्फ्युजन र नवीनतालाई सन्तुलन गर्ने तीन–स्तरीय रणनीति अपनाउनुहोस् ।”
उनले बढ्दो जनसाङ्ख्यिकीय, पारिस्थितिक र भू–राजनीतिक दबाबका साथ त्रुटिका लागि कुनै स्थान नभएको बताए । बैंकले दक्षिण कोरियालाई पूर्वविकासोन्मुख मुलुकको उदाहरणका रूपमा उल्लेख गरेको छ । दक्षिण कोरियाले सफलतापूर्वक उच्च आयको स्थितिमा पुग्नका लागि उक्त रणनीति प्रयोग गरेको थियो ।
“यदि तिनीहरू पुरानो रणनीतिमा कायम रहेभने अधिकांश विकासोन्मुख मुलुक यो शताब्दीको मध्यसम्म धेरै हदसम्म समृद्ध समाज बनाउने दौडमा पराजित हुनेछन्”, गिलले विश्व विकास प्रतिवेदनमा भन्नुभएको छ, “यो प्रतिवेदन लेख्ने टोलीले यो अङ्कगणितलाई आमूल परिवर्तन गर्ने आशा राखेको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - २१:०६
काठमाडौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् । ...
माघ ८ गते, २०८१ - २१:००
इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्र...
माघ ८ गते, २०८१ - २०:५५
गुल्मी । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु...
माघ ८ गते, २०८१ - २०:४७
उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४...
माघ ८ गते, २०८१ - २०:३३
सिराहा । सिराहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । मेलामा झगडा ...
माघ ८ गते, २०८१ - २०:२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् ...
माघ ८ गते, २०८१ - २०:१०
काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट ...
माघ ८ गते, २०८१ - २०:०६
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर...
माघ ८ गते, २०८१ - १९:५३
अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू वि...
माघ ८ गते, २०८१ - १९:४६
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छ...
प्रतिकृया लेख्नुहोस्: