Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा बृक्षारोपण

खबरडबली संवाददाता

काठमाडौं । शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा काठमाडौंको बबरमहल स्थीत सडक विभाग परिसर सरसफाई तथा सौन्दर्यकरण भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्य समितिद्वारा आयोजित सडक बिभाग परिसर सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्र्तगत सरसफाई तथा बृक्षारोपण गर्ने कार्य शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवसका अवसरमा सम्पन्न गरेको हो ।

बिभागीय कार्यसमितिका अध्यक्ष प्रमोद खतिवडाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईराला प्रमुख अतिथि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देल बिशिष्ट अतिथी तथा सडक बिभागका महानिर्देशक रामहरी पोखरेल र यातायात ब्यावस्था विभागका महानिर्देशक उद्धब प्रसाद रिजाल विशेष अतिथिका रुपमा सहभागी थिए ।

सो कार्यक्रममा मन्त्रालय र अन्तर्गतका सहसचिबहरु, उपसचिवहरु, ईञ्जिनियर, सब ईञ्जिनियर देखि सडकमा प्रत्यक्ष काम गर्ने लेन्थवर्कर समेत गरि एक सयभन्दा बढिको सहभागिता रहेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रिय अध्यक्ष कोइरालाले आफ्नो मन्तव्यको क्रममा भने – ‘बिभागीय कार्य समितिको सृजनात्मक कार्य प्रशंसा योग्य छ, आगामी दिनमा पनि यस्ता कार्यक्रम तथा कर्मचारीहरुको हकहितमा दत्तचित्त भएर लाग्न आग्रह गर्दछु ।’

उक्त कार्यक्रममा अतिथीलाई स्वागत गर्दै कार्यसमितिका अध्यक्ष खतिवडाले सरसफाई अभियान प्रतिकात्मक भएको अब कार्यालय परिसरको फोहोरसंगै मन्त्रालय भित्रका बिसंगतीहरुको सफाई गर्ने तर्फ संगठन अगाडि बढ्ने जानकारी दिँदै उपस्थितीकालागि सबैमा आभार ब्यक्त गरे । १ घण्टा भन्दा बढी चलेको कार्यक्रमको सञ्चालन बिभागीय कार्यसमितिका सचिब रामचन्द्र फुयालले गरेका थिए ।

संगठनले शहीद मनोज–झपेन्द्र सुरेन्द्र स्मृति दिवस प्रत्येक श्रावण १५ गते मनाउँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले निकट राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप

भकुण्डे–नेपालथोक खण्डमा बिपी राजमार्ग अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...

इनिसा विक हत्या प्रकरण: चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाउन आदेश

सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी: “मार्ग प्रशस्त गर्नु, अर्को कर्मचारी आउँछ”

  काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...

बागमती प्रदेशमा मन्त्रालय संख्या १३ बाट ७ मा बनाउनेे कांग्रेसको निर्णय

कर्मचारी कटौतीकाे प्रस्ताव

६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्रीको निजी सचिव नियुक्त

काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...

हिरासत चुनौती दिँदै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, पूर्वमन्त्री खड्का र सांसद शर्मा न्यायिक प्रक्रियामा

काठमाडौं ।   सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...

सिँचाइ अभावले घट्दै चैते धान रोपाइँ

लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending