इस्लामाबाद । पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीबिरूद्ध उच्च अदालतमा पुनरावेदन गरेकी छिन् ।
उनले अधिवक्ता सरदार लतिफ खोसामार्फत पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुनस् पक्राउ गरिएको थियो ।
रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफुहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउपूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित जेलमा राखिएको दाबी गरिएको छ ।
निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गरेका छन् । यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाहरूको विवरण मागेको डनले जनाएको छ । सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्रीको रहेका खान अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाहलगायतका अभियोगमा जेल जीवन विताइरहेका छन् । उनकी श्रीमती पनि महिनौँदेखि जेलमा छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: