Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

विद्युत कटौतीले वीरगञ्जमा सर्वसाधारण आजित

खबरडबली संवाददाता

पर्सा । औद्योगिक तथा व्यापरिक नगरी वीरगञ्जमा पटक-पटक विद्युत कटौती हुने समस्याबाट ग्राहक आजित भएका छन् । वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आजित भएका हुन् । अत्यधिक गर्मी बढेपनि पटक-पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् । 

वीरगञ्ज महानगरपालिका-५ रेशमकोठीका परशुराम कलवारले गर्मीयाममा छिन-छिनमा विद्युत कटौती हुने समस्याले हैरानी खेप्नुपरेको गुनासो गरे । ‘‘वीरगञ्ज जस्तो अत्यधिक गर्मी हुने ठाउँमा पटक-पटक लोडसेडिङ हुँदा बाफिएर बस्नु परेको छ,’’ उनले भने, ‘‘प्राधिकरणले कुनै ठाउँमा नियमित बिजुली दिने कतै नदिने समस्या छ । विशेष गरी मिनाबजार-गहवामाइमन्दिर रेशमकोठी बिर्ता एरियामा दिन होस या रात विद्युत कटौती नभएको दिनै हुँदैन । यसरी विद्युत  काट्नुभन्दा लोडसेडिङको तालिका दिए जाती हुने थियो ।’’

वीरगञ्ज आसपासमा आज बिहान केही समय पानी परेको थियो । त्यस बाहेक यहाँ नियमित पानी नपर्दा गर्मी बढ्दो छ । विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन । वीरगञ्जसहित पर्साभरि विद्युत आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो । तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । 

उनीहरुले विद्युत आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ । औद्योगिक क्षेत्रका ग्राहकले विद्युत नियमित पाउन सकिरहेका छैनन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले बारा-पर्सा औद्योगिक क्षेत्रमा अहिले विद्युत्को नियमित आपूर्ति  हुन नसकेको बताए । ‘‘अहिले पनि औद्योगिक क्षेत्रमा अघोषित रुपमा दैनिक तीन देखि चार घण्टा बिजुली कटौती भइरहेको छ,’’ उनले भने, ‘‘बरु लोडसेडिङ भनेर विद्युत् कटौती गरे कम्तीमा यति समयपछि आउँछ भनेर ढुक्क हुने अवस्था हुन्थ्यो ।” नियमित र भरपर्दाे विद्युत आपूर्ति नहुँदा उद्योग व्यवसाय धरासयी भएको उनको भनाइ छ ।’ 

उनले बारा-पर्सा औद्योगिक क्षेत्रमा दैनिक तीन-चार सय मेगावाट भए पनि पर्याप्त मात्रामा प्रसारणलाइन नहुँदा बारम्बार विद्युत कटौती हुने समस्या भोगिरहेको बताए । ‘‘वीरगञ्जको बजार क्षेत्रमा अधिकांशले एसी र पङ्खा प्रयोग गरिरहेका छन् । अर्काेतर्फ विद्युतीय सवारीसाधन पनि चार्जिङ गर्ने भएकाले घरासयी बिजुलीको खपत बढिरहेको छ । तर, माग अनुसार विद्युत आपूर्ति गर्ने वितरण प्रणालीको विकास नगर्दा विद्युत कटौती हुने समस्या व्याप्त छ,’’ उनले भने, ‘‘अहिले विद्युत प्राधिकरणमा राम्रोसँग लोड व्यवस्थापन गर्न नसक्दा लोडसेडिङ हुने समस्या कायम छ ।’’ 

नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेले ‘भोल्टेज डाउन’ भए पनि करेन्ट बढेकाले समस्या आएको जानकारी दिए । ‘‘बेला-बेलामा बिजुलीको मुख्य लाइन, बिजुलीको तार वा ट्रान्सफर्मरलगायतमा हुने आगजनीका कारण मर्मतसम्भार गर्न विद्युत कटौती गर्नुपरेको छ,’’ उनले भने, ‘‘अहिले अधिकांश तराई क्षेत्रमा विद्युत आपूर्तिमा समस्या छ ।’’ प्रमुख दुबेले वीरगञ्ज आसपासमा अत्यधिक गर्मी बढेसँगै विद्युत्को माग बढ्दा सोहीअनुरूप पूर्वाधार नहुँदा आपूर्तिमा केही असहज भएको बताए । 

‘‘गर्मी बढेसँगै यस क्षेत्रमा विद्युत्को लोड ह्वातै बढेको छ । लोड बढेको अवस्थामा कुनै ठाउँमा आगलागी हुन्छ । कुनै ठाउँमा तार जल्ने गर्छ । सो ठाउँमा मर्मतसम्भारका लागि केही समय लाग्ने गर्छ,’’ उनले भने, ‘‘हामी पनि सुरक्षित हुँदै विद्युत मर्मतसम्भार गरिरहेका छौँ ।’’ वीरगञ्ज आसपासमा अव्यवस्थित रहेका केबल तथा अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीका तारमा बारम्बार आगजनी हुने हुँदा समस्या भइरहेको उनको भनाइ छ । प्रमुख दुबेले विद्युत कटौती भएका स्थानमा उपलब्ध स्रोतसाधन प्रयोग गरेर काम गरिरहेको दाबी गरे । ‘‘वीरगञ्ज आसपासमा माग अनुसारकै विद्युत्को आपूर्ति भइरहेको छ । यसमा कुनै समस्या छैन,’’ उनले भने, ‘‘बारा र पर्सा करिडोरमा करिब तीन सय मेगावाट विद्युत माग छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE