Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गण्डकीका मन्त्री मनाङेलाई कारवाही गर्न पत्रकारहरुको माग

खबरडबली संवाददाता

पाेखरा । कास्कीका पत्रकारहरुले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारवाही गर्न माग गरेका छन् । 

सोमबार दिउँसो गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका सामाजिक विकास मन्त्री विन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेलाई कारवाही गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको हो ।

संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष भरत कोइरालाले कार्यवहाक मुख्यमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । पत्रमा मन्त्री मनाङेका पछिल्ला गतिविधिप्रतिलाई लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाकको संज्ञा दिइएको छ । 

आइतबार मन्त्री मनाङेले कार्यकक्षमै बसेर अनलाइन खबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले कुटाइ खानुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो । यातायात व्यवसायीको आन्दोलनका क्रममा व्यवसायीले पृथ्वीचोकमा दुई पत्रकारमाथि हातपात गरेको प्रसङ्ग जोड्दै मन्त्री मनाङ्ले भनेका थिए, “त्यो अमृत सुवेदीले कुटाइ खानुपर्नेमा यी सोझा पत्रकारहरुले कुटाइ खाएछ ।”

शनिबार पत्रकार सुवेदीले मन्त्री मनाङेले कार्यकक्षमा गन्जीमात्रै लगाएर बसेको तस्बिरसहितको समाचार लेखेका थिए । मञ्चको ध्यानाकर्षणपत्रमा भनिएको छ, “मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री बस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो ।”

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी गरेको थियो । प्रदेश मन्त्री परिषदका सदस्य एवं सरोकारवालाका लागि जारी गरिएको ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा भनिएको छ, “आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रुपले प्रस्तुत हुने वा मद्यपान गर्नु हुँदैन ।”

समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले पत्रकारिता जगतलाई नै त्रसित बनाएको पत्रकार गंगाधर पराजुलीले उल्लेख गरे । उनले नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री मनाङेलाई कारवाही गर्नसमेत माग गरे । 

ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री मनाङको क्रियाकलापले दुःखी भएको उल्लेख गर्दै उनले गल्ती महसुस गरेको सुनाए । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध निर्वाचित मनाङे गण्डकी सरकारमा छ पटक मन्त्री बनेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE