भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जिनियर आनन्दकुमार शाहमाथि स्थानीय कामदारले कुटपिट गरेका छन्।
कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार निर्माणाधीन सडकको नियमित अनुगमनका क्रममा शाहले प्राविधिक मापदण्डअनुसार गुणस्तर कायम गर्न र निर्माण कार्य सुधार गर्न निर्देशन दिएका थिए। त्यसपछि उत्पन्न विवादले उग्र रूप लिँदा उनीमाथि सामूहिक आक्रमण भएको हो।
कुटपिटबाट शाहको टाउकोमा गम्भीर चोट लागेकाले पाँच वटा टाँका लगाइएको छ। साथै शरीरका विभिन्न भागमा चोटपटक र नीलडाम देखिएको छ। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख (डीएसपी) राजु लामाका अनुसार घटनामा संलग्न रहेको आरोपमा हालसम्म ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुजन भनिने प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र निरज बोगटी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरका शाखा अधिकृत विष्णु लिम्बूले कार्यस्थलमा खटिएका सरकारी कर्मचारीमाथि कुटपिट गर्नु गैरकानुनी कार्य भएको उल्लेख गर्दै घटनाको तत्काल छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए। दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने र कर्मचारीलाई सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न प्रशासन प्रतिबद्ध रहेको उनको भनाइ छ।
घटनापछि पूर्वाधार विकास कार्यालय भोजपुरका कर्मचारीहरूले आफ्नो सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। गुणस्तर कायम गराउने उद्देश्यले सुझाव दिँदा प्राविधिक कर्मचारीमाथि भएको कुटपिट दुःखद भएको भन्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।
कार्यालयका प्राविधिक कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा कार्यस्थलमा सुरक्षा सुनिश्चित नभएसम्म नियमित रूपमा फिल्डमा खटिन कठिन हुने उल्लेख गरिएको छ। साथै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...
आषाढ़ १७ गते, २०८३ - १२:१०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम केहीबेरमा हुँदैछ । ...
आषाढ़ १७ गते, २०८३ - ११:४७
काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै गएपछि नेपाली सेनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपको प्रभावकारी प्रतिकार्यका लागि तीन चरणको विशेष पूर्...
आषाढ़ १७ गते, २०८३ - ११:२१
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा रु ६०० र चाँदी रु १५ ले घटेको छ । नेपाल सुनचाँदी ...
आषाढ़ १७ गते, २०८३ - ११:०२
गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्...
आषाढ़ १७ गते, २०८३ - १०:५१
भोजपुर । भोजपुर–मानेभञ्ज्याङ–बैकुण्ठे–बाँसिखोरा–बालाङखा–रानिटार सडक निर्माण आयोजनाको स्थलगत अनुगमनमा खटिएका पूर्वाधार विकास कार्यालय भोजपुरका सब–इन्जि...
आषाढ़ १६ गते, २०८३ - १७:५८
काठमाडौँ। काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद भेषावकर काठमान्डु गोर्खाजले पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ को...
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...



प्रतिकृया लेख्नुहोस्: