पाेखरा । कास्कीका पत्रकारहरुले पत्रकारलाई कुट्नुपर्ने अभिव्यक्ति दिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई कारवाही गर्न माग गरेका छन् ।
सोमबार दिउँसो गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्रीसमेत रहेका सामाजिक विकास मन्त्री विन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेलाई कारवाही गर्न मागसहितको ध्यानाकर्षण पत्र बुझाइएको हो ।
संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्ष भरत कोइरालाले कार्यवहाक मुख्यमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । पत्रमा मन्त्री मनाङेका पछिल्ला गतिविधिप्रतिलाई लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाकको संज्ञा दिइएको छ ।
आइतबार मन्त्री मनाङेले कार्यकक्षमै बसेर अनलाइन खबर डटकममा कार्यरत पत्रकार अमृत सुवेदीले कुटाइ खानुपर्ने आशयको अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो । यातायात व्यवसायीको आन्दोलनका क्रममा व्यवसायीले पृथ्वीचोकमा दुई पत्रकारमाथि हातपात गरेको प्रसङ्ग जोड्दै मन्त्री मनाङ्ले भनेका थिए, “त्यो अमृत सुवेदीले कुटाइ खानुपर्नेमा यी सोझा पत्रकारहरुले कुटाइ खाएछ ।”
शनिबार पत्रकार सुवेदीले मन्त्री मनाङेले कार्यकक्षमा गन्जीमात्रै लगाएर बसेको तस्बिरसहितको समाचार लेखेका थिए । मञ्चको ध्यानाकर्षणपत्रमा भनिएको छ, “मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्री बस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफै अशोभनीय कार्य हो ।”
गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले पालना गर्नुपर्ने आचारसंहिता विसं २०७४ चैत १२ गते प्रदेश मन्त्रिपरिषदबाट जारी गरेको थियो । प्रदेश मन्त्री परिषदका सदस्य एवं सरोकारवालाका लागि जारी गरिएको ३० बुँदे आचारसंहिताको बुँदा नम्बर १२ मा भनिएको छ, “आफ्नो मन्त्रालयमा जाँदा वा औपचारिक कार्यक्रममा उपस्थित हुँदा भड्किलो रुपले प्रस्तुत हुने वा मद्यपान गर्नु हुँदैन ।”
समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले पत्रकारिता जगतलाई नै त्रसित बनाएको पत्रकार गंगाधर पराजुलीले उल्लेख गरे । उनले नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री मनाङेलाई कारवाही गर्नसमेत माग गरे ।
ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक मुख्यमन्त्री थापाले मन्त्री मनाङको क्रियाकलापले दुःखी भएको उल्लेख गर्दै उनले गल्ती महसुस गरेको सुनाए । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिई निर्विरोध निर्वाचित मनाङे गण्डकी सरकारमा छ पटक मन्त्री बनेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: