काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा भएको अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्री मोहन बस्नेतलाई सार्वजनिक लेखा समितिको सदस्य बनाइएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले पेस गरेको प्रतिनिधि सभा अन्तरगत रहेका संसदीय समितिका सदस्यहरू हेरफेरको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो । यसअघि बस्नेत शिक्षा, स्वास्थ्य र प्रविधि समिति रहेका थिए । तत्कालीन सूचना तथा सञ्चार मन्त्री रहेका बस्नेतले नै टेरामक्स खरिद प्रक्रिया अघि बढाएका थिए । अनियमिततामा नाम जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतलाई बयानका लागि बोलाएको थियो । गत वर्षको माघमा उनी अख्तियारको कार्यालय पुगेर बयान दिएका थिए ।
अहिले उनै बस्नेतलाई सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गर्ने अधिकारप्राप्त संसदीय समितिको सदस्य बनाइएको छ । समितिको कार्यक्षेत्र अन्तरगत सार्वजनिक लेखा, महालेखा परीक्षकको प्रतिवेदन र सम्बद्ध विषय तथा निकास भनी पनि तोकिएको छ ।
रोचक कुरा, यसअघि लेखा समितिले नै टेरामक्स प्रविधि खरिदमाथि प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो । गत वर्षको पुस ११ गते बसेको समितिको बैठकले टेरामक्सको खरिद विवादित रहेको र नसुल्झिएका विषयहरू सूक्ष्म रूपमा विश्लेषण तथा अनुसन्धान नभएसम्म यसका सबै प्रक्रिया रोक्न भनेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:४७
काठमाडाैँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख...
मंसिर २६ गते, २०८२ - १७:४३
मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का कि...
मंसिर २६ गते, २०८२ - १७:४१
उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति ...
मंसिर २६ गते, २०८२ - १७:३७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुना...
मंसिर २६ गते, २०८२ - १७:३२
काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत...
मंसिर २६ गते, २०८२ - १७:३०
कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दु...
मंसिर २६ गते, २०८२ - १७:२७
सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हु...
मंसिर २६ गते, २०८२ - १७:२१
विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...
मंसिर २६ गते, २०८२ - १७:१७
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ ग...
मंसिर २५ गते, २०८२ - २०:१६
काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...




प्रतिकृया लेख्नुहोस्: