काठमाडौं । नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
कृषि प्रधान देश भएकाले खिर दिवसको धेरै नै महत्त्व छ । खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने डा.कोइरालाको भनाई छ । उनले भनिन्,“ त्यो बेला अहिलेको जस्ता विभिन्न थरी का खानेकुरा पाइँदैन थिए । खिरलाई उत्तम खाना मानिन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलाएको हुनुपर्छ ।”
पौष्टिकताको हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रूपमा मानिन्छ । खिरले रोग प्रतिरोधात्मक क्षमता बढाउने डा.कोइरालाले बताइन् । उनले भने, “बर्खाको बेला विभिन्न संक्रमणक रोग बढ्ने गर्छ । रोगको जोखिम बढी हुने हुँदा । खिर पकाएर खाँदा शरीरमा ऊर्जा मिल्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ ।”
खिरमा के पाइन्छ ?
खिर, दूध, घिउ, चामल, गुड,वा चिनी हालेर पकाइने गरिन्छ । दूधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी पकाएको खाद्यमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ ।
प्रोटिनले शरीरका मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्ने उनको भनाइ छ । उनले भनिन्,“ खिरले बिग्रिएको मांसपेशी हाडलाई बलियो बनाउन मद्दत गर्छ । बच्चाहरूलाई खिर दिँदा मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्ने काम गर्छ ।”
पछिल्लो समय खिर बनाउँदा चामल, दूध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राई फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा नरिवल, ड्राई फ्रुटले यसले थप खानालाई स्वादिलो र पौष्टिक तत्त्वले प्रदान गर्ने गर्छ । डा काेइरालाे भनिन्, “यसरी पकाएको खाना पूर्ण खाद्य पदार्थ हो । यसबाट क्यालोरी, प्रोटिन, मिनिरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्त्व प्राप्त गर्न सकिन्छ ।”
खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त हुने उनको भनाइ छ । यस्ता दिवसमा हाम्रो खानेकुरा यसको महत्वको विषयमा नयाँ पुस्तालाई पनि हाम्रो संस्कृतिको विषयमा सिकाउने अवसर प्रदान गर्ने उनको तर्क छ । उनले भनिन्, “हाम्रो चाडपर्व निकै महत्पूर्ण छन् । स्वास्थ्यका हिसाबले पनि निकै महत्त्वपूर्ण छ यसलाई जोगाउनुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: